Page 3

व्यक्तिगत सुरक्षामा खटाईएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएका छन ।
बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नियमभन्दा बाहिर खटिएका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता बोलाउन निर्देशन दिएका हुन ।
प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता बोलाई यसको विवरण उपलब्ध गराउन ती दुवै निकायलाई निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ । ‘सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र पदाधिकार रहेको कार्यालयमा फिर्ता बोलाइ सोसम्बन्धी विवरण उपलब्ध गराउनु’ मन्त्रालयले निर्देशनमा भनेको छ ।
त्यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।
त्यस्तै, विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमण लगायत कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधिविपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी संगठनलाई निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ ।

आजदेखि कक्षा १२ को परीक्षा सुरु, ४ लाख ९१ हजार परीक्षार्थी सहभागी

काठमाडौँ । कक्षा १२ को परीक्षा आज शुक्रबारदेखि सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भइरहेका छन्, जसका लागि ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको बोर्डले जनाएको छ ।
सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा छन् । जहाँ १४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङरमुस्ताङमा एक–एक परीक्षा केन्द्र रहेको बोर्डले जानकारी दिएको छ ।

राष्ट्रपतिद्धारा हाइड्रो एक्स्पो उद्घाटन

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ को बिहीबार उद्घाटन गरिएको छ । हाइड्रो एक्स्पो उद्घाटन गर्दै प्रमुख अतिथि सम्माननीय रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने जनाएका छन्। उनले प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहेको उल्लेख गर्दै यस्तो जनाएका हुन्। ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित काठमाडौँमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ को बिहीबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाल सरकारको सहजीकरण र समन्वय अनि निजी क्षेत्रको लगानीबाट यो सम्भव रहेको पनि स्पष्ट पारे। त्यसैले राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ, यसका लागि नेपाल सरकारले ऐन, कानुन, नीति–नियमहरूमा सहजीकरण गर्नुपर्छ भने निजी क्षेत्रले मुलुकको हित र समृद्धिलाई सर्वोपरी मानेर लगानीलाई बढाउँदै जानुपर्छ भन्ने मलाई लाग्छ, उनले भने ।
राष्ट्रपति पौडेलले संघीयतासँगै नेपाल लोकतन्त्रको उच्च अभ्याससहित राजनीतिक स्थिरतातर्फ लम्किरहेको र यसले स्वदेशी तथा विदेशी लगानी आकर्षण बढ्दै जाने अवस्था सिर्जना हुने उल्लेख गर्दै संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको स्पष्ट पारे। नेपालको आर्थिक समृद्धिको लागि नेपाल सरकारले मुख्य आधारको रुपमा ऊर्जा क्षेत्रलाई लिएर यसलाई विशेष प्राथमिकता दिँदै आएको छ, यसकै फलस्वरुप कुनै बेला ठूलो ऊर्जा संकट भोगेको नेपालमा बढ्दो ऊर्जा उत्पादनले राष्ट्रको ऊर्जा सुरक्षालाई मजबुत बनाउँदै लगेको छ, नेपाल ऊर्जामा आयातित गर्ने राष्ट्रबाट निर्यात गर्ने राष्ट्रको रुपमा परिणत हुँदैछ, राष्ट्रपति पौडेलले भने। यसले विगतमा रहेको परनिर्भरताको अवस्थालाई अन्त्य गरेर बिजुली व्यापारमार्फत नेपालको आर्थिक क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरिरहेको भन्ने आफूलाई लागेको जनाउँदै उनले नेपाल छिमेकी राष्ट्रहरूका क्षेत्रीय बजारहरूमा स्वच्छ र हरित ऊर्जा निर्यातमार्फत नवीकरणीय ऊर्जाको उपयोग अभिवृद्धिका लागि योगदान दिने सक्ने अवस्थामा पुग्नु सन्तोषको विषय भएको धारणा व्यक्त गरे। उनले विशेष गरी बहुदलीय प्रजातन्त्रपछि निजी क्षेत्रलाई ऊर्जाको लगानी र निर्माणमा संलग्न गराएसँगै यस्तो अवस्था सिर्जना भएको जानकारी दिए। नेपाल सरकारले बिजुली छिमेकी राष्ट्र भारतमा निर्यात गर्ने गरी सम्झौता गरिसकेको र विक्रम सम्वत २०८५ भित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भ उल्लेख गर्दै उनले यसमा पनि नेपाल सरकार र निजी क्षेत्र दुवैको उत्तिक्कै दायित्व र जिम्मेवारी रहेको जनाए।
राष्ट्रपति पौडेलले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहका साथ लगानीको वातावरण निर्माण गर्नु नेपाल सरकारको पनि दायित्व भएको र यसले निजी क्षेत्रको उत्साह वृद्धि भई मुलुकको समग्र अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे। नेपाल सरकारले गर्न लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्नु सह्राहनीय रहेको उनको भनाइ थियो।

