Page 4

लुम्बिनीका विना विभागीय मन्त्रीहरूले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन्। बुधबार मुख्यमन्त्री जोखबहादुर महराले सात जना मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन्।
दिनेश पन्थीले आन्तरिक मामिला कानून तथा सञ्चार, खड्ग बस्नेतले पर्यटन उद्योग तथा सहकारी, धर्मबहादुर चौधरीले भौतिक पुर्वाधार विकास तथा यातायात, अर्जुन कुमार केसीले वन तथा वातावरण, भूमिश्वर ढकालले शहरी विकास तथा खानेपानी, रत्नबहादुर खत्रीले सामाजिक विकास र भगवती अधिकारीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
मुख्यमन्त्री महराले उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय भने आफैंसँग राखेका छन्। उनले यसअघि नै चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना, दिपेन्द्रकुमार पुन मगरलाई स्वास्थ्य र भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका थिए। अहिरले भने सहमति पालना नभएको भन्दै राजीनामा दिइसकेका छन्।

रास्वपा खास जातिको पहिचानको पक्षमा नभएको सभापति लामिछानेको दाबी

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू नेतृत्वको दल खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा नर्भको दाबी गरेका छन् ।
बुधबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति नगर्ने भन्दै आफूहरू बहुपहिचानको पक्षमा नभएको दाबी गरे ।
‘बरु चुनाव हारौंला तर गलत प्रवृत्तिलाई प्रोत्साहित गर्ने राजनीति गर्दैनौं । बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एकल पहिचानले हित गर्दैन,’ उनले भने ।
रास्वपाले सबैभन्दा बढी पहिचानको मुद्दालाई व्यवहारमा उतारेको उनले जनाए ।
उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले आचारसंहिता अक्षरसः पालना गराउन सुरक्षा निकायलाई दिर्नेशन दिँदै मौन अवधिमा आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई चेतावनी दिए । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ ।
‘मौन अवधि भनेको मनि (पैसा) अवधि भएको कुरा तपाईंहरूले सुन्नुभएको छ होला,’ गृहमन्त्री लामिछानेले चेतावनी दिँदै भने, ‘खबरदार इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको रूपमा प्रयोग नगरोस् ।’
आचारसंहिता उल्लंघन गर्नेलाई कानूनको दायरामा ल्याएरै छोड्ने उनको दृढता छ । लामिछानेले काठमाण्डौ, चितवन र तनहुँमा जस्तै इलामवासीले पनि जोडदार रूपमा घण्टी बजाउने विश्वास व्यक्त गर्दै भने, ‘यथास्थिति रोज्ने कि परिवर्तन विवेकपूर्ण निर्णय गर्नुहोला ।’

चुनावी सभालाई सम्बोधन गर्न ओली आज इलाम जाँदै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज इलाम जाँदैछन । उनी इलामको चुलाचुलीमा हुने पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन ।
अध्यक्ष ओली बिहान ११ बजेको जहाजबाट भद्रपुर अवतरण गरेर चुलाचुलीतर्फ जानेछन ।
यही वैशाख १५ गते हुने उपनिर्वाचनमा एमाले माओवादी गठबन्धनले आज दक्षिण इलामको चुलाचुलीमा आमसभाको आयोजना गरेको हो ।
यस क्षेत्रबाट निर्वाचित सांसद तथा एमालेका उपाध्यक्ष सवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको यस क्षेत्रमा अहिले एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन ।
सुहाङलाई सत्ता गठबन्धनको नेकपा (माओवादी केन्द्र) सहित कम्युनिष्ट पार्टीहरुको समर्थन रहेको छ ।
अध्यक्ष ओलीले गत वैशाख ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनवाी सभालाई सम्बोधन गरेका थिए । अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण शक्ति यस निर्वाचनमा केन्द्रीत गर्न नेता कार्यकर्तालाई यसअघिनै निर्देशन दिइसकेका छन ।
अध्यक्ष ओली आज दमकस्थित आफ्नो निवासमा बस्ने जनाईएको छ । अध्यक्ष ओली भोलि बिहान भद्रपुर विमानस्थलबाट काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

