काठमाण्डौं । सर्वोच्च अदालतले झापास्थित दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने फैसला गरेको छ ।
सोमबार न्यायाधीश डा। कुमार चूडाल र सारंगा सुवेदीको संयुक्त इजलासले बीएण्डसीलाई सम्बन्धन दिन फैसला गरेको हो ।
मेडिकल व्यवसायी प्रसाईंले दायर गरेको रिटअनुसार सम्बन्धन दिन फैसला भएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।
आशय पत्र पाएर भौतिक संरचना निर्माण गरेपछि सम्बन्धन नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमीविरुद्ध २०७७ असार २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेकोमा सोमबार फैसला भएको छ ।
बीएण्डसीलाई सम्बन्धन नदिन अभियन्ता डा. गोविन्द केसीले पटक–पटक अनशन बस्दै आएका थिए ।
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसला
माछापुच्छ्रे बैंकको देशैभरी वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने ग्लोबल मनि वीक २०२४ माछापुच्छ्रे बैंकले भव्य रुपमा मनाएको छ ।
मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ग्लोबल मनि वीकका अवसरमा बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरेको हो ।
बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेज, क्लवहरुसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरी वीक रुपमा मनाएको हो ।
सो अवधिमा बैंकले बैंकिङ्ग सम्बन्धि आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरुले प्रदान गरिरहेका डिजिटल सेवाहरु, डिजिटल सेवाहरुको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुण्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो ।
शेयर बजारमा १७.०१ अंकको गिरावट, साढे २ अर्ब पनि पुगेन कारोबार
काठमाडौं । आज शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से तल ओर्लिएसँगै कारोबार रकम पनि साढे २ अर्ब पनि पुगेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.०१ अंकले घटेको हो । ०.८३ प्रतिशतले बजार घट्दा नेप्से २०३१.५५ अंकमा ओर्लिएको छ ।
आज ३०४ कम्पनीका ७० लाख ६१ ह्जार १२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ९१ लख १८ हजार ४ सय ८५.०८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि बोटलर्स नेपाल बालाजु, सर्वोत्तम सिमेन्ट, तारागाउँ रिजेन्सी होटल, सीवाईसी नेपाल लघुवित्त र हिमालयन हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ८.०४, ७.४२ र ६.२९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै किसान लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रो, आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र यूनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ८.८२, ७.०१ र ६.२५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ९० लाख २५ हजार ८ सय ५६.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
ढोलाहिटीमा ‘ग्याङ फाइट’, हुँदा दुई जनाको मृत्यु
काठमाडौं । ललितपुरको ढोलाहिटीमा ‘ग्याङ फाइट’ हुँदा हुँदा दुई जना युवाको मृत्यु भएको छ ।
आइतबार राति होली खेल्ने क्रममा विवाद भएपछि दुई समूहबीच ग्याङ फाइट भएको थियो ।
मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जानकारी दिएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् ।
आज नेपाल र आयरल्यान्ड ‘ए’ बीच १ बजे खेल हुँदै
काठमाडौं । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज नेपाल र आयरल्यान्ड ‘ए’ बीच पहिलो खेल हुँदैछ ।
खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेल भने मंगलबार खेल्नेछ ।
टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ ।
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।
आज तराईका जिल्लाहरुमा होली पर्व मनाईदै
काठमाडौं । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आइतबार मनाइँएको होली आज तराईमा मनाइँदैछ ।
आज तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा होली पर्व मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रंग र लोला खेली मनाइँदैछ । होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ भने प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध पनि गरेको छ ।
तराईका बासिन्दाको बसोबास रहेका काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।
बझाङ १ मा दमन भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय
काठमाडौं । नेकपा (एमाले) ले बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
होली खेलेर नदीमा पौडी खेल्न गएका ३ बालबालिका बेपत्ता
काठमाडौं । होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिए ।
उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए ।
बेपत्ताहरूको खोजी सुरु गरिएको एसपी थापाले जानकारी दिए । अहिले सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ ।
उनीहरूसँगै गएका अन्य ४ बालबालिका भने घर फर्किसकेका छन् ।
इलाम २ को उपनिर्वाचनमा सुवासका छोरालाई उम्मेदवार बनाउने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। इलाम २ का लागि एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका छोरा हुन्। सुवासको निधन भए पश्चात् नै सुहाङलाई त्यस क्षेत्रको सम्भावित उम्मेदवारको रुपमा हेरिएको थियो। स्वयं सुहाङले पनि त्यसका निम्ति सक्रियता देखाइरहेका थिए।
२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा इलाम २ मा सुवास नेम्वाङ विजयी भएका थिए। उनको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।
त्यस्तै रिक्त प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुने बझाङमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
ुएमालेको सिंगो पार्टी पंक्तिलाई एमालेको उम्मेदवारको विजयमा केन्द्रित गराउने र अन्य पार्टीलाई पनि हाम्रो उम्मेदवारको पक्षमा सहयोग, समर्थन र सद्भावका लागि अपिल गर्ने निर्णय गरिएको छु, ज्ञवालीले भने।
कैलालीमा एक युवक मृत भेटिए
धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।
मोहन्याल गाउँपालिका ३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका ३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाए ।
उनका अनुसार अहिले इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी बरिष्ठ नायब निरीक्षक बमबहादुर खड्का, इप्रका चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगी र इप्रका लम्कीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ ।