दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसला

काठमाण्डौं । सर्वोच्च अदालतले झापास्थित दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने फैसला गरेको छ ।
सोमबार न्यायाधीश डा। कुमार चूडाल र सारंगा सुवेदीको संयुक्त इजलासले बीएण्डसीलाई सम्बन्धन दिन फैसला गरेको हो ।
मेडिकल व्यवसायी प्रसाईंले दायर गरेको रिटअनुसार सम्बन्धन दिन फैसला भएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।
आशय पत्र पाएर भौतिक संरचना निर्माण गरेपछि सम्बन्धन नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमीविरुद्ध २०७७ असार २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेकोमा सोमबार फैसला भएको छ ।
बीएण्डसीलाई सम्बन्धन नदिन अभियन्ता डा. गोविन्द केसीले पटक–पटक अनशन बस्दै आएका थिए ।

LEAVE A REPLY