काठमाडौं । मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ अब प्रधानमन्त्रीलाई गर्नुपर्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए ।
“सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ आज बेलुकाबाट नै प्रधानमन्त्रीलाई गर्नुपर्ने,” प्रधानमन्त्रीले भने, “गरेका काममध्ये त्यो दिनको महत्त्वपूर्ण काम जे गरियो त्यो प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भनेपछि सबै मन्त्रालय, सचिव, कर्मचारीलाई तताउँछ भन्ने विश्वास छ । हामी बल गर्दैछौँ ।”
सरकारले तदारुकताका साथ विकास निर्माण, सेवा प्रशासनलगायत काम दृढताका साथ गर्न खोजे पनि प्रशासन र कर्मचारीमा जाँगर आएको छैन भन्ने विषयमा आजको मन्त्रिपरिषद्को बैठकमा छलफल भएको जानकारी दिए । कर्मचारीहरूलाई के कारणले निर्णय लिनुभन्दा नलिनु राम्रो लाग्न थालेको हो भन्ने विषयमा पनि छलफल भएको उनले जनाए ।
कर्मचारीलाई दोष दिएर मात्रै नहुने उनको भनाइ छ । राजनीतिक र प्रशासनिक तहमा यसबारे खोजी गर्नुपर्ने जानकारी दिए । साझा संकल्प नगरे अघि बढ्न नसकिने जनाए ।
मन्त्रीले गरेका कामको ब्रिफिङ अब प्रधानमन्त्रीलाई गर्नुपर्ने
पोखरा र गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गराउने प्रधानमन्त्रीको उदघोष
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको उदघोष गरेका छन ।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाईमार्ग लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको स्पष्ट गरे ।
प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीन सरकारबाट प्राप्त ऋणलाई अनुदानमा परिणत गर्न पनि पनि आफूले कोसिस गरिरहेको जानकारी दिए । उनले हेटौँडा, बुटवल, जनकपुर, विराटनगरका रुग्ण उद्योगहरु पुनः सञ्चालनमा ल्याइ कपडा, चिनी, धागो, जुटआदि उत्पादन गराउन छलफल भइरहेको जानकारी गराउँदै कोशी नदीमा तटबन्ध बनाउन र कोशी टप्पुको जग्गा संरक्षणका लागि काम भइरहेको स्पष्ट गरे ।
उनले नदी र नदी जोड्ने खालका परियोजना अघि बढाइ सिँचाइ सुविधामार्फत उत्पादन बढाउने र भूमि सुधारलाई लालपूर्जा वितरणको कामका रुपमा नलिइ जमिनको चक्लाबन्दी र उत्पादनमा जोड दिइ समाजवादको आधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले सशस्त्र जनयुद्धका सहिद, घाइते र बेपत्ता परिवारका लागि न्याय तथा राहत दिन सरकार गम्भीर रहेको जनाउँदै सत्य तथा मेलमिलाप आयोग विधेयक चाँडै संसदीय समितिबाट पारित हुने विश्वास व्यक्त गरे ।
समितिका सभापति मायाप्रसाद शर्माले संसदमा उठेका प्रश्नको सम्बोधन र आफ्ना प्रतिबद्धतालाई कार्यान्वयनमा संकल्प लिनुभएकामा प्रधानमन्त्री दाहाललाई धन्यवाद दिए ।
एलजीको नयाँ वर्ष उपहार योजना, १ लाखको दुर्घटना बीमासहित टीभी जित्ने अवसर
काठमाडौं । एलजीले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक योजना अघि सारेको छ ।
यस योजना अन्तर्गत ग्राहकले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै १ लाखको दुर्घटना बीमा, तथा लक्की ड्र मा एलजी ओलेड टिभी हरेक महिना जित्न सक्ने कम्पनीले जनाएको छ ।
एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४०५ सम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् ।
साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर(३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर सम्म) को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(१० केजी र माथि) को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(९ केजी सम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिक्विड, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् । त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउने कम्पनीले जनाएको छ ।
ग्राहकले हरेक महिना लक्की ड्र मार्फत २ वटा एलजी ओलेड टि.भी. जित्न सक्नेछन् । र कुनै पनि एलजी टि।भी को खरिदमा १ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् । ग्राहकहरुले लक्की ड्र र दुर्घटना बिमामा समाबेश हुन बिज्ञापनमा दिईएको छुट्टा छुट्टै क्यु आर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नु पर्नेछ । यसका साथसाथै शून्य पतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।
यो योजना चैत्र २१ गते देखी नेपाल अधिराज्यभरी सिमित अवधी को लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
सिटिजन्स बैंक र स्काइ वाकबीच संझौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलादी, काठमाडौं स्थित वोन्डर्स नेपाल प्रालि९स्काई वाक० बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने संझौता भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले स्काई वाकको टिकट खरिद गर्दा १० पतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए।टि।एम। र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्षथप ५ शाखाहरु विस्तार गरेरआगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।
