Page 5

सानिमा रिलायन्स लाइफको २ दिने कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको दुई दिने बिजनेश स्ट्राटिजी मीट सम्पन्न भएको छ । कम्पनीले कर्मचारीहरुको क्षमता बृद्धि गने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम भैरहवाको टाईगर रिसोर्टमा सम्पन्न भएको हो ।
दुई दिने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले विभिन्न बिधामा सम्मानित भएका कर्मचारी, अभिकर्ता लगायत शाखा कार्यालयलाई धन्यवाद व्यक्त गरेका छन् । साथै उनले आफ्नो कामप्रति इमान्दार र बीमितप्रति बफादार भई काम गर्न समेत अनुरोध गरेको छन् ।
दुई दिने कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिबनाथ पाण्डे, डिसीईओ निराजन कडेल लगायत विभिन्न शाखा कार्यालयमा आवद्ध कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कम्पनीको सुदुरपश्चिम प्रदेशले यो वर्ष पनि विभिन्न ८ बिधामा प्रथम तथा ट्प ५ भित्र पर्न सफल भएको छ । सोही अवसरमा कार्यक्रमले अभिकर्ता भर्नाको अधारमा नेपाल प्रथम शाखा धनगढी, बीमालेख संख्याको आधारमा नेपाल पाचौं शाखा धनगढी, अभिकर्ता भर्नाको आधारमा उपशाखामा समुहमा नेपाल प्रथम अत्तरिया, उपशाखा समुहमा प्रथम बीमा शुल्क सन्कलनको आधारमा नेपाल दोस्रो अत्तरिया, अभिकर्ता भर्नाका आधारमा उपशाखामा नेपाल दोस्रो बेलौरी, वार्षिक लक्ष्यको आधारमा ११२ पतिशत लक्ष्य हासिल गरि नेपाल तेस्रो बेलौरी र वार्षिक लक्ष्य अनुपातमा सुदुरपशिम रिजन नेपाल दोस्रो हुन सफल भएकाले सम्मानित गरेको छ ।

लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको १८औँ वर्ष पूरा भएको छ । लोकतन्त्र स्थापनाको दिनलाई आधार मानेर हरेक वर्ष लोकतन्त्र दिवस मनाउने गरिएको छ । मंगलबार १८औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहाँनियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२, ६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि आजकै दिन निरंकुश राजतन्त्र ुसमाप्त भएको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गररेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।
२०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०६३ वैशाख ११ गते पुनस्थापित भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । ०६२, ०६३ को जनआन्दोलनले बनाएको मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्थापितको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । त्यही घोषणालाई आधार मान्दै लोकतन्त्र दिवस मनाउन थालिएको हो । त्यसैको जगमा संविधानसभाको गठन भई नयाँ संविधान जारी भएर मुलुक यहाँसम्म अघि बढेको हो ।
सुरुवातमा लोकतन्त्र दिवसमा सरकारले सार्वजनिक विदा नै दिने गरेको थियो भने विशेष उत्सवकारुपमा मनाउने गरिएको थियो । तर पछि गणतन्त्र दिवसलाई विशेषरुपमा मनाउने अभ्यास सुरु भएपछि लोकतन्त्र दिवस ओझेलमा पर्‍यो । यो वर्ष भने कतारी अमिरको नेपाल भ्रमणका कारण सरकारले मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

कतारका राजा आज अपराह्न नेपाल आउँदै, देश भर सार्वजनिक बिदा

Qatar's Emir, Sheikh Tamim bin Hamad al-Thani attends a meeting with Russia's President Vladimir Putin on the sidelines of the 6th summit of the Conference on Interaction and Confidence-building Measures in Asia (CICA), in Astana, Kazakhstan October 13, 2022. Sputnik/Vyacheslav Prokofyev/Pool via REUTERS

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी नृपाल आउन लागेका हुन् । उनको भ्रमणलाई लक्षित गरी सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