झापामा जीप र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।
जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । मृतकको सनाखत हुन बाँकी छ ।

कतारी राजा थानी र प्रधानमन्त्रीबीच १० बजे भेटवार्ता हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुँदैछ ।
दुईदिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका थानीलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्दै भेटवार्ता गर्न लागेका हुन।
थानीलाई होटेल सोल्टीमा राखिएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान १० बजे सोल्टीमै पुगेर उनलाई भेटवार्ता गर्ने र त्यही विभिन्न सम्झौताहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
वार्तापछि दुवै देशबीच सम्झौता र समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि कतारी राजा थानी स्वदेश फर्कनेछन ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आएका राजा थानीलाई मंगलबार राष्ट्रपति पौडेल आफै विमानस्थल पुगेर विशिष्ट कक्षमा स्वागत गरेका थिए । लगत्तै थानी र पौडेलबीच भेटवार्ता भएको थियो । बेलुका राष्ट्रपति पौडेलले थानीलाई रात्रीभोजसमेत दिएका थिए ।

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपतिको कतारी अमिरलाई अनुरोध

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग अनुरोध गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो अनुरोध गरेका हुन् । राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको जनाए र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन अनुरोध गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता छन् । सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि जनाएका थिए ।

 

 

 

राष्ट्रपतिद्वारा कतारका राजाको सम्मानमा रात्रिभोजको आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरे । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।
रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति लगाएतको सहभागिता थियो ।
कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उनको स्वागत गरेका थिए । कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।
शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो । बुधबार दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ ।

नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख ११ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजनाको अनावरण गर्दै सो योजना सार्वजनिक गरिएको हो ।
अनिश्चितताले भरिएको संसारमा, आफ्ना बालबालिकाहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नु सर्वोपरि हुने भएकोले सो आवश्यकता परिपूर्ति गर्नको लागि व्यापक कभरेज प्रदान गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना कम्पनीले सार्वजनिक गरेको हो । यो योजना मार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने जनाईएको छ ।
‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ सार्वजनिक गरिएको नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना बालबालिका सम्बन्धी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) हो जस्मा बीमित बालबालिकाको प्रवेश उमेर १ महिना (३० दिन पछि) देखि १७ वर्ष सम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्ष देखि ६५ वर्ष सम्म रहने छ । न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमा शुल्क भुक्तानी अवधि २५ वर्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँ तथा अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।
यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मिति देखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भए पछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडी आउँछ सोही देखि जोखिम प्रारम्भ हुनेछ ।
यस योजना अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमाङ्क भुक्तानी परिपक्वता सुविधा अन्तर्गत बीमा अवधि समाप्ती मिति सम्म बीमित प्रस्तावक तथा बीमित बालबालिका जीवित रहेमा शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने छ ।
बीमा अवधि भित्र जोखिम प्रारम्भ नहुँदै प्रस्तावक भन्दा अगाडि बीमित बालबालिकाको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बीमाशुल्क (पुरक करार तथा अतिरिक्त बापतको बीमा शुल्क बाहेक) भुक्तानी गरिने छ भने बीमा जोखिम प्रारम्भ पछि बीमा अवधि भित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पुरक करार तथा अतिरिक्त बापतको बीमा शुल्क बाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतस् अन्त्य हुनेछ ।
त्यस्तै, बीमा अवधि भित्र जुनसुकै समयमा बालबालिका छदै प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिईनेछ । मासिक आय सुविधा बीमाङ्कको १ प्रतिशत बराबरको रकम बीमित बालबालिकालाई भुक्तानी गरिनेछ र यस्तो रकम घटना घटे पश्चात बीमा अवधि समाप्ति सम्म वा बालबालिकाको मृत्यु जुन अघि हुन्छ सो समय सम्मका लागि प्रदान गरिनेछ र बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बीमा अवधि समाप्ति सम्मको आर्जित बोनस समेत एकमुष्ठ भुक्तानी गरिनेछ ।
बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा प्रस्तावकको मृत्यु वापत बीमाङ्क रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्यु वापत बीमाङ्क रकमको २५ प्रतिशत रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतस् अन्त्य हुनेछ । बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमित बालबालिकाको समेत मृत्यु भएमा बीमाङ्कको २५ प्रतिशत तथा बीमित बालबालिका जीवित रहुन्जेल सम्मको आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पुरक करार तथा अतिरिक्त बापतको बीमाशुल्क बाहेक) मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतस् अन्त्य हुनेछ ।
यस योजनामा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । सर्मपण मूल्यको गणना नेपाल बीमा प्राधिकरणको स्वीकृत विधि अनुरुप कम्पनीले गर्नेछ । सर्मपण मूल्य प्राप्त भएको बीमालेखमा सर्मपण मूल्यको ९० प्रतिशत वा बीमाङ्क रकमको २५ प्रतिशत रकम तथा आर्जित बोनसमध्ये जुन रकम कम हुन्छ सो रकम ऋणको रुपमा प्राप्त गर्न सकिनेछ । बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा ऋण सुविधा बापत दिइएको रकम कटाई बाँकी रकम भुक्तानी गरिनेछ ।
यस योजनामा २१ वर्ष देखिका बीमित प्रस्तावकले अतिरिक्त बीमाशुल्क तिरेर ऐच्छिक पुरक करार सुविधाहरु दुर्घटना मृत्यु लाभ सुविधा, दुर्घटनाबाट हुने अपाङ्ग अशक्त बीमाशुल्क छुट सुविधा तथा घातक रोग सुबिधा लिन सकिने छ । बीमाशुल्क भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक तथा एकल गरी ५ तरिकाबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

