काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालबीच बालुवाटारमा भेटबार्ता भएको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिलाई लिएर सत्ता गठबन्धनमै खटपट भइरहेका बेला एकीकृत समाजवादीका नेता खनाल बालुवाटार पुगेका हुन् । पूर्वसहमतिअनुसार सुदूरपश्चिममा मुख्यमन्त्री नपाएको भन्दै एकीकृत समाजवादीले कांग्रेससँग सहकार्य गरेर नागरिक उन्मुक्तिका लक्ष्मण चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।
हिजो आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीको आलोचना गरेका थिए ।