काठमाडौँ । कान्तिपुर मीडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उक्त निर्णयविरुद्ध सिरोहियाले रिट निवेदन पेश गरेको र दर्ता प्रक्रियामा रहेको जनाईएको छ ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उक्त नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । प्रहरीको अनुरोधपछि जिल्ला अदालतले पुर्जी जारी गरेपछि उनी त्यसलाई रोक्न सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनले सर्वोच्चमा रिट दायर गरि कारण देखाऊ आदेश समेत गरेर अवस्थामा पक्राउ पुर्जी जारी गरिएको र पक्राउ पुर्जी जारी हुनुपर्ने कारण नै नभएको दाबी रिटमा गरिएको छ। रिटमा उक्त पक्राउ पुर्जी असंवैधानिक भएकाले अन्तरिम आदेश मार्फत रोकिनुपर्ने माग गरिएको छ। रिटको पेशी वुधबारका लागि तोकिएको छ।
आफ्नो नागरिकता छानबिनका लागि आफू तयार नै रहेको तर अहिले आफू संलग्न सञ्चार माध्यम र प्रेस स्वतन्त्रतालाई चुनौती दिन यस्तो गरिएको दाबी गरेका छन् ।
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया सर्वोच्च पुगे
संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई ओलीको अनुरोध
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसलाई अनुरोध गरेका छन ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आनुरोध गरे । उनले भने, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।”
अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु हो भने ।
अध्यक्ष ओलीले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीचको भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको उल्लेख गरे ।
शेयर बजारमा २३.९४ अंकको सुधार, ५ अर्ब नाघ्न थाल्यो कारोबार
काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले लचिलो नीति लिएसँगै बजार उकालो यात्रामा छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्स) का अनुसार आज बजार २३.९४ अंकले बढेको हो । १.१४ प्रतिशतले बजार बढ्दा नेप्से २१ सय अंक पार गरेर २११५.९४ अंकमा उक्लिएको हो ।
बजार बढेको दिन विकास बैंक बाहेका अरु समूहमा हरियाली छाएको छ । विकास बैंक ०.२९ प्रतिशतले घट्दा वित्त समूह सबैभन्दा बढी ३.५५ प्रतिशतले बढेको हो ।
आज ३१७ कम्पनीका १ करोड ३२ लाख ४१ हजार २ सय १७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड ६२ लाख ८ हजार १ सय ११.५६ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज विभिन्न ८ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । जानकारी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.२८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पोखरा फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड ६४ लाख ७१ हजार ५ सय ९४.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार नेप्से ४५.६९ अंक उचालिंदा ५ अर्ब २५ करोड १० लाख रुपियाँ र हिजो सोबार बजार २७.५४ अंकले उचालिंदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २ सय १२.१९ रुपियाँ बराबरको
कारोबार भएको थियो ।
मौद्रिक नीति आएको अघिल्लो दिन जेठ ३ गतेबाट बजार लगातार बढिरहेको छ । जेठ २ गते बुधबार बजार घटेर नेप्से २०१७.९७ अंकमा ओर्लिएको थियो भने त्यसपछिका ४ दिन लगातार बजार बढ्दा नेप्से २११५.९४ अंकमा उक्लिएको छ । यसरी हेर्दा बजार चार दिनमा ९७.९७ अंकले उचालिएको छ ।
संसदीय समितिको कार्यादेश टुंगो लगाउन बैठक बस्दै
काठमाडौं । सहकारी अपचलनका विषयमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।
बैठक आज बिहान बिहान ९ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
बैठकले संसदीय समितिको टीओआर तयार पार्ने जनाईएको छ ।
सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार दिउँसो भएको पटक पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो । तर समिति कस्तो बन्ने, जिम्मेवारी के के हुने जस्ता विषयमा सहमति भइसकेको छैन ।
कांग्रेससहितका विपक्षी दलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राखेरै कार्यादेश बनाउनुपर्ने माग गरेका छन् । तर सत्तापक्ष नाम नराखी समिति बनाउने अडानमा रहेका कारण सहमति जुट्न सकेको छैन ।
कार्यदलमा कानुनमन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र रास्वपा सांसद शिशिर खनाल छन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ ।
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति दुःख व्यक्त गरेका छन ।
राष्ट्रपति पौडेलले राष्ट्रपति रायसी र गृहमन्त्री हुसेन अमीर अब्दुल्लाहियनको निधनमा दुःख व्यक्त गरेका हुन ।
