
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।
आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरे ।
विश्वासको मत लिने तयारी गरेका शर्माले अन्ततः केन्द्रको दबाब थेग्न नसकेर राजीनामा दिएका छन् ।
प्रदेश सभालाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयन गरी गणतन्त्र र संघीयताको संस्थागत विकास गर्नुको सट्टा देशको राजनीति संसदीय अंकगणितको भद्दा प्रहशनमा मात्र रुमल्लिएको जनाए ।
नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा एमालेको भागमा परेको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यमन्त्री शर्मालाई राजीनामा दिन निर्देशन दिएका थिए ।













