काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनिबार काठमाडौंमा क्याफ्टिङ लिडरसिप कार्यक्रम काठमाडौं उपत्यकामा सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा ७०० भन्दा बढी अभिकर्ताहरूले सहभागिता जनाएको कम्पनीले जानकारी दिएको । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईंले अभिकर्ताहरूको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न ऊर्जा प्रदान गरेका थिए ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले अभिकर्ताहरुलाई आफ्नो पेसामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सधँ सहजीकरण गर्ने जानकारी दिए ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक तथा नेसनल सेल्स हेड सोनबहादुर मगरले स्वागत मन्तव्य राख्दै जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि भएको जनाए ।
त्यसैले आफ्नो पेसामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखी कार्य गर्न महाप्रबन्धक मगरले भने ।
प्रभु महालक्ष्मीको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न
नबिल बैंकको २६८औं शाखा दैलेखको दुल्लूमा
काठमाडौं । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो २६८औं शाखा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा विस्तार गरेको छ । दुल्लू नगरपालिकामा निजी क्षेत्रको बैंकको यो पहिलो शाखा हो ।
दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लू शाखाको उद्घाटन गरिएको नबिल बैंकले जानकारी दिएको छ । देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार गर्दै आएको छ ।
दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजालले बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने जनाए । ‘देशकै अग्रणी बैंकले हाम्रो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रुपमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो निकै खुसीको कुरा हो । यहाँको जनताको वित्तीय पहुँच बढाउन र यहाँ उद्यम व्यवसाय विस्तार गर्न यस शाखाले ठुलो सहयोग पुग्ने विश्वास लिएको छु,’ रिजालले भने ।
नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले ऐतिहासिक महत्व बोकेको दुल्लु क्षेत्रमा नयाँ शाखा सञ्चालमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे । ज्ञवालीले बैंकले डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिए ।
बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।
डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आइतबार भएको डढेलो र आगलागी सम्बन्धी आपतकालीन बैठकमा उनले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुन अनुसार कारबाही गर्न निर्देशन दिएका हुन्।
मन्त्री लामिछानेले गृह मातहतका निकाय र सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भने, ‘केही मान्छेका कारण आगलागीले वन र बस्ती सखाप भइरहेको छ। आगलागीले विपद्कै रुप लिइसक्यो तर आगो लगाउनेको अक्सर पहिचान हुँदैन। पहिचान भएका पनि कानुन मातहत आएका छैनन् होला। वनमा आगो लगाउनु अपराध हो। अपराध गर्नेलाई कानुन अनुसार कारबाही हुनुपर्छ। त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नुहोला।’
आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ थियो। उनले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालय लगायतलाई दिन पनि अनुरोध गरेका छन्।
विपद् नै पिच्छे स्रोत–साधनको अभाव देखाएर गर्न सकिने सामान्य काम पनि नगर्ने प्रवृत्ति रहेकातर्फ सङ्केत गर्दै मन्त्री लामिछानेले नागरिकको ज्यान बचाउन राज्यले स्रोत–साधनको अभाव देखाउन नहुने जानकारी दिए। स्रोत–साधन अपुग रहे पनि भएकाको उच्चतम सदुपयोग गर्न, कार्ययोजना बनाएर अगाडि बढ्न, जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न निर्देशन पनि दिए।
नीति, कानुन र व्यावहारिक कठिनाइ भए फुकाउन आफूले नेतृत्व लिने भन्दै मन्त्री लामिछानेले डढेलो लगायत विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई पनि स्रोत–साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए।
छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले १० बुँदे कार्ययोजना प्रस्तुत गर्दै ‘एकीकृत कमान्ड सेन्टर’ स्थापना आवश्यक रहेको जानकारी दिएका थिए।
