Page 14

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८०’ पेस गर्ने तथा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
यसैबीच, मंगलबारको प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो । संसद् बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले बैठक अवरुद्ध गरेका थिए ।
त्यसपछि सभामुखले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगन गरेका थिए । तर, दलहरूबीच सहमति नहुँदा आज बस्ने गरी बैठक स्थगन गरिएको थियो ।
सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । त्यसमा सहमति हुन नसक्दा संसद् बैठक अवरुद्ध भएको हो । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रवि दोषी नभएको भन्दै संसदीय छानबिन समिति गठन आवश्यक नरहेको जनाउँदै आएका छन् ।

आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदे

काठमाण्डौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउनेछ।
राष्ट्रियसभा उपाध्यक्षका लागि मंगलबार दुईजनाको उमेदवारी दर्ता भएको छ । नेकपा (एमाले) की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी रहेका छन् ।
कांग्रेसकी उमेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
राष्ट्रियसभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६,एमालेका १०,एकीकृत समाजवादीका ८,जसपाका ३,जनमोर्चा, लोसपा, मनोनीत गरी १, १ सांसदले मत हाल्नेछन्।

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन ।
बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहो¥याएको थियो ।
कांग्रेस सांसद सुशिला थिङले सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरेकी थिईन ।
सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका थिए । लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका हुन ।

गण्डकीका मुख्यमन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्चमा रिट

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई मुख्यमन्त्री पदमा निरन्तरता दिन अन्तरिम आदेश सहितको परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सभामुख कृष्ण धिताल समेतको संलग्नतामा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै निवर्तमान मुख्यमन्त्री पाण्डेले रिट दायर गरेका छन् ।
एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ ९दीपक मनाङे० सहितको समर्थनमा दाबी पेश गरेपछि प्रदेश प्रमुख भट्टले अधिकारीलाई आईतबार मुख्यमन्त्री नियुक्त गरिएको थियो ।
रिटमा भनिएको छ, ‘विपक्षीहरूले आफूलाई हकै नपुग्ने विषयमा अधिकार क्षेत्रात्मक त्रुटि गरी कार्य गर्नुभएको, अधिकारको प्रयोग गर्दा प्रवृत्ति भावना लिई गलत ढंगले प्रयोग गरेको निजहरूको बदनियत र स्वेच्छाचारिताका कारणले निवेदक मेराउपर भेदभाव र अन्याय हुन पुगेको, विपक्षीहरूका प्रत्येक काम कारबाहीहरू छलकपटपूर्ण भएको, मुलुकको संविधान, कानून र स्थापित नजिर परम्परा विपरीत देखिएकाले, विपक्षी खगराज अधिकारीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्न रोकी म निवेदकलाई नै उक्त प्रदेशको मुख्यमन्त्री पदमा निरन्तरताका लागि अन्तरिम आदेश सहितको उत्प्रेषणयुक्त परमादेश समेतको आदेश जारी गरी पाऊँ ।’
सभामुख धितालले आफूलाई जानकारी नभएको र मुख्यमन्त्री गठनमा समर्थन गर्न मिल्दैन भन्दाभन्दै निजलाई समेत गणना गरी नेपालको संविधानको धारा १६८(३) बमोजिमको मुख्यमन्त्रीमा पुनर्नियुक्ति हुन पाउने संवैधानिक हकमा बन्देज लगाएको रिटमा बताइएको छ । मुख्यमन्त्री अधिकारीलाई नियुक्ति गरिएको भनिएको प्रक्रिया आफैंमा गैरसंवैधानिक भएको पाण्डेको दाबी छ ।
रिटमा भनिएको छ, ‘धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा पुनः नियुक्त हुन पाउने हक समेत म आफूलाई नै हुँदा विपक्षी सभामुखको पदीय मर्यादालाई दलीयकरण गरी कब्जाको छनक दिने गरी भए गरिएका निर्णयहरू असंवैधानिक, गैरकानूनी तथा अधिकार क्षेत्रविहीन भएको हुँदा सो निर्णय र सो निर्णयका आधारमा भए गरिएका सम्पूर्ण काम कारबाहीहरू बदर गरी म निवेदकलाई साविक बमोजिम नै मुख्यमन्त्रीको हैसियतमा कामकाज गर्न दिनु दिलाउनु भनी सम्मानित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदन गर्न आएको छु ।’

शेयर बजारमा ९.१९ अंकको सुधार, ४ अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजारमा करीब दोहोरो अंकको सुधार आएको छ । बजार उचालिएसँगै कारोबार रकम समेत ४ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.१९ अंकले बढेको हो । ०.४५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०३६.०१ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि होटल, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ०.६८, १.४६ र १.१४ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी २।७९ प्रतिशतले बढेको हो ।
आज ३१५ कम्पनीका ९७ लाख ८९ हजार ४ सय १६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९.११ रुपियाँ बराबरको कारोबार भएको छ ।
तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै आज सबैभन्दा बढी वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ८ लाख १० हजार ९ सय २०.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २२.७५ अंकले बजार बढ्दा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय २२.५६ रुपियाँ बराबरको करोबार भएको थियो ।

प्रभु बैंकद्धारा कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समितिलाई क्युआर स्ट्याण्ड हस्तान्तरण

काठमाडौं । प्रभु बैंकले मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीस्थित कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समितिलाई क्युआर स्ट्याण्ड उपलब्ध गराएको छ ।
बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि लोकप्रिय छ । यहाँ वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनको आवागमन हुने गर्दछ । पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ ।
हिमालपारिको जिल्लाको रुपमा परिचित मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा सात वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैँकिङ सेवा उपलब्ध गराइरहेको प्रभु बैँकले मुस्ताङको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको जनाईएको छ ।
मुस्ताङको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवा मात्र नभएर वित्तीय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी कार्यालयले जनाएको छ । कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि एक समारोहका बिच क्युआर स्ट्याण्ड उपलब्ध गराएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको छ । ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी सेवा दिँदै आएको छ ।

कर्णालीको मुख्यमन्त्रीमा कँडेलले दाबी पेश गर्दै

काठमाडौं । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद मंगलबार सकिँदैछ ।
सत्ता गठबन्धनबाट नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन ।
तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ । एमाले संसदीय दलका नेता कँडेलले माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन ।
४० सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन् ।
त्यस्तै, नेपाली कांग्रेसका १४, राप्रपा र स्वतन्त्रबाट १, १ जना सांसद छन् ।

आज राप्रपाले काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।
बिहान साढे ११ बजेबाट प्रदर्शन सुरु गरिने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनबहादुर श्रेष्ठले जानकारी दिए । भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ ।
राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न काठमाडौंकेन्द्रित प्रदर्शन गर्न लागिएको श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचन ः आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिँदै

काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तयारी छ ।
आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।
त्यस्तै, दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जानकारी दिएको छ ।
प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ १ (१) मा आगामी वैशाख १५ गते मतदान हुने आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि इलाममा २० जना र बझाङमा १२ जनाको उम्मेदवारी परेको छ ।

 

प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै, यस्तो छ कार्यसुची

काठमाण्डौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्दैछ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् ।
संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सबन्धित सम्झौता’ को प्रावधान माथी सदनमा छलफल गरियोस र अनुमोदन गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै उपप्रधानमन्त्री एवंम गृहमन्त्री रवी लामिछानेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन
साथै, उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘बिधुतीय ब्यापार बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...