Page 6

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाले सुनुवाइ पुरा नभएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखेको जानकारी दिईएको छ ।
निलम्बित सचिव टेकनारायण पाण्डेसहितका प्रतिवादीहरूले पाटन उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।
पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट पनि दर्ता गराएका छन् ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसभाषद् आङटावा शेर्पा, डा. इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्चको आदेशविरुद्ध सर्वोच्चमा अपिल गरेका हुन् ।

विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई फर्काउन प्रयास भइरहेको प्रधानमन्त्रीको दाबी

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको दाबी गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे ।
“सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ, प्रधानमन्त्री दाहालले भने,उक्त घटनामा परेर ज्यान गुमाउने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु । उनका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”
उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उल्लेख गरे ।
“अझै पनि एकजना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्,” प्रधानमन्त्री दाहालले भने, “उनलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ ।
सिटिजन्स बैंकमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झौता भएको छ ।
भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले २० हजार देखी २ लाख ५० हजार रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन ।
भर्चुअल क्रेडिट कार्ड कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ई.एम.आइ को सुबिधा पनि रहेको छ ।
बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधि भित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ । उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० देखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ ।
भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो । ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहक महानुभावहरुलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको छ ।
बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

शेयर बजारमा १२.२९ अंकको सुधार, सवा २ अर्बको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर घटिरहेको शेयर बजार साताको पहिलो दिन आज भने दोहोरो अंकले उकालो चढेको हो ।
नेप्से उचालिए पनि कारोबार रकम भने सवा २ अर्बमा समेटिएको छ ।
आज बजार १२.२९ अंकले बढेको हो । ०.६२ प्रतिशतले बजार बढ्दा नेप्से १९८४.४३ अंकमा उक्लिएको छ ।
बजार बढेको दिन बैंकिङ र म्युचुअल फण्डबाहेक अरुमा हरियालीस् छाएको छ ।
नेप्सेका अनुसार आज ३१० कम्पनीका ६३ लाख ९३ हजार २ सय ४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६.८९ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज दोल्ती पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.८८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा कम ७.४६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड २१ लाख ३७ हजार २ सय २७.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने राष्ट्रपतिको धारणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने धारणा व्यक्त गरेका छन ।
२६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न अनुरोध गरे ।
‘सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास छ ।’ राष्ट्रपति पौडेलद्वारा जारी शुभकामनामा भनिएको छ ।
उनले सम्पूर्ण नेपाली जैन धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन ।
हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ ।
महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए ।
नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

 

एमाले प्रतिनिधि परिषद्मा पेस भएका प्रतिवेदनमा आज समूहगत छलफल हुने

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा शनिबार पेस भएका प्रतिवेदनमाथि आज समूहगत छलफल हुँदैछ । प्रतिवेदन पारित गरेर बैठक आजै सक्ने तालिका रहेको जानकारी दिईएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुने जनाईएको छ ।
बैठकबाट वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना छलफलसहित पारित गराउने तयारी रहेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको छ ।
परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् । भोलि सोमबार नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा सम्मानलगायत विशेष कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने चेतावनी दिएका छन्।
इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो कोहीलाई कडा कारबाही गरिने जानकारी दिए।
उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टा भित्र कारबाही गर्ने जनाए। ‘मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ। यदि कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला,’ उनले भने, ‘२४ घण्टा भित्र त्यसलाई कारबाही गर्छौं।’
गृहमन्त्री लामिछानेले गाउँगाउँमा पैसा बाँड्दै हिँडेर इलामको भविष्य किन्न खोज्नेलाई सार्वजनिक गरेर आम नागरिकसामु चिनाउने जनाए। ‘सुरक्षाकर्मी साथीहरू यही हुनुहुन्छ। चोकचोकमा खटिएर नागरिकलाई सचेत गराउनुहोला। पैसाको पोको बोकेर गाउँ छिर्नेलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाइदिनुहोला,’ उनले सुरुक्षाकर्मीलाई निर्देशन दिँदै भने।
लामिछानेले आफ्नो पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको उल्लेख गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको जानकारी दिए।
रास्वपाले इलाम २ मा पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ। रास्वपाको टोली अहिले चुनावी घरदैलोमा छ। यही वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ।