सुदूरपश्चिम सरकारबिरुद्ध परेको रिटमा अन्तरिम आदेश भएन

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेश गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै उनले आईतबार रिट दायर गरेका थिए । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दाबी पेश गर्न वैशाख २ गतेसम्म समय दिएका थिए ।
नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित वैशाख २ गते दाबी पेश गरेका थिए । नाउपा लक्ष्मणकिशोर र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीलाई अस्वीकार गर्दै फेरि २ दिनको समय दिएर सरकार बनाउन दाबी गर्न आह्वान गरेका थिए ।
दोस्रो चरणमा सोडारीले एमाले, माओवादी, नाउपाको रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले उनलाई वैशाख ६ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । उनको नियुक्तिविरुद्ध रिट दायर भएको थियो ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दायर गरेको पुनरावेदन निवदेनको सुनुवाई आज हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो । अदालतले यसअघि गत बैशाख ३ गते गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मगाउन आदेश दिएको थियो ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गरेपछि उनी उच्च अदालत पुगेका थिए ।

सिटिजन्स बैंकद्वारा विपन्न परिवारका विद्यार्थीलाई विद्यालय पोशाक वितरण

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शारदा माध्यामिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरुको पठनपाठनमा आउने कठिनाईहरुमा केही सहजता होस् भन्ने हेतुले बैंकले विद्यालय पोशाक प्रदान गरेको हो ।
विद्यालयमा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप विद्यार्थीहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थीहरु देशको भविष्यका कर्णधार भएका र उनीहरुलाई सानो भएपनि सहयोग गर्न पाउँदा आफुलाई धेरै खुशी महशुस भएको जनाए ।
संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

शेयर बजारमा १५.४१ अंकको गिरावट, कारोबार रकम दुई अर्ब

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ । हिजो दोहोरो अंकले बढेको बजार आज दोहारो अंकले नै ओरालो झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.४१ अंकले घटेको हो । ०.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६९.०२ अंकमा ओर्लिएको छ ।
आज म्यूचुअल फण्डबाहेक अरु राताम्मे भएका छन् । म्यूचुअल फण्ड ०.०५ प्रतिशतले बढ्दा सबैभन्दा बढी वित्त समूह २.१० प्रतिशतले घटेको हो ।
३२० कम्पनीका ५६ लाख ५६ हजार २ सय ८२ कित्ता शेयर किनेबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५.१९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
समग्रमा बजार घटे पनि पिपिल्स पावरका लगानीकर्ताले सबैभन्दा बढी ६.९१ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै दोल्ती पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.३७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड ५४ लाख ७९ हजार ३ सय ४७.२० रुपियाँ बराबरको कारोबार भएको छ ।
साताको पहिलो दिन हिजो आइतबार १२.२९ अंकले बजार बढ्दा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६.८९ रुपियाँ बराबरको कारोबार भएको थियो ।

तुलसीपुरमा मूर्ति र घण्टी चोर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा मन्दिरको मूर्ति र घण्टी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुलाई दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लिीकोटमा रहेको कालिका–मालिका मन्दिरमा माताको भेषमा गएर मूर्ति चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनीहरुले हिजो आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी गरेका थिए । तीनै जनाले आफूहरु माता रहेको र भगवानले दिएको भन्दै मूर्ति र घण्टी ल्याएको दाबी गरेका छन् । उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।।

क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा उच्च अदालतमा पेशी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेशी तोकिएको छ ।
अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाइ छ । त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो ।
न्यायाधीशले मुद्दा आफूबाट पन्छाउने चेष्टा नगरेमा यसै साता फैसला आउन सक्ने जनाईएको छ ।
जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जवरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो ।
अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९, ०८० को उमेर, प्रतिवादी लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दै सजाय तोकेको थियो ।

उपनिर्वाचनमा १ हजार ७ सय कर्मचारी खटाइने

काठमाडौं । वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब १ हजार ७ सय कर्मचारी खटाइने भएको छ ।
निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ ।
उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् ।
मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने आयोगले जानकारी दिएको छ ।
प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने छन् । उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...