चुनावी सभालाई सम्बोधन गर्न ओली आज इलाम जाँदै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज इलाम जाँदैछन । उनी इलामको चुलाचुलीमा हुने पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन ।
अध्यक्ष ओली बिहान ११ बजेको जहाजबाट भद्रपुर अवतरण गरेर चुलाचुलीतर्फ जानेछन ।
यही वैशाख १५ गते हुने उपनिर्वाचनमा एमाले माओवादी गठबन्धनले आज दक्षिण इलामको चुलाचुलीमा आमसभाको आयोजना गरेको हो ।
यस क्षेत्रबाट निर्वाचित सांसद तथा एमालेका उपाध्यक्ष सवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको यस क्षेत्रमा अहिले एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन ।
सुहाङलाई सत्ता गठबन्धनको नेकपा (माओवादी केन्द्र) सहित कम्युनिष्ट पार्टीहरुको समर्थन रहेको छ ।
अध्यक्ष ओलीले गत वैशाख ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनवाी सभालाई सम्बोधन गरेका थिए । अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण शक्ति यस निर्वाचनमा केन्द्रीत गर्न नेता कार्यकर्तालाई यसअघिनै निर्देशन दिइसकेका छन ।
अध्यक्ष ओली आज दमकस्थित आफ्नो निवासमा बस्ने जनाईएको छ । अध्यक्ष ओली भोलि बिहान भद्रपुर विमानस्थलबाट काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

LEAVE A REPLY