नेपाल हङकङसँग पराजित, इमर्जिङ कपमा छनोट हुन असफल

काठमाडौं । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा हङकङले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाएका थिए ।
त्यसैगरी हङकङका बलर आयुष सुक्लाले सर्वाधिक ३ विकेट लिए भने अत्तिक इकवाल, यासिम मुर्तजा र एहसान खानले एकएक विकेट लिएका थिए ।
यो जितसँगै हङकङ आगामी इमर्जिङ टिम्स एशिया कपका लागि छनोट भएको छ । इमर्जिङ टिम्स एशिया कपमा ओमान, युएई र हङकङ छनोट भएको छ ।
एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन रहेको नेपाल भने यस प्रतियोगितामा चौथो रहँदै एशिया कप र इमर्जिङ टिम्स एशिया कप दुवैमा छनोट हुन असफल भएको छ ।

माछा मार्ने क्रममा डुबेर गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
सत्यवती गाउँपालिका ६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरलले जानकारी दिए ।
शुक्रबार दिउँसो माछा मार्न बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिउको छ ।
घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापा नेतृत्वको टोली खटिएको जनाईएको छ ।

 

सिटिजन्स बैंक १८औं वर्षमाः १७ लाख २४ हजार ग्राहक, कूल निक्षेप १ खर्ब ८४ अर्ब

काठमाडौं । सिटिजन्स बैंक आजदेखि १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६४ साल वैशाख ७ गते २०औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत सेवा पुर्याँउदै आएको बैंक आज वैशाख ७ गते देखि १८औं वर्षमा प्रवेश गरेको हो ।
१७ वर्षको अवधिमा बैंकले करिव १७ लाख २४ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ । ​सातवटै प्रदेशमा फैलिएको १९० वटा शाखाहरु मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिब १ खर्ब ८४ अर्ब रहेकोमा कर्जातर्फ १ खर्ब ५६ अर्व रहेको छ र यसै अवधिमा बैंकले करिब १ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले १७औं वार्षिकोत्सवको अवसरमा आज बिहानै सातवटै प्रदेशमा करिव १०५३ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा सातवटै प्रदेशका कूल २५ शाखाहरुबाट करिब ६८४ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
साथै यसै अवसरमा मधेश प्रदेश अन्तर्गत वीरगन्ज शाखा र लुम्बिनी प्रदेश अन्तर्गत बुटवल शाखाले निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेका छन् । शिविरमा करीब ३०० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधीहरु समेत निःशुल्क प्राप्त गरेका छन् । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स स्मार्ट बचत खातालाई १७ थरि आकर्षक सुविधाहरु थप गरेर ग्राहकहरुमाझ ल्याएको छ ।
अब ग्राहकहरुले यो योजना अन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधाहरु निश्चित समयको लागि प्राप्त गर्न सक्ने छन् । बैंकले बचत सम्बन्धी विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरता सम्बन्धी एक भिडियो सामग्री समेत आफ्नो १७औं वार्षिकोत्सवको दिन सार्वजनिक गरेको छ ।
ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले आफ्नो थप ६ वटा शाखाहरुबाट ‘प्रिभिलेज काउन्टरू’ समेत सुरुवात गरको छ । काठमाडौं उपत्यका भित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्यूरोड शाखामा र उपत्यका बाहिर बुटवल र हस्पिटललाइन शाखामा वैशाख ७ गतेबाट प्रिभिलेज काउन्टर सुचारु भएको छ । साथै १७औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको मूख्य प्रायोजनमा १० सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता वैशाख ९ देखी १५ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको छ ।
बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आनो सेवा प्रदान गर्दै आएको यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...