 

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरी देशैभरि रहेका सम्पूर्ण शाखाहरूमा केक काटेर १६औँ वार्षिकोत्सव मनाएको छ ।
१५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरी आफूलाई एक सबल कम्पनीको रूपमा प्रस्तुत गरेको ज्योति लाइफ इन्स्योरेन्स बीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स २०७९ पौष ७ गते आफ्नो संयुक्त कारोबार सुरु गरेको थियो ।
१६ औँ वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण शुभचिन्तकहरूका साथै अटुट सम्बन्ध राख्ने ग्राहक वर्ग, अविरल साथ दिने अभिकर्ताहरू, अहोरात्र खट्नु हुने कर्मचारीहरु , हौसला प्रदान गर्नुहुने शेयरधनीहरू, सदैव सत्मार्ग देखाउनुहुने सञ्चालक समिति, मार्गनिर्देश गर्ने नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरू लगायत सम्पूर्ण संचारकर्मीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे ।
साथै यही अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिने सम्पुर्ण सरोकारवालाहरु लगायत सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकायहरू प्रति कृतज्ञता ज्ञापन गरे । कम्पनीले नवीनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कँदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ।
सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी रु ४५४ करोड, जीवन बीमाकोष रु ३,२०० करोड, कुल लगानी रु ३,७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको छ । कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसँग आबद्ध प्रशिक्षित अभिकर्ता सङ्ख्या ९६ हजार रहेको छ ।
कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९,८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० दशमलव २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी २४ दशमलव ७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, २ घाइते

चितवन । चितवनमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सोमबार साँझ भरतपुर महानगरपालिका–३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री भरतपुर महानगरपालिका–११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका–३ का ३३ वर्षीय सुदर्शन अधिकारी र मोटरसाइकल पछाडि सवार भरतपुर–९ वसन्तचोकका ४९ वर्षीय सन्तोष बुर्लाकोटी घाइते भएका छन ।
घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...