नेपाली काँग्रेसका नेता आफ्ताब आलमलाई जन्मकैदको फैसला

काठमाडौं । नेपाली काँग्रेसका नेता आफ्ताब आलमलाई जन्मकैदको सजाय सुनाइएको छ ।
आज रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको फैसला सुनाएको हो। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले दुईजनालाई जिउँदै इँटा भट्टामा हालेर ज्यान लिएको आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको हो। २०६४ चैत २७ गते संविधानसभाको चुनावलाई प्रभावित पार्न रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो।
विस्फोटमा घाइते भएका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइतेलाई आलमले पोल खुल्ने डरले जिउँदै भट्टामा हालेर हत्या गरेका थिए । घटनामा पिन्टु र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जलाएर मारेको प्रहरीको दाबी छ । उनले चुनावलाई प्रभावित बनाएर विजयी बन्ने रणनीतिका साथ भारतबाटसमेत बम बनाउने मान्छेलाई ल्याएका थिए ।
आलमसहित ११ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले विस्फोटक पदार्थ ऐन, २०१८, मुलुकी अपराधसंहिताको दफा (१७७) अन्तर्गत ज्यानसम्बन्धी कसूर (ज्यान मार्ने उद्योग) मा जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको थियो।

रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला २ तहका अदालतले गरेको आदेशलाई सदर गर्दै रिहा गर्न अस्वीकार गरेको छ ।
यसअघि काठमाण्डौ जिल्ला अदालत र उच्च अदालत पाटनले नेता रायमाझीसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
कांग्रेस नेता आङटावा शेर्पा र गोविन्द चौधरीलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । शेर्पाबाट ३० लाख र चौधरीबाट १० लाख धरौटी माग गरिएको छ ।
उच्च अदालतको आदेशविरुद्ध थुनामा रहेका गृहसचिव टेकनारायण पाण्डे, पूर्वमन्त्री टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, इन्द्रजित राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटाङ शेर्पा समेतले निवेदन दिएका थिए ।
नेपाली नागरिकहरूलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने प्रलोभनमा करोडौं ठगी गरेको अभियोगमा जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको थियो । उनीहरूविरुद्ध ठगी, लिखत कीर्ते र राज्यविरुद्ध तथा संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दायर भएको छ ।
काठमाण्डौ जिल्ला अदालतले तत्काल उपस्थित १८ जना प्रतिवादीमध्ये १६ जनालाई थुनामा पठाउने आदेश दिएको थियो भने २ जनालाई धरौटीमा छोडेको थियो । पाण्डेसहित १० जनाको हकमा थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतले सदर गरिदिएको थियो ।
यसअघि पूर्व गृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटी बुझाएर रिहा भएका छन् । लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरूङ र केशव तुलाधर साधारण तारेखमा रिहा भएका थिए ।

 

लक्ष्मी सन्‌राइज बैंकका २ वटा शाखा स्थानान्तरण

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ ।
काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा रहेको २ शाखामध्ये १ शाखा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका २, बालकोटमा स्थानान्तरण गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिका पेप्सिकोलामा रहेको २ मध्ये १ शाखा भक्तपुर जिल्ला मध्यपूर ठिमी नगरपालिका ८,बोडेमा स्थानान्तरण गरेको जनाएको छ ।
स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।
स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरु माझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।
हाल लक्ष्मी लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

