राष्ट्रिय समझदारी अनुसार शान्ति प्रक्रिया टुंगो लाग्ने प्रधानमन्त्रीको दाबी

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुंगो लाग्ने दाबी गरेका छन ।
द्वन्द्व पीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
‘सरकारले चाहँदाचाहँदै पनि संक्रमणकालीन न्याय टुंग्याउन सकिएको छैन,’ उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ ।’ उनले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जनाए ।
द्वन्द्व पीडित परविारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको जानकारी दिए ।

LEAVE A REPLY