दुई महिनायता आगलागीका घटनामा परी ५० जनाको ज्यान गएको, एक सय ४० जना घाइते भएको तथा एक हजारभन्दा बढी घर पूर्णरुपमा नष्ट भएको प्राधिकरणले जानकारी दिएको छ।
यही वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले पारित गरेको ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१’ अनुसार आगलागी पीडितले पनि अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी रु ५० हजार अनुदान पाउनेछन्।
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संसदबाट विश्वासको मत पाएका छन ।
मुख्यमन्त्री अधिकारीको विश्वासको मतको पक्षमा ३० सांसदले मत दिएका छन ।
यस्तै, मुख्यमन्त्रीको विपक्षमा विपक्षमा २७ र २ जना सांसद तटस्थ बसेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरेका हुन ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोग ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा वैशाख १६ गते मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो ।
त्यसअघि, वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ) को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ) लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।
काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ०लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरु भइसकेको छ ।
उच्च अदालतले यसअघि पीडित गौशाला २६ ९छ) को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट पनि गौशाला २६ (छ) को जन्मदर्ता झिकाउन तीनपटकसम्म आदेश भएको थियो । एकपटक पीडित गौशाला २६ (छ)की आमाको समेत जन्मदर्ता झिकाउने आदेश काठमाडौं जिल्ला अदालतबाट भएको थियो ।
उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनलाई १२ वर्षभन्दा बढी जेल सजाय हुनेछ । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोगमुक्त हुनेछन् ।
तर, उच्च अदालतले जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्षमा पुर्पक्षको अवधि कटाएर पूरा समय जेल बस्नुपर्नेछ । जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
काठमाण्डौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्री नियुक्ति भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार उनले आज विश्वासको मत लिने तयारी गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
उनी गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सरकार गठनमा सभामुखलाई गणना गर्दै चैत २५ मा खगराज गण्डकीको मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च पुगेका थिए ।
उनको रिटलाई खारेज गर्दै सर्वोच्चले मुख्यमन्त्री खगराजको पद थमौती गरेको थियो । ६० सदस्यीय गण्डकीमा विश्वासको मतका लागि संविधानअनुरुप ३१ सांसद आवश्यक पर्छ ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन उनको दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले ह्वीप जारी गरेका छन् । विश्वासको मत लिनुभन्दा अघिल्लो दिन शनिबार बसेको ती पार्टीहरूको संसदीय दलको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेका हुन् ।
अधिकारीलाई २ सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने समर्थन नगर्ने संकेत गरेको छ । यो अवस्थामा विश्वासको मत पाउन सकस देखिन्छ ।
आज जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपाल आउँदै
काठमाडौं । आज जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा यहाँ आउँदै छन ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेको जनाईएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमाा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।
जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ । हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका जनाईएको छ ।
मुलुकको समृद्धिका लागि एमाले सरकार आवश्यक रहेको ओलीको दाबी
रसुवा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले
मुलुकको समृद्धिका लागि एमाले सरकार आवश्यक रहेको ओलीको दाबी गरेका छन । आफूले सरकारको नेतृत्व गरेको समयमा थालेको अधुरा योजना पूरा गर्न अबको निर्वाचनमा एमालेले देशको नेतृत्व लिने र यसका लागि मिसन ८४ को अभियान सुरु भएको जानकारी दिए ।
गोसाइकुण्ड केबुलकार चल्छ र चलाउने जनाउँदै अध्यक्ष ओलीले टनेल तथा केरुङ काठमाण्डौ रक्सौल रेलमार्गको अवधारणा पूरा गर्ने जनाए ।
