एमाले अध्यक्ष केपी ओली आज इलाम जाँदै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्ती केपी शर्मा ओली आज मंगलबार इलाम जाँदै छन ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफू इलाम जान लागेको जानकारी दिएका छन ।
अध्यक्ष ओलीले आजको बसाइ इलाममा हुने उल्लेख गरेका छन । उनले त्यहाँको बसाइमा इलाम २ का एमाले उम्मेदवार सुहाङ नेम्वाङसँगै हुने पनि जानकारी दिएका छन ।
‘आज म इलाम जाँदै छु । आजको बसाइ त्यतै हुनेछ । इलाम २ का उम्मेदवार सुहाङ नेम्वाङ सँगै हुनेछु ।’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन ।
इलाम २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
यहाँ एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन । सुहाङ चुनावी अभियानअन्तर्गत घरदैलो अभियानमा छन ।
इलाम २ मा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) लगायतका कम्युनिष्ट घटकहरुले एमालेका सुहाङलाई समर्थन गरेको छ ।

LEAVE A REPLY