काठमाडौं । नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा संस्थानकै बरिष्ठ कर्मचारी त्रिदिप श्रेष्ठलाई खानेपानी मन्त्रालयले नियुक्ति गरेपछि संस्थानको क्रियाशिल नेपाल खानेपानी संस्थान कर्मचारी संगठन खुसि व्यक्त गरेको छ ।
उक्त संगठनले महाप्रबन्धकलाई बधाई दिर्दै केहि संस्थानका कर्मचारीहरुको माग समेत अगाडि सारेको छ । संगठनका अध्यक्ष समिर पण्डितले हस्ताक्षर गरेको बधाई ज्ञापन पत्रमा भनिएको छ, “सर्वप्रथम त २०८१।०२।०८ गते देखि रिक्त हुन गएको महाप्रबन्धक पदमा (मा. मन्त्रीस्तरको) निर्णयानुसार अर्को व्यवस्था नभए सम्मका लागि महाप्रबन्धकले प्रयोग गर्ने आर्थिक तथा प्रशासनिक अधिकार सहित निमित्त महाप्रबन्धक पदमा नियुक्त हुनु भएकोमा नेपाल खानेपानी संस्थान कर्मचारी संगठन केन्द्रिय समितिको तफबाट हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।”
साथै उक्त बधाई पत्रमा, “तपाईको कार्यकालमा संस्थानमा विद्यमान रहेका समस्याहरु संस्थान रहनेरनरहने, कर्मचारी सेवा शर्त सम्बन्धि विनियमावली, महशुल वृद्धि, करार कर्मचारीको स्थायित्व एवं सेवा सुरक्षाको ग्यारेण्टी, सामाजिक सुरक्षा कोष कट्टी, स्थायी कर्मचारीको वृत्ति विकास तथा दक्ष जनशक्ति स्थायी पदपूर्ति प्रकृया लगायत सम्पूर्ण समस्याको समाधान हुने अपेक्षा लिएका छौं” भनिएको छ ।
संगठनले भनेको छ, “कसैलाई काखारपाखा नगरी सामुहिक नेतृत्व विकास, सह अस्तित्व र आर्थिक पारदर्शिता तपाँईको मूल मन्त्र हुनेछ भन्ने विश्वास लिएका छौं । संस्थागत सुधार र आम कर्मचारीहरुको मनोबल उच्च पार्न आफ्नो सिप, क्षमता, योग्यता र लामो अनुभवको भरपुर सदुपयोग गर्न सदैव प्रेरित हुनुहुनेछ भन्ने विश्वासका साथ यी तमाम विषयहरुमा हाम्रो संगठनको भुमिकाको रुपमा रहने र राम्रा कार्यको समर्थन तथा नराम्रा कार्यको विरोध गर्दै सहकार्य गर्न प्रतिवद्ध रहेको जानकारी समेत गराएर उनलाई सचेत हुन चेतवानी समेत दिएको छ ।
अन्तमा संगठनले तपाईको कार्यकालको पूर्ण सफलताको कामना समेत व्यक्त गरेको छ ।














