Page 9

गायक विष्णु डुम्रेको स्वरमा“फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उनको धारणा छ ।
गीतको भिडियोमा लोमस शर्मा र अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ ।

भारतले अतिक्रमण गरेको नेपाली जमीन फिर्ता लिने सत्ता गठबन्धनको दाबी

काठमाडौं । सत्ता गठबन्धनका ५ दलहरूले आफ्नो ‘न्यूनतम नीतिगत प्राथमिकता तथा साझा कार्यक्रम’ घोषणा गरेका छन् ।
मंगलबार नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धनले भारतले अतिक्रमण गरेको नेपाली जमीन फिर्ता लिन प्रयास गर्ने दाबी गरेका हुन् ।
‘नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतालाई थप सुदृढ बनाउने,’पाँच दलको सत्ता गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता तथा साझा कार्यक्रममा भनेको छ, ‘ लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कुटनीतिक प्रयास अगाडि बढाउने । सीमाको प्रभावकारी व्यवस्थापन गर्ने ।’
यसअघि एमाले र माओवादी मिलेर बनेको नेकपाबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक र लिम्पियाधुरा समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । ‘चुच्चे नक्सा’मा समेटिएको भए पनि ति भू भाग अहिले पनि भारतको नियन्त्रणमा रहेको छ ।
गठबन्धनले नेपालको हितअनुकूल हुने गरी विभिन्न देशहरूसँग भएका सन्धि(सम्झौताहरूको पुनरवलोकन गर्ने गर्ने पनि योजना दोहोर्‍याएको छ ।

कांग्रेस दूधले नुहाएको पार्टी नभएको गृहमन्त्रीको टिप्पणी

काठमाण्डौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस दूधले नुहाएको पार्टी नभएको टिप्पणी गरेका छन् ।
सहकारीको रकम हिनाहिनाका विषयमा उजुरी परेको भन्दै कांग्रेसले निरन्तर राजीनामा मागेपछि सञ्चारकर्मीसामु प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले भने, ‘पूरक उजुरीमा, ठाडो उजुरीमा गृहमन्त्रीको राजीनामा माग्ने कांग्रेस दूधले नुहाएको पार्टी होइन भन्ने नेपाली जनताले बुझेका छन् ।’
अनुसन्धान गर्दागर्दैको मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्न नसुहाउने उनको कथन छ ।
आफूहरू काम गर्न सरकारमा गएको भन्दै उनले त्यसको संकेत देखाइसकेको जनाए । ‘हामी काम गर्नलाई अघि बढेका छौं । कामको संकेत यहाँहरूले देखिसक्नुभएको छ,’ उनले भने ।
रास्वपा सभापति समेत रहेका लामिछानेले संसदीय समिति बनाउने र राजीनामा माग्ने अडान कायम राख्न कांग्रेसलाई चुनौती समेत दिए ।
‘यही अभ्यास गर्न खोजिएको हो भने कांग्रेसले बाँकी ४ वर्षको अवधि संसद् अवरोध गरोस्, हाम्रो यही संयन्त्रले ४ वर्ष मजाले काम गरोस् । त्यसपछि हेर्नुहोला, ४ वर्षपछि धेरै मान्छे संसदमा हुँदैनन्,’ उनले भने ।

शेयर बजारमा ६.२४ अकंको गिरावट, कारोबार साढे ३ अर्ब माथि

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौँ । हिजो सामान्य अकंले सुधार आएको शेयर बजारमा पुनः ओरालो लागेको छ । पछिल्लो समय शेयरमा उतार चडाब कायमै रहेको छ । नियामकको लचिलो नीतिको पर्खाइमा लगानीकर्ता रहेका छन् ।
बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको छ । शेयर बजारका लागि आवश्यक अधिकांश सूचक सकारात्मक हुँदा समेत लय लिन सकेको छैन । बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । विस्तारै लगानीकर्ताको मनोबल समेत उच्च बनि रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२४ अकंले घटेर २०६७.२९ बिन्दुमा बन्द भएको छ । आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ३५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । साथै, सानोपुरको १८ करोड ८९ लाख रुपैयाँ, गोर्खास फाइनान्सको १५ करोड ८१ लाख र घोराहि सिमेन्टको १० करोड रुपैयाँको कारोबार भएको छ ।
मंगलबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौरालागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
आज सर्वाधिक गुमाउने कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ रहेको छ । कम्पनीको शेयर ७.०८ प्रतिशतले घटेको हो । साथै, पिपुल्प हाइड्रोपावरको ६.९१ प्रतिशत, मैलुङ खोलाको ४.५१ प्रतिशतले शेयर मूल्य घटेको हो ।
मंगलबार तीन उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स समूहको २.१० प्रतिशत, लाइफ इन्स्योरेन्सको ०.०६ प्रतिशत र माइक्रोफाइनान्स समूहको २।०३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

साझा न्यूनतम कार्यक्रम आज २ बजे सार्वजनिक गरिने

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूको साझा न्यूनतम कार्यक्रम आज दिउँसो २ बजे सार्वजनिक गरिने भएको छ ।
आजै बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो कार्यक्रम सार्वजनिक गर्ने तय थियो । समय परिवर्तन गरेर दिउँसो २ बजे मात्र कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।
यसअघि, हिजो नै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भनिएको थियो । गएको शनिबार सत्ता गठबन्धनको कार्यदलले बालुवाटार पुगेर शीर्ष नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएको थियो ।
सरकारमा सहभागी पाँच दलबाट दुई, दुई नेता कार्यदलमा थिए । कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल थिए । नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा थिए ।
कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल थिए । जनता समाजवादी पार्टी (जसपा) बाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनीष सुमन थिए । नेकपा (एकीकृत समाजवादी) बाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल थिए ।
यसलाई गठबन्धनका पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन् । अहिलेको शिथिलता, विदेश पलायन, उत्पादन र देशको मौजुदा अवस्थालाई कार्यक्रममा प्राथमिकता दिइएको जनाईएको छ ।

