Page 10

प्रधानमन्त्री र एकीकृत समाजवादीका वरिष्ठ नेता खनालबचि भेटबार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालबीच बालुवाटारमा भेटबार्ता भएको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिलाई लिएर सत्ता गठबन्धनमै खटपट भइरहेका बेला एकीकृत समाजवादीका नेता खनाल बालुवाटार पुगेका हुन् । पूर्वसहमतिअनुसार सुदूरपश्चिममा मुख्यमन्त्री नपाएको भन्दै एकीकृत समाजवादीले कांग्रेससँग सहकार्य गरेर नागरिक उन्मुक्तिका लक्ष्मण चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।
हिजो आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीको आलोचना गरेका थिए ।

ढकाल र जोशी एआइजी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले डिआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।
एआइजीद्धय मिरा चौधरी र सन्दीप भण्डारी यही साता अवकाश हुँदैछन । भण्डारी मंगलबार र चौधरी वैशाख ६ गतेबाट अवकाश हुँदैछन । सोही रिक्त पदमा प्रहरी प्रधान कार्यालयले दुई जनालाई बढुवा गर्न सिफारिस गरेको हो ।
त्यस्तै, प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फ दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल छन ।
मन्त्रिपरिषद्ले अर्याल र गुरुङलाई बढुवा गर्ने गरी केही दिनअघि विशेष पद सिर्जना गरेको थियो । अर्याल प्रहरीका साइवर विज्ञसमेत हुन । हाल उनी साइवर ब्युरोका प्रमुखसमेत हुन ।

 

सन्दीपविरुद्धको बलात्कार मुद्दामा उच्च अदालतले माग्यो जन्मदर्ता

काठमाडौं । उच्च अदालत पाटनले गौशाला को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले जन्मदर्ताका लागि दिएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश गरेको हो ।
यसअघि जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर गौशाला २६ लाई बालिग ठहर गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलले पीडित बालिका नाबालिग नै भएको दाबी सरकारी वकिलले गरेको छ । सन्दीपले भने उनी बालिग ठहर भएको भन्दै आफूले सफाई पाउनुपर्ने माग दाबी गरेका छन् ।

प्रभु बैंकको ३०२औं शाखा पोखराको नयाँगाउँमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा चैत ३ देखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आफ्नो ३०२ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगार्र्उँ शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचन गरेका हुन् ।
बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै गौचनले बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको प्रकाश पारे । बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको जनाउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गरे । बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

सिटिजन्स बैंकद्वारा स्नो याक फाउन्डेसनलाई सहयोग

Untitled design - 1

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । आफ्नो स्थापनाको १७औँ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उक्त संस्थालाई सहयोग गरेको हो ।
बैंकले १७औँ वार्षिकोत्सव वैशाख ७ गते मनाउँदै छ । बैंकले एक समारोहकाबीच एक लाख रुपैयाँको चेक संस्थाका सञ्चालक मणिराज शर्मालाई हस्तान्तरण गरेको हो ।
बालबालिकाहरूको उज्ज्वल भविष्यको परिकल्पना गर्दै स्नो याक फाउन्डेसनले विगत एक दशकभन्दा बढी समय गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच बढाउन समर्पित गरेको रहेर काम गर्दै आएको छ । हाल फाउन्डेसनले ५०० बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ ।

लक्ष्मी सन्‌राइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले वातावरणीय उत्तरदायित्वको प्रतिबद्धतालाई सुढृद बनाउँदै आर्थिक वर्ष २०७९, ८० सम्मको सवारी साधन कर्जा तथा आवासिय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।
बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पीसीएएफ) सँग २०२१ देखी आवद्व हुँदै आएको छ । पीसीएएफ वित्तीय संस्थाहरुको विश्वयापी साझेदारी समूह हो जसले वित्तीय संस्थाहरुको कर्जा र लगानीका क्षेत्रहरु मार्फत उत्सर्जन हुने ग्रिन हाउस ग्यासेसको मुल्याङ्कन र सोको विवरणहरु संकलन र सार्वजनिक गर्ने काम गर्दछ ।
बैंकको सवारी साधन कर्जा र आवासिय कर्जा मार्फत गत आर्थिक वर्षसम्म कुल १५ हजार ९६५.११ टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ ।
जसमध्ये सवारी साधन कर्जा मार्फत ३ हजार ६४४.५१ र आवासिय कर्जा मार्फत १२ हजार ३२०.६० टन कार्बन उत्सर्जन भएको जनाएको छ ।
बैंकले कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको कार्बनको असरलाई न्युनिकरण गर्न पहल अगाडि बढाईसकेको जनाएको छ ।