प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसायबीच सम्झौता
काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसाय प्रा Þलि।बीच नगदरहीत भुक्तानी प्रणालीको सहकार्यसम्बन्धी सम्झौता भएको छ । उनीहरुबीच बिहीबार यससम्वन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार गण्डकी ट्याक्सी ब्यबसायसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहजरुपमा रकम झिक्न, आप्mनो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक÷वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन सक्नेछन् ।
सम्झौतापत्रमा प्रभु बैंकका गण्डकी प्रमुख व्यबसाय केन्द्र अधिकृत शान्ती शेरचनको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी ब्यबसायका अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरे । विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्धार उपलब्ध गराईएको क्यु आरमार्फत् विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको बैंकको भनाई छ ।
गण्डकी ट्याक्सी ब्यबसाय प्रा. Þलि. मा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराईएको छ । निकट भविष्यमा अन्य ३५० भन्दा बढि चालकहरुलाई उपलब्ध गराईने कार्यक्रम रहेको जनाइएको छ ।
गायक राजेशपायल राईसहित ६ जना पक्राउ
काठमाडौं । गायक राजेशपायल राईसहित ६ जना पक्राउ परेका छन् ।
गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
जसपाबाट समानुपातिकतर्फ हसिना खान सांसद बन्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन । बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्न लागेको हो ।
बैठक अहिले बिहान ८ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ । जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएका थिए । उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा अन्सारीलाई पठाएको थियो । तर अन्सारीको पनि गत चैत ४ गते काठमाडौंको सिभिल अस्पतालमा निधन भएको थियो ।
बैठकले उपनिर्वाचनका विषयमा समेत निर्णय लिने प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए ।
उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेस बैठक बस्दै
काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको बैठक आज पनि बस्दैछ ।
सभापति शेरबहादुर देउवा उम्मेदवार चयनका विषयमा सोमबारदेखि छलफलमा छन । मंगलबार र बुधबार कार्यसम्पादन समितिको बैठकमा छलफल भएपनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा टुंगो लागेको छैन् ।
बिहीबार पनि बिहान ९ बजे बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जनाए । उपनिर्वाचन हुने इलाम–२ र बझाङ प्रदेशसभा–१ मा उम्मेदवारका विषयमा सभापति देउवा र नेता शेखर कोइराला पक्षबीच विवाद भएको जनाईएको छ ।
सभापति देउवाले इलाम–२ मा जिल्ला सभापति डम्बर खड्काको नाम प्रस्ताव गरेका छन, भने बझाङका लागि अभिषेक सिंहको नाम प्रस्ताव गरेका छन । तर कोइराला समूहले भने इलाम–२ मा महाधिवेशन प्रतिनिधि भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राख्दै आएको छ ।
उम्मेदवार चयनकै विषयमा बिहीबार जिल्लाका नेताहरूसहित आकांक्षीहरूसँग छलफल गरिने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।
कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।
आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरे ।
विश्वासको मत लिने तयारी गरेका शर्माले अन्ततः केन्द्रको दबाब थेग्न नसकेर राजीनामा दिएका छन् ।
प्रदेश सभालाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयन गरी गणतन्त्र र संघीयताको संस्थागत विकास गर्नुको सट्टा देशको राजनीति संसदीय अंकगणितको भद्दा प्रहशनमा मात्र रुमल्लिएको जनाए ।
नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा एमालेको भागमा परेको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यमन्त्री शर्मालाई राजीनामा दिन निर्देशन दिएका थिए ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ३५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.२६ प्रतिशत बोनस शेयर र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव भरत केसीले जानकारी दिएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १ सय रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिधरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।