Page 3

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन ।
उनले आज राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन । अर्याल माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्ष बनेकी थिईन ।
नेकपा (माओवादी केन्द्र) बाटै नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएपछि अर्यालले राजीनामा दिएकी हुन ।
सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने सहमति थियो भने उपाध्यक्ष अन्य दलबाट लिने सहमति अनुसार अर्यालले पद छोड्नु परेको हो ।

शेयर बजारमा ४.७८ अंकको सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कुल ६६ लाख १४ हजार चार सय ४५ कित्ता शेयर रु दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १९ करोड ३७ लाख ६२ हजार आठ सय ६९ बराबरको कारोबार भयो ।
त्यस्तै, गुर्खाज फाइनान्स रु १६ करोड १९ लाख ८९ हजार पाँच सय ५८, शिवम् सिमेन्ट रु १५ करोड ३९ लाख ३३ हजार छ सय ४९, सोनापुर मिनरल्स रु ११ करोड १८ लाख ५३ हजार एक सय ६८ र पिपल्स पावर रु सात करोड तीन लाख २३ हजार एक सय ७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट नौ दशमलव ९६, हिमालयन हाइड्रोपावर आठ दशमलव ७३, सामलिङ पावर कम्पनी आठ दशमलव शून्य सात र पिपल्स पावरका लगानीकर्ताले सात दशमलव ४४ प्रतिशतले कमाएका छन् ।
उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फण्ड छ दशमलव ८०, जोशी हाइड्रोपावर तीन दशमलव ३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव २८ प्रतिशतले गुमाएका छन् ।

ग्लोबल आइएमई बैंक र आईएफसीबीच संझौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने संझौता भएको छ ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई बीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
यस सम्झौता बमोजिम आईएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्र्तराष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरुप परिमार्जन गर्ने लगायतका विषयहरुमा परामर्श प्रदान गर्नेछ ।
आईएफसीले जलवायु वित्त क्षमता निर्माणको लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरुमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ ।
साथै आईएफसीले ग्लोबल आइएमई बैंकलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनाहरुलगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि विशेष परामर्श दिनेछ ।
आर्ईएफसीको यस सम्भौताअनुसारको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैङ्गिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिनेमा बैंक विश्वस्त रहेको छ ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

नेपाल ए ले आज आयरल्यान्ड ए सँग खेल्दै

काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी २० सिरिजको पहिलो खेल खेल्दै छ ।
टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि सुरु हुँदैछ ।
नेपाल ‘ए’ ले मार्च २८ , २९ र ३१ मा आयरल्यान्ड वुल्भ्ससँग टी २० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।
त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्यान्ड ‘ए’ सँग दुई टी २० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।
टी २० सिरिज खेल्ने नेपाली ए टिम
विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

आज देखि एसइई सुरु, ५ लाख परीक्षार्थी सहभागी हुँदै

काठमाण्डौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरू भएको छ। एसइई परीक्षा देशैभर बिहान ८ बजेदेखि सुरु भएको हो ।
८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका छन् । परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धार तर्फका छन् ।
विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सहकारी प्रकरणमा आफ्नो नामबाहेक अरु केही नभएको गृहमन्त्रीको दाबी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको घटनामा आफ्नो नामबाहेक अरु केही पनि नभएको दाबी गरेका छन ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकमबारे उठाएको प्रश्नमा उनले उक्त दाबी गरेका हुन ।
उनले भने, ‘सहकारीमा मेरै नाम भएको भन्ने बुझियो । त्यसमा मेरो नाम छ भनिएको छ । त्यहाँ नाम बाहेक केही पनि छैन । अर्थात न हस्ताक्षर छ, न ल्याप्चे छ, न कुनै निवेदन दिएको छु । न मेरो सामान्य केवाइसी भरिएको छ । केही पनि छैन । न कुनै पत्र पाएको छु, न कुनै अनुसन्धान भएको भन्ने कुरा थाहा छ । मैंले सुनेअनुसार त्यो मुद्दा अदालतमा दर्ता भएको छ । मुद्दामा म प्रतिवादी छैन । प्रतिवादीहरुको बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन । एउटा जाहेरी छ जुन सूचनाको रुपमा मैंले ग्रहण गरेको बाहेक त्यो दर्ता पनि भएको छैन् ।’

