Page 3

आफ्ना समर्थकहरुको ठाउँमा बजेट यथेष्ठ विजियोजन भाएको पूर्वअर्थमन्त्री महतको आरोप

;~rf/sdL{;Fu k"j{ cy{dGqL 8f dxt sf7df8f}F, !% h]7M ;ª3Lo ;+;bsf] b'j} ;bg k|ltlglw;ef / /fli6«o;efsf] ;+o'Qm a}7sdf dªunaf/ cy{dGqL jif{dfg k'gn] k|:t't ug'{ ePsf] cfj @)*!÷*@ sf] jflif{s cg'dflgt ah]6af/] ;~rf/sdL{nfO{ k|ltlqmof lbFb} k"j{ cy{dGqL 8f k|sfzz/0f dxt . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको जानकारी दिएका छन ।
मंगलबार संसद भवन परिसरमा बजेट प्रस्तुत गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विनियोजनको कुरा गर्दा प्राथमिकताको कुरा नछुट्याइएको जनाए ।
उनले भने, ‘करका कस्ता कस्ता प्रावधान छन्, केके ठाउँमा हटाइएको छ वा थपिएको छ । त्यसलाई समग्र रुपमा हेरिसकेपछि निस्कर्षमा पुग्न सकिन्छ । तर समग्रमा विनियोजनको कुरा गर्दा उहाँहरुले प्राथमिकताको कुरा गर्नुभएको छैन । ‘
उनले अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैरप्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने कुराहरु नरहेको जनाए । उनले आफ्ना समर्थकहरुको ठाउँमा बजेट यथेष्ठ विजियोजन भएको आरोप लगाए । उनले अर्थमन्त्रीको कार्यशैलीबाट नेपालमा उत्पादन बढ्ने, लगानी आउने परिवेश नरहेको जानकारी दिए ।
सांसद महतले धेरै सुधारका कार्यक्रम र बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने बाटोलाई अवरुद्ध गरेको जनाए ।
उनले भने, ‘अर्थमन्त्रीको कार्यशैलीबाट यहाँ उत्पादन बढ्ने, लगानी आउने परिवेश देखिरहेको छैन । बजेटमा धेरै विषयवस्तु छुने कोशिष गरिएको छ तर निश्चित रुपमा त्यसबाट परिणाम आउने देख्दिन ।’

बजेट सन्तुलित भएको स्वर्णिम वाग्लेको घारणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थशास्त्री स्वर्णिम वाग्लेले बजेट मध्यपन्थी भएको जानकारी दिएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१, ८२ को बजेट प्रस्तुत गरेपछि संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले बजेट गैरजिम्मेवार नभई सन्तुलित भएको धारणा व्यक्त गरे ।
‘बजेट मध्यपन्थी छ । जुन बजारमा आकार ह्वात्तै बढ्ला भन्ने थियो, त्यसमा सम्हालिएको छ, तर गैरजिम्मेवार छैन, सन्तुलित छ’, उनले भने ।
वाग्लेले बजेटको आकार भने ठूलो बनाएको बताए । १२ खर्ब ६० अर्ब राजस्व उठाउने लक्ष्य राखिएकामा १८ खर्ब ६० अर्बको बजेट ल्याउँदा धेरै रकम ऋण लिने उद्देश्य राखिएको उनको भनाइ छ ।
‘यसलाई अर्थमन्त्रीले भनेजस्तो योजना बनाएर दशैंअघि नै कार्यान्वयनमा जान सक्ने र पुरानो रोग चिर्न सक्नुभयो भने कार्यान्वयनमा जाने आधार छ’, उनले भने ।
तर ३ खर्ब ३० अर्बको आन्तरिक ऋण र २ खर्ब १७ अर्ब विदेशी ऋण भने धेरै भएको उनले जानकारी दिए । बजेटमा उल्लेख गरिएको ऋण कुल ग्रार्हस्थ्य उत्पादनको ९ प्रतिशत रहेको भन्दै उनले ५ प्रतिशत भन्दा माथि जान नहुने धारणा राखे । ‘यति हुँदाहुँदै पनि ऋणको रकमबाट आर्थिक वृद्धि भयो भने तिर्न सकिन्छ’, उनले भने ।
सरकारले धेरै आन्तरिक ऋण उठाउँदा निजी उद्यमीले सहज रुपमा ऋण नपाउने, बैंकमा तरलता बढ्ने र ब्याजदरमा पनि चाप पर्ने वाग्लेले जनाए ।

पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो।
बजेटसँगै संसदमा टेवुल हुने भएकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना बनाएर राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गर्ने गरेको छ। आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमता अनुसार नै बजेट विनियोजन गर्ने गरी सुनिश्चित गरिएको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादम्यता नमिलेको गुनासो आउने गरेको भन्दै यस वर्ष त्यस्तो नहुने जानकारी दिए। कसरी हुन्छ नीति तथा कार्यक्रममा मिल्ने गरी जनमुखी बजेट निर्माणका लागि आफूले भनेको र सोही स्प्रिटमा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको प्रधानमन्त्री दाहालले जनाए।
बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित, आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, मूख्यसचिव बैकुण्ठ अर्याल, तथा आयोगका सदस्य र सदस्य सचिव लगायतको उपस्थिति रहेको थियो।