शेयर बजारमा ३.२४ अंकको गिरावट,कारोबार रकम २ अर्ब ३६ करोड

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । साताको अन्तिम दिन आज पनि शेयर बजार ओरालो झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.२४ अंकले घटेको हो । ०.१६ प्रतिशतले बजार घट्दा नेप्से १९६५.९३ अंकमा झरेको छ ।
आज वित्त, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनीमा हरियाली छाउँदा बाँकी समूह राताम्मे भएका छन् ।
३०३ कम्पनीका ६३ लाख १२ हनार ५ सय ५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५ सय ९४.१२ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सबैभनदा बढी ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
त्यस्तै सबैको लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पोखरा फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड २६ लाख ४६ हजार ८ सय १७.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार १२.२९ अंकले बजार बढ्दा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६.८९ रुपियाँ, सोमबार १५.४१ अंकले बजार घट्दा २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५.१९ रुपियाँ र हिजो बुधबार ०.१५ अंकले मात्रै बजार बढ्दा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८.५० रुपियाँ बराबरको कारोबार भएको थियो । गत मंगलबार भने सरकारले कतारका राजाको भ्रमणका अवसरमा सार्वजनिक बिदा दिए पछि शेयर बजार बन्द थियो ।

महोत्तरीमा आगलागीबाट ९७ घर जलेर नष्ट

महोत्तरी । मटिहानी नगरपालिका–६, जरलहवामा बुधबार दिउँसो ७ घण्टासम्म आगलागी हुँदा दुई वटा बस्ती नै जलेर खरानी भएका छन् ।
मुस्लिम बस्तीको मियाँ टोलमा परालको कुन्युँमा लागेको आगो हावाहुरीले उडाएर बस्तीभरि फैलिएपछि मियाँ टोल र नजिकको हत्ता टोल हेर्दाहेर्दै जलेर खरानी भएका हुन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रहरीले संकलन गरेको तथ्यांकअनुसार आगलागीबाट दुई बस्तीका ९७ घर जलेर नष्ट भएका जानकारी दिएका छन ।
‘बुधबार दिउँसोबाट लागेको आगो करिब ७ घण्टापछि नियन्त्रणमा आयो ।’ उनले भने, ‘अहिलेसम्म ९७ घर जलेर नष्ट भएको तथ्यांक संकलन भएको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ ।’
उनका अनुसार पीडितहरूलाई राहत र बासको व्यवस्थापनका लागि समेत पहल भइरहेको छ । बुधबार साँझसम्म आगो नियन्त्रणमै समय गुज्रिएका कारण पीडितहरूले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाएका छन् ।
‘रेडक्रसले केही त्रिपाल वितरण गरेको छ । लत्ताकपडाहरु केही उपलव्ध गराउन सकिएको छैन् ।’ प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘खानका लागि राति दालमोठ र चिउरा वितरण गरिएको थियो । अब व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ ।’ उनका अनुसार नगरपालिकाले पीडितहरूलाई तत्काल प्रति परिवार ५ हजार रुपैयाँ नगद उपलब्ध गराउने तयारी छ भने जिल्ला विपद् व्यवस्थापन समितिले अन्य राहतका सामाग्री जुटाइरहेको छ ।

 

उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

काठमाण्डौं । वैशाख १५ गते शनिवार इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङ प्रदेशसभा–१ (क) मा हुने उपचुनावका लागि बुधबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ।
निर्वाचन आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी गराएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम निषेधको अवधिमा निर्वाचन प्रचार—प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सन्जालबाट समेत मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ।
निर्वाचन आचार संहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ मा प्रदेशसभा निर्वाचन हुँदैछ । इलाममा १९ जना र बझाङमा ११ जना उमेदवार चुनावी मैदानमा रहेका छन् ।

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् ।
गत चैत २७ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादीका १, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री कँडेललाई विश्वासको मत लिन २१ सांसदको समर्थन आवश्यक पर्छ । माओवादी केन्द्रले समर्थन गरेपछि कँडेलले विश्वासको मत पाउने लगभग निश्चित भएको जनाईएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...