Page 7

आज २५६८ औँ बुद्ध जयन्ती मनाइँदै

काठमाण्डौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदैछ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

कर्मचारी संगठनको महाप्रबन्धक श्रेष्ठलाई शुभकामना

काठमाडौं । नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा संस्थानकै बरिष्ठ कर्मचारी त्रिदिप श्रेष्ठलाई खानेपानी मन्त्रालयले नियुक्ति गरेपछि संस्थानको क्रियाशिल नेपाल खानेपानी संस्थान कर्मचारी संगठन खुसि व्यक्त गरेको छ ।
उक्त संगठनले महाप्रबन्धकलाई बधाई दिर्दै केहि संस्थानका कर्मचारीहरुको माग समेत अगाडि सारेको छ । संगठनका अध्यक्ष समिर पण्डितले हस्ताक्षर गरेको बधाई ज्ञापन पत्रमा भनिएको छ, “सर्वप्रथम त २०८१।०२।०८ गते देखि रिक्त हुन गएको महाप्रबन्धक पदमा (मा. मन्त्रीस्तरको) निर्णयानुसार अर्को व्यवस्था नभए सम्मका लागि महाप्रबन्धकले प्रयोग गर्ने आर्थिक तथा प्रशासनिक अधिकार सहित निमित्त महाप्रबन्धक पदमा नियुक्त हुनु भएकोमा नेपाल खानेपानी संस्थान कर्मचारी संगठन केन्द्रिय समितिको तफबाट हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।”
साथै उक्त बधाई पत्रमा, “तपाईको कार्यकालमा संस्थानमा विद्यमान रहेका समस्याहरु संस्थान रहनेरनरहने, कर्मचारी सेवा शर्त सम्बन्धि विनियमावली, महशुल वृद्धि, करार कर्मचारीको स्थायित्व एवं सेवा सुरक्षाको ग्यारेण्टी, सामाजिक सुरक्षा कोष कट्टी, स्थायी कर्मचारीको वृत्ति विकास तथा दक्ष जनशक्ति स्थायी पदपूर्ति प्रकृया लगायत सम्पूर्ण समस्याको समाधान हुने अपेक्षा लिएका छौं” भनिएको छ ।
संगठनले भनेको छ, “कसैलाई काखारपाखा नगरी सामुहिक नेतृत्व विकास, सह अस्तित्व र आर्थिक पारदर्शिता तपाँईको मूल मन्त्र हुनेछ भन्ने विश्वास लिएका छौं । संस्थागत सुधार र आम कर्मचारीहरुको मनोबल उच्च पार्न आफ्नो सिप, क्षमता, योग्यता र लामो अनुभवको भरपुर सदुपयोग गर्न सदैव प्रेरित हुनुहुनेछ भन्ने विश्वासका साथ यी तमाम विषयहरुमा हाम्रो संगठनको भुमिकाको रुपमा रहने र राम्रा कार्यको समर्थन तथा नराम्रा कार्यको विरोध गर्दै सहकार्य गर्न प्रतिवद्ध रहेको जानकारी समेत गराएर उनलाई सचेत हुन चेतवानी समेत दिएको छ ।
अन्तमा संगठनले तपाईको कार्यकालको पूर्ण सफलताको कामना समेत व्यक्त गरेको छ ।

गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा दिनमणि पोखरेल विरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बुधबार यस्तो आदेश गरेको हो।
महान्यायाधिवक्ता कार्यालयले वैशाख २४ गते गृहमन्त्री लामिछानेको सहकारी ठगी सम्बन्धमा कुनै पनि कार्यालयमा अनुसन्धान अभियोजन र अनुसन्धान नभएको भनी पत्र दिएको थियो।
अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए।
गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ हुने आदेश गरेको थियो।
न्यायाधीश ढुङ्गानाको एकल इजलासले यसअघि दरपिठ गर्ने निर्णय मिलेको नदेखिएको भन्दै दर्ताका लागि आदेश दिएपछि उक्त पत्रको न्यायिक परीक्षण हुने भएको छ।
सर्वोच्च अदालतको यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता गर्न बाटो खुलेको छ।

कैलाश सिरोहिया चाँडै छुटने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया चाँडै छुट्ने दाबी गरेका छन ।
सिरोहिया पक्राउ परेपछि विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पाँचबुँदे पत्र बुझाएपछि उनको यो प्रतिक्रिया आएको हो । उनले सञ्चारकर्मीहरुको पत्रलाई सकारात्मक रुपमा लिएको जानकारी दिए।
उनले सञ्चारकर्मीहरुको पत्रलाई सकारात्मक रुपमा लिएको भन्दै कैलाश सिरोहिया छिट्टै छुट्ने प्रतिक्रिया दिए । यसअघि प्रचण्डले चन्द्रागिरीमा भएको एक कार्यक्रममा बिहान अदालत आफूले बुझेको भन्दै सिरोहिया छुट्ने दाबी गरेका थिए ।
पछिल्लो घटनाक्रमलाई जोडेर मिडियाका सम्पादकहरुले प्रचण्डलाई संयुक्त पत्र लेखेका हुन् । पत्रमा सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको घटनालाई प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएको उल्लेख गरिएको छ ।
गृहमन्त्री रवि लामिछानेले मिडियामाथि आफ्ना गल्ती लुकाउन शत्रुभाव देखाएकोसमेत पत्रमा उल्लेख गरिएको छ ।