 

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजारमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ ।
आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको छ ।
बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३ हजार १० रुपैयाँ र विदेश भ्रमणको लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैंकको क्रेडिट कार्डबाहक महानुभावहरुले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नुहुनेछ ।
साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहनुहुने महानुभावहरुलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाउनुहुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

बिना जानकारी देश बाहिर नजान सांसदलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूलाई बिना जानकारी देश बाहिर नजान निर्देशन दिएका छन ।
आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सांसदहरू कहीँ कतै जानु परेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिए ।
अध्यक्ष ओलीले कतिपय सांसदहरू बाहिर जाँदा दलका नेता र प्रमुख सचेतकलाई थाहा नै हुन छाडेको भन्दै त्यस्तो बेला कोही फसेमा पार्टी जिम्मेवार नहुने उनले स्पष्ट पारे ।
प्रदेशमा मात्र होइन यही पनि त्यस्तो देखिएको छ। पछि कुनै प्रकारले फस्नुभयो भने पार्टीलाई नभने पनि हुन्छ’, ओलीले भने, ‘आफैँले गल्ती गरेपछि आफै सावधान रहनु।’

 

पछिल्ला आर्थिक परिसूचकहरूले आशा जगाएको प्रचण्डको दाबी

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको दाबी गरेका छन् ।
नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रू’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको नयाँ समीकरणपछि राजस्व संकलनले आर्थिक सुधारको लय समातेको जानकारी दिए ।
‘आयातित इन्धन घटाउँदै विद्युतीय गाडीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण प्रगति, जस्तपाता र स्टिलको निर्यातमा बढोत्तरी, पर्यटक आगमनमा इतिहासकै नयाँ रेकर्ड, उपत्यकाबाहिर हाउजिङ र अपार्टमेन्ट व्यवसायको विस्तारले सकारात्मक सन्देश प्रवाह गरेको छ,’ उनले भने, ‘भारत लगायत तेस्रो मुलुकमा विद्युत् निर्यातको समझदारी र तयारी, सडक पूर्वाधारमा सुरूङमार्गको नयाँ युगमा प्रवेश, रेमिट्यान्समा वृद्धिका कारण बाह्य व्यापारमा सहजता, सूचना–प्रविधिमा अर्बौंको आईटी सेवा निर्यात, स्टार्टअप बिजनेशमा प्रगति लगायतका आर्थिक परिसूचकहरूले हामीलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेशका निम्ति महत्त्वपूर्ण ऊर्जा दिएका छन् ।’
प्रधानमन्त्री प्रचण्डले ‘केही हुँदैन’ भन्ने निराशाजनक भाष्य चिर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ मार्गमा ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रिय उत्साह सिर्जना गर्न अपील गरे ।
वैशाख १६ र १७ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरिएको जानकारी दिँदै उनले नेपालको विकासमा लगानीका सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा आगामी सम्मेलनले जोड्ने विश्वास व्यक्त गरे ।
लगानीको वातावरण बनाउनका लागि सरकारले नीतिगत सुधारका कामहरू भइरहेको उल्लेख गर्दै उनले नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानीलाई प्रोत्साहन र आकर्षित गर्न आवश्यक रणनीतिका साथ अघि बढ्ने सरकारको तयारी रहेको जनाए ।
नेपाल पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरिएको जनाउँदै उनले सुरूङमार्ग निर्माणमा सहयोग गर्दै आएको मित्रराष्ट्र जापान सरकारलाई धन्यवाद व्यक्त गरे ।

शेयर बजारमा १६.८२ अंकको गिरावट, पौने ३ अर्बको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार दोहोरो अंकले तल झरेको हो । कारोबार रकम पनि पौने ३ अर्बमै समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.८२ अंकले घटेको हो । ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २००६.५२ अंकमा पुगेको छ ।
बजार घटेको दिन सबै समूह राताम्मे भएका छन् । वित्त समूह सबैभन्दा बढी १.६४ प्रतिशतले घटेको हो ।
आव ३१४ कम्पनीका ७२ लाख २३ हजार ७ सय ७३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२.६८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि आज माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.०९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै गुराँस लघुवित्त र दोल्ती पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड ७३ लाख ६८ हजार २ सय ९५.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार २.३५ अंकले बजार घट्दा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२.६२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...