सगरमाथा लुम्बिनीले इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चैत २७ गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि सभामा छलफल हुने जनाईएको छ ।

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै,प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको जनाईएको छ । यसैगरी, अर्थमन्त्री बर्षमान पुनले ‘भन्सार बिधेयक २०८० माथी बिचार गरियोस’ प्रस्तुत गर्नेछन् ।
साथै, आ.ब. २०८१, ८२ को लागि बिनयोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसदका महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

निसीखोलामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २८ घाइते

बागलुङ । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौंतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी केसीले जानकारी दिए ।
बस सडकबाट एक सय ५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका भएको जनाइएको छ ।
घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको उनले जानकारी दिए । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धवलागिरि अस्पताल बागलुङमा ‘रेफर’ गरिएको थियो ।
दुर्घटनामा रुकुमपश्चिम मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्रजङ्ग सेन, आठबिसकोट नगरपालिका–१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मी मदाने गाउँपालिका–१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुमपश्चिम मुसिकोट नपा–३ का ६५ वर्षीय हर्कबहादुर केसी, बोतलिवाङ–७ का ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मी मालिका गाउँपालिका–१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका–८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुमपश्चिमका २२ वर्षीय टीकाराम विक, सोही ठाउँकी लक्ष्मी पुनमगर, बोतलिवाङ–११ की २२ वर्षीया सविना पुनमगर, रुकुमपश्चिमका ३८ वर्षीय हेमराज केसी घाइते भएका छन् ।
यसैगरी, रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ का २४ वर्षीय गणेश खड्का, काठमाडौँ टोखा नगरपालिका–३ की २३ वर्षीय सृष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–३ का २८ वर्षीय आविष्कार धराला, रुकुमपश्चिम मुसिकोट–३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी ज्ञानु ढकाल, ललितपुर महानगरपालिका–१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट–४ की ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुनमगर, ५५ वर्षीया लीला केसी, ३० वर्षीय सशिराम खड्का, १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका–३ का ६० वर्षीय हर्कबहादुर जिसी, सानोभेरी गाउँपालिका–१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय हेमराज केसी र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका–२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।

कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भएका छन ।
उनलाई काठमाडौं जिल्ला अदालतले अस्पताल भर्ना गर्न आदेश दिएको थियो ।
अदालतले उनलाई चार दिन थुनामा राख्न आदेश दिएलगत्तै स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना गर्न आदेश दिएको थियो ।
महरालाई टीभी, युरिक एसिड लगायतका रोग रहेको जनाईएको छ ।

नेपाल लाइफद्वारा सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरुलाई ब्ःीरऋँत् सम्बन्धी तालिम प्रदान गरेको छ ।
चैत महिनाको ३ गते धुलिखेल स्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा उक्त कार्यक्रम संचालन गरिएको हो ।सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्याकंन प्रतिवेदनले इन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित उठान गरेका विषयहरु र अवलम्बन गर्नुपर्ने रणनितिको बारेमा प्रकाश पारिएको थियो । सम्पत्ति शुद्धिकरण ऐनले सञ्चालक समितिको काम कर्तव्य र अधिकारकोे बारेमा गरेको व्यवस्था प्रकाश पार्नुका साथसाथै त्यसलाई कार्यान्वयन गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको थियो ।
कम्पनीले ब्ःीरऋँत् सम्बन्धी संस्थामा चाल्नुपर्ने कदमहरु तथा त्यसलाई कार्यान्वयन गर्नका निम्ति अवलम्बन गर्नुपर्ने पद्धति, प्रक्रिया, नीति नियम तर्जुमा गरी त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न संस्थाको के कस्तो भूमिका हुन्छ भन्ने बारेमा पनि प्रशिक्षकले प्रकाश पारेका थिए ।
सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग नेपालमा घटित कसुरका र उक्त कसुरहरुबाट प्राप्त भएका सिकाईहरूले आगामी दिनमा त्यस्ता घटनाहरु न्यूनीकरण गर्नका निम्ति कम्पनीलाई सहज हुनेमा कम्पनी विश्वस्त रहेको छ ।
सोही कार्यक्रममा सम्पत्ति शुद्धिकरण सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरू र त्यसबाट स्थापित अवधारणाहरूको आधारमा नेपालमा सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन तथा नियमहरू तर्जुमा गरिएको र त्यसको अक्षरस पालना गर्नका निम्ति र मुलुकलाई आपराधिक र आतंकवादी गतिविधिहरूबाट जोगाई एक समृद्ध समुन्नत राष्ट्र निर्माण गर्न हामी सबैको जिम्मेवारी रहेको र त्यो जिम्मेवारी बोध गर्दै अग्रपंक्तिमा लम्कन नेपाल लाइफ तयार रहेको कुरा यस कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालमा बनेका नीति नियमहरूको अक्षरस पालना गर्न सकिएमा वित्तीय अपराधहरू न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको र कानुनी प्रावधानहरूको बारेमा जानकारी प्रदान गर्ने अभिप्रायका साथ नै यस तालिमको आयोजना गरिएको व्यहोरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन्

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...