उनले शोकसन्तप्त परिवारहरू र इरानको सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाण्डौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुख घिमिरेले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
गृहमन्त्रीको स्पष्टोक्ति– कसैलाई आरोप लगाएको छैन, समाचार पढेर सुनाएको हुँ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भनेको जानकारी दिएका छन ।
सामाजिक सञ्जालमा लेख्दै लामिछानेले मिडियामा आएका समाचार संसदमा पढेर सुनाएको उल्लेख गर्दै आफूले कसैलाई आरोप नलगाएको जनाएका हुन ।
उनले भनेका छन, शैली त मेरो त्यस्तै उस्तै हो। भनेको चाहिँ के भने,
१। मैले कसैलाई कुनै आरोप लगाएको छैन । मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही समाचारहरु सदनमा पढी वाची सुनाएको।
२। हामीलाई संसदीय छानबिन समिति बन्ने कुरासँग कुनै आपत्ति छैन । प्रतिपक्षी लगायतका प्रमुख राजनीतिक दलहरूलाई जस्तो संसदीय समिति बनाउन इच्छा छ, त्यसको हामी स्वागत गर्दछौँ । हामीले हिजो सदनबाटै भनिसकेका छौँ ९ छानबिन समितिको कार्यादेश (टिओआर) रास्वपाको सदस्य संलग्न नभइ बनाए पनि हामीलाई स्वीकार्य छ, हामी तयार छौँ। सार चाहिँ यत्ती नै हो,समाचार त के के आयो आयो ।
बालेनको चेतावनीपछि एक घण्टा नबित्दै रिहा भए महानगरका चालक
काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन्।
महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत चालकलाई तत्काल रिहा नगरे सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए।
उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेको एक घण्टा नबित्दै चालकहरू रिहा भएका हुन्। मेयर शाहले नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी दिएका छन्।
चालकको रिहाइपछि पुन अर्को स्ट्याटस लेख्दै उनले भनेका छन् ‘जोकोहीले यत्ति बुझ्नुहोला । पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाण्डौ महानगर यसमा संवेदनशील छ।’
महानगरले आफ्ना कर्मचारीमाथि हुने अनाहकको अपमान नसहने बालेनको भनाइ छ। यसअघि उनले फेसबुकबाटै भ्रष्टलाई समाउन नसक्ने सरकारले चालक समाएको भन्दै नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए।
महालक्ष्मी विकास बैंक ३०औँ वर्षमा प्रवेश
काठमाडौं । महालक्ष्मी विकास बैंक आजबाट ३०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता र्याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४, श्रृङ्खला ३ लगायत विभिन्न कार्यक्रमहरु गरी ३० औँ वार्षिकोत्सव सम्पन्न गरिनेछ । बैंकले आफ्ना शेयरधनीहरु, ग्राहकवर्ग, नियामक निकाय एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते, आइतबार आठ शाखा कार्यालयहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।
त्यस्तै केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा जेठ ५ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।
बैंकले जेष्ठ ७ गते, सोमबार केन्दि«य, प्रादेशिक तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बंैकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसैगरि बैंकको केन्दि«य कार्यालय दरबारमार्गमा जेष्ठ ८ गते स्वास्थ्य शिविर र जेष्ठ ९ गते आँखा शिविर सञ्चालन गरिनेछ भने विगत २ बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङखला ९महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङखला ३० १६ टिमको सहभागितामा बैैंकले जेष्ठ २२, २३ र २४ गते सञ्चालन गरिनेछ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र ७ लाख भन्दा बढी ग्राहकहरु रहेकाछन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठक १० बजे बस्दै
काठमाडौँ । सभामुख देवराज घिमिरेले सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बिहान १० बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने विषयमा छलफल हुने जनाईएको छ।
आजै बिहान बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन्।
जसपा अध्यक्ष यादवले सर्वोच्च अदालतबाट आदेश नआउन्जेल आफ्नो दलबाट पार्टी फुटाएको भनिएका ७ सांसदलाई प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रममा सहभागी नगराउन सभामुखलाई पत्र नै लेखेका छन्।
यसअघि आइतबार यादवले प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। यादवले प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका छन्।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिने जनाएको छ।