राष्ट्रिय समझदारी अनुसार शान्ति प्रक्रिया टुंगो लाग्ने प्रधानमन्त्रीको दाबी

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुंगो लाग्ने दाबी गरेका छन ।
द्वन्द्व पीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
‘सरकारले चाहँदाचाहँदै पनि संक्रमणकालीन न्याय टुंग्याउन सकिएको छैन,’ उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ ।’ उनले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जनाए ।
द्वन्द्व पीडित परविारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको जानकारी दिए ।

शेएर बजारमा १०.८३ अंकको गिरावट, सर्वोत्तम सिमेन्टमा लगातार ‘पोजेटिभ सर्किट’

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटे पनि सर्वोत्तम सिमेन्टमा भने पोजेटिभ सर्किट लाग्ने क्रम जारी रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.८३ अंकले घटेको हो । ०.५३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३०.८६ अंकमा ओर्लिएको छ ।
आज ३१० कमपनीका ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४.३० रुपियाँ बराबरको कारोबार भएको हो ।
आज पनि सर्वोत्तम सिमन्टमा पोजेटिभ सर्किट लागेको छ । कारोबार खुलेकै दिनदेखि पोजेटिभ सर्किट लाग्ने क्रमले निरन्तरता पाएको हो । यसरी लगातार पोजेटिभ सर्किट लाग्दा उक्त कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । उक्त कम्पनीको शेयरको मूल्य प्रतिकित्ता रु. ९८४.६० पुगेको छ । बुक बिल्डिङ बिधिद्वारा कम्पनीले प्रतिकित्ता रु. ३६०.९० मा आईपीओ बिक्री गरेको थियो । आईपीओ पर्ने भाग्यमानीहरुले कम्तिमा ५० कित्ता पाएका छन् । हिमालयन ८०–२० का लगानीकर्ताहरुले पनि आज ९.९३ प्रतिशतले नाफा कमाए ।
त्यस्तै कालिका लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.६६ प्रतिशतले घाटा व्यहोरेका हुन् ।
आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भयो । उक्त कम्पनीको ९ करोड ७२ लाख २२ हजार ३ सय २०.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
सोमबार १७.०१ अंकले बजार घट्दा २ अर्ब ४८ करोड ९१ लख १८ हजार ४ सय ८५.०८ रुपियाँ र हिजो मंगलबार १०.१४ अंकले बजार बढ्दा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३.०१ रुपियाँ बराबरको कारोबार भएको थियो ।

माओवादी पदाधिकारीको बैठक बालुवाटारमा शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न केहीबेर अघि बैठक सुरु भएको माआवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा (एमाले)ले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ ।
यहीबीचमा माओवादी केन्द्रले पनि पदाधिकारी बैठकमार्फत आफ्नै उम्मेदवार टुंग्याउने तयारी गरेको आंकलन गरिएको छ ।

 

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु बैंकले ग्लोबल मनी विक–२०२४ मा १३० वटा शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
चैत्र ५ गतेदेखी ११ गतेसम्म बैंकले आफ्ना विभिन्न शाखा मार्फत साताव्यापी रुपैयाँ यो अभियान चलाएको थियो । वित्तीय साक्षरता, साईकल र्याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रमहरु तथा प्रभातफेरी आयोजना गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग (आर्थिक कारोवार बैंक तथा वित्तीय संस्थाबाट मात्र गरौं), बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्र्तगत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको छ ।
बैंकले ३०२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिँदै आएको जानकारी दिएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...