आफ्ना समर्थकहरुको ठाउँमा बजेट यथेष्ठ विजियोजन भाएको पूर्वअर्थमन्त्री महतको आरोप

;~rf/sdL{;Fu k"j{ cy{dGqL 8f dxt sf7df8f}F, !% h]7M ;ª3Lo ;+;bsf] b'j} ;bg k|ltlglw;ef / /fli6«o;efsf] ;+o'Qm a}7sdf dªunaf/ cy{dGqL jif{dfg k'gn] k|:t't ug'{ ePsf] cfj @)*!÷*@ sf] jflif{s cg'dflgt ah]6af/] ;~rf/sdL{nfO{ k|ltlqmof lbFb} k"j{ cy{dGqL 8f k|sfzz/0f dxt . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको जानकारी दिएका छन ।
मंगलबार संसद भवन परिसरमा बजेट प्रस्तुत गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विनियोजनको कुरा गर्दा प्राथमिकताको कुरा नछुट्याइएको जनाए ।
उनले भने, ‘करका कस्ता कस्ता प्रावधान छन्, केके ठाउँमा हटाइएको छ वा थपिएको छ । त्यसलाई समग्र रुपमा हेरिसकेपछि निस्कर्षमा पुग्न सकिन्छ । तर समग्रमा विनियोजनको कुरा गर्दा उहाँहरुले प्राथमिकताको कुरा गर्नुभएको छैन । ‘
उनले अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैरप्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने कुराहरु नरहेको जनाए । उनले आफ्ना समर्थकहरुको ठाउँमा बजेट यथेष्ठ विजियोजन भएको आरोप लगाए । उनले अर्थमन्त्रीको कार्यशैलीबाट नेपालमा उत्पादन बढ्ने, लगानी आउने परिवेश नरहेको जानकारी दिए ।
सांसद महतले धेरै सुधारका कार्यक्रम र बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने बाटोलाई अवरुद्ध गरेको जनाए ।
उनले भने, ‘अर्थमन्त्रीको कार्यशैलीबाट यहाँ उत्पादन बढ्ने, लगानी आउने परिवेश देखिरहेको छैन । बजेटमा धेरै विषयवस्तु छुने कोशिष गरिएको छ तर निश्चित रुपमा त्यसबाट परिणाम आउने देख्दिन ।’

LEAVE A REPLY