एमाले रसुवाको ९औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले स्थानीय सरकारले युवालाई अवसर प्रदान गर्नुपर्ने र युवाहरुलाई सामाजिक विकृति र विसंगती अन्त्य गरी सभ्य समाज निर्माणमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती तथा एमाले नेताहरु सहभागी थिए । अध्यक्ष ओली तथा रक्षामन्त्री उप्रेतीले धार्मिक पर्यटकीय क्षेत्र गोसाइकुण्डको भ्रमण सकेर अधिवेशन उद्घाटन गरेका थिए । अध्यक्ष ओलीलाई स्थानीयसहित पार्टीका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
अधिवेशनमा पार्टीमा योगदान गर्ने नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा पाँचवटै गाउँपालिकाबाट साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
जिल्ला उपाध्यक्ष तथा अधिवेशन प्रचार प्रसार कमिटीका संयोजक डिल्ली सुवेदीका अनुसार गत १५ गते जिल्लाभरका वडा कमिटी र जनवर्गीय संगठनबाट अधिवेशन प्रतिनिधि छानिएका थिए । जिल्लाभर कुल ३ हजार १ सय ९ जना सदस्य रहेका छन् । पाँचवटै पालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिशत, महिला ३३ प्रतिशत गरी अधिवेशनमा ३ सय ९० जना प्रतिनिधि मतदाता सहभागी भएको जिल्ला सचिव जनार्दन ढकालले जानकारी दिए ।
बन्द सत्र भने भोलि मात्र सुरु हुने जनाईएको छ ।
नेसनल आईसिटी अवार्ड २०२४׃ प्राइभेट सेक्टर–प्रोभिन्सियलबाट डायनामिक टेक्नोसफ्ट सम्मानित
काठमाडौं । नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर–प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ ।
नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) प्रदान गरेको हो ।
वीरगंजमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड दिइएको छ ।
सन् २०१०मा स्थापना भएको कम्पनीले नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि आफ्नो सेवाहरूका साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु दिँदै आएको छ । कम्पनीको मुख्य कार्यालय वीरगञ्जमा छ । काठमाडौँको बानेश्वरमा कर्पोरेट हाउस सञ्चालन छ । यस्तै इटहरी, बुटवल, पोखरामा र जनकपुरमा कम्पनीले शाखा विस्तार गरि सकेको छ । कम्पनीको ट्रेडिङ बिजनेश पनि सञ्चालनमा छ ।
डाइनामिक गु्रप अन्तर्गतका कम्पनीहरु लाई नेपाल भारतको बजारमा मात्र सिमित नराखेर अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको कम्पनीका सञ्चालक तथा सीईओ दिपक साहले बताए । तत्काल भुटान, बङलादेश लगायतका एशियाली मुलुकमा कम्पनीको शाखा विस्तार गर्ने योजना रहेको साहले जानकारी दिए ।
डाइनामिक टेकनोसफ्ट प्रालिमार्फत हाल चार वटा सफ्टवेयर प्रोडक्ट बजारमा उपलब्ध छन् । कम्पनीले स्कुल कलेज व्यवस्थापनको लागि डाइनामिक एकेडेमिक इआरपी, व्यवसायीक अफिस म्यानेजमेन्ड र विभिन्न संघसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर डेभलपमेण्ट गर्छ ।
कम्पनीले विकास गरेका सफ्टवेयर ठूला व्यावसायिक घराना, उद्योग, हस्पिटल, विभिन्न व्यवसायी संघसस्था र स्कुलहरूले प्रयोग गरिरहेका छन् । विभिन्न संघसस्था र स्कुल कलेजहरू गरी अहिले कम्पनीसँग नियमति सेवाग्राही करिब दुई हजार बढी छन् । डाइनामिक ग्रुपले वार्षिक १५ करोड रुपैयाँको कारोबार गर्छ भने २ सय बढीलाई रोजगारी दिएको छ ।
विद्यालयलाई डिजिटलाइज गर्ने ध्येयका साथ कम्पनिले डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एपको विकास गरेर देशभरका एक हजारभन्दा बढी विद्यालयहरुलाई समेत सेवा दिइरहेका छ ।
वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गर्दै नेपालको सानदार जीत
काठमाण्डौं । टी–२० श्रृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गर्दै नेपालले सानदार जितेको छ ।
टीयू क्रिकेट मैदानमा वेस्टइन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले १८।५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको छ ।
नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले । शेख र शाहले क्रमशः ५१ र ५८ रन बनाए । कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै खेलको सुखद अन्त्य गरेका छन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।
वेस्टइन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हाने । कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।
नेपालका सोमपाल कामी र सागर ढकालले ३,३ विकेट लिएका छन् ।
नेपालको १५ सदस्यीय टोली शनिबार साँझ नै विश्वकपका लागि अमेरिका उड्नेछ ।