बजेट भाषण गर्ने समय २ घण्टपछि सर्‍यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१, ०८२ का लागि सरकारले बजेट वक्तव्य संयुक्त सदनको बैठक पेश गर्ने समय सरेको छ । यसअघि संयुक्त संसदको बैठक १ बजेका लागि बोलाइएको थियो ।
अहिले त्यो समय समयलाई २ घन्टा पछि सारेर तीन बजे पुर्याइएको छ । संयुक्त बैठक बस्नुअघि मध्यान्न २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषदबाट बजेट पारित गरेर ३ बजे संयुक्त बैठकमा पेश गरिने भएको छ ।
मन्त्रिपरिषद् बस्नुअघि बजेटका बारेमा अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपतिलाई जानकारी गराउने छन् । पुनले ३ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यसूची तय भइसकेको छ ।
नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र सङ्घीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ ।
यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ । राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते सङ्घीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

 

रजस्वला हुँदा चार दिन महिला ट्राफिकलाई बिदा दिने गृहमन्त्रीको घोषणा

काठमाडौं । महिलालाई ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिइने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सानो प्रयास भन्दै महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिने जानकारी दिएका हुन् ।
रजस्वलाको समयमा महिला ट्राफिकलाई बिदा दिँदा उनीहरूको सट्टा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने गृहमन्त्री लामिछानेले जानकारी दिए ।
“गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास, अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा डिउटी गर्नुपर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ,” गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । सोमवार चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई यो अवार्डले सम्मान गरेका हुन् । आईसीटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले पुर्‍याएको योगदानलाई कदर गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुन् । प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका उनले इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गरेका छन् ।
अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन् । उनका राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकाहरूमा दर्जनौं लेख तथा अन्तर्वार्ता प्रकाशित छन् ।
त्यस्तै साइबर सुरक्षाको शिक्षा र जागरूकता बढाउने गरी उनी देशभरि आयोजित गरिएका ५०० भन्दा बढी कार्यक्रममा सक्रिय सहभागी भएका छन् ।
क्यान महासंघमा महासचिवको भूमिकाका अतिरिक्त अधिकारी नेपालको आईसीटी क्षेत्रका केही प्रमुख संस्थाहरूका प्रेरणादायी व्यक्तित्व समेत हुन् । उनी इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट) र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई) का संस्थापक अध्यक्ष हुन् ।
त्यसैगरी, उनी नेपालको चर्चित साइबर सुरक्षा कम्पनी वनकभर प्राइभेट लिमिडेटका प्रबन्ध निर्देशक पनि हुन् । त्यस्तै उनी सफ्टवेयर कलेज अफ आईटी एन्ड ईकमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट जस्ता शैक्षिक संस्थाहरूमा शिक्षण भूमिमा समेत रहेका छन् ।
आईसीटी एक्सिेलेन्स अवार्ड २०२४ बाट सम्मानित भएपछि अधिकारीले यो क्षेत्रमा अझ सक्रिय भएर लाग्न थप प्रोत्साहन मिलेको जनाएका छन् ।

कांग्रेस संसदीय दलको बैठक ११ बजे बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको जानकारी दिए ।
कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले आज बजेट ल्याउन लागेको सन्दर्भमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

आज सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाण्डौं । सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाको सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगि प्रकरणको संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरिरहेकाले संसदमा बजेट कसरी प्रस्तुत हुन्छ भन्ने स्पष्ट रहेको छैन । दलहरुबीच अहिले पनि संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको छ ।

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्युको ट्रेलर सार्वजनिक

काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्यु को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ ।
१३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुन ः प्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ ।
चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो चलचित्रमा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन । ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई , विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत देख्न सकिन्छ ।
रोशन राई निर्माता रहेको चलचित्र प्रशान्त रसाईलीको निर्देशन बनेको हो। चलचित्रलाई देवजंग थापाले पुन सम्पादन गरेका हुन् ।

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग बापतको बीमा दावी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा दाबि भुक्तानी गरेको छ ।
कम्पनीले बीमित अमृता सुनारको २ लाखको जीवन बीमा गरे बापत दुबै मृर्गौला फेल भई निरन्तर डाईलोसिस गर्नु पर्ने भएपछि २ लाख घातक रोग बीमा दाबि भुक्तान गरेको हो ।
बीमित सुनारको घर खजुरा गाउपालिका –२ , एल गाउँ पुगेर २ लाख रूपैयाको चेक कम्पनीका क्षेत्रीय प्रबन्धक दिपक कुमार वलि मार्फत हस्तान्तरण गरेको हो ।
कार्यक्रममा कम्पनीको खजुरा उपशाखा प्रमुख भिममाया बिक, एमडिआरटी एजेन्सी झलक कुमार चन्द, एजेन्सी मेनेजर कृष्णराज अर्याल, एजेन्सी अमृता रोका मगर सहित स्थानीय ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...