 

प्रभु बैंकका कर्मचारीलाई होटल सरोवर र किङ्स लाउन्जमा छुट

पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रालि र किङ्स लाउन्ज पोखराले प्रभु बैंकका कर्मचारी, ग्राहक र कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुट दिने भएका छन् । मंगलबार छुट्टाछुट्टै समारोहमा प्रभु बैंकसहित तीन कम्पनीबीच विशेष छुटको सम्झौता भएको हो ।
नयाँ सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा आवास, खाना, मनोरञ्जन सभाहल र पौडी लगायतका सेवाहरुमा विशेष छुट पाउने भएका छन् । यस्तै किङस लाउन्ज पोखरामा पनि उपलब्ध खाना, नास्ता तथा मनोरञ्जन सुविधामा विशेष छुट दिइने सम्झौता भएको छ ।
प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणका आधारमा यस्तो सुविधा सहजै प्राप्त गर्न सक्ने जनाईएको छ । होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेश प्रमुख अधिकृत राजु रानामगरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय प्रा.डा. भरत पहारीद्वारा सञ्चालित होटल सरोवर पोखराको लेकसाइडमा एकै छानामुनि अत्याधुनिक सेवा तथा सुविधा उपलब्ध छन् । यस्तै किङस लाउन्ज पोखरामा युवा तथा संगीतप्रेमीहरुमाझ लोकप्रिय होटल तथा रेष्टुरेण्टको रुपमा चिनिन्छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंकले देशभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० भन्दा बढी एक्स्टेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । जुन बैंक हालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट पनि सम्मानित भएको छ ।
“विश्वास लिन्छौं विश्वास दिन्छौं” मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ । सम्झौता समारोहमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी, होटल सरोवरका म्यानेजर मनिष श्रीवास्तव तथा किङस लाउन्ज पोखराका प्रबन्धक मदन श्रेष्ठ लगायत उपस्थित थिए ।

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच संझौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभाग बीच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देशक रेखा कँडेलले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात मुद्रण विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई विभागको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपियाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।
बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ७.३५ प्रतिशत रहेको छ । सम्झौता अनुसार विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
उक्त अवसरमा विभागका बरिष्ठ मुद्रण अधिकृत पद्यराज पाठक, बैंकका विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक अनिश रायमाझी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

शेयर बजारमा १५.५४ अंकको सुधार, बैंकिङतर्फ झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजार आज पाँचौ दिन पनि बढेको छ । गत साताको विहीबारदेखि नै बजार उकालो लागिरहेको हो ।
यसैक्रममा आज बजार १५.५४ अंकले बढेको छ । ०.७३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१३१.४९ अंकमा उक्लिएको छ ।
आज बैंकिङ समूहमा लगानीकर्ता झुम्मिएका छन् । बैंकिङ, विकास बैंक, होटल र म्युचुअल फण्ड क्रमशः ४.२३, ०.३३, १.९० र ०.३६ प्रतिशतले बढेका छन् भने बाँकी समूह राताम्मे भए ।
नेप्सेका अनुसार आज ३१८ कम्पनीका १ करोड ४४ लाख १९ हजार ५ सय २१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६९ करोड ७६ लाख ८० हजार ९ सय १२.८० रुपियाँ बराबरको कारोबार भएको छ ।
आज दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशतले कमाएका हुन् ।
त्यस्तै मानुषी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.०५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेरुडे मिर्मिरे लघुवित्तको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड ४२ लाख ८० हजार ४ सय १३.७० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार नेप्से ४५.६९ अंक उचालिंदा ५ अर्ब २५ करोड १० लाख रुपियाँ, सोमबार बजार २७.५४ अंकले उचालिंदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २ सय १२.१९ रुपियाँ र हिजो मगंलबार २३.९४ अंकले बजार बढ्दा ५ अर्ब २० करोड ६२ लाख ८ हजार १ सय ११.५६ रुपियाँ बराबरको कारोबार भएको थियो ।

चितवनमा बाथरुममा लडेर मृत्यु

काठमाडौं । चितवनमा बाथरुममा लडेर एकजनाको मृत्यु भएको छ । पर्वत फलेबासका ८६ वर्षका शसिधर पाध्यको भरतपुरस्थित छोरीको घरमा बाथरुममा नुहाउने क्रममा लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
लडेर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जनाएको छ ।

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, अदालतमा पेश गर्ने तयारी

जनकपुरधाम । दोहोरो नागरिकता आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहान धनुषा ल्याइएको छ । अहिले सिरोहिया धनुषा प्रहरीको हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई आजै जिल्ला अदालत धनुषामा पेश गर्ने तयारी छ । नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए ।
जाहेरीको आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । मंगलबार नै सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।
सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न प्रहरीमा जाहेरी परेको हो ।

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको बैठक बस्दै

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्ने भएको छ। प्रमुख प्रतिपक्ष दल कांग्रेसले आज बुधबार बिहान ११ बजे बैठक बोलाएको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...