शेयर बजारमा २३.९४ अंकको सुधार, ५ अर्ब नाघ्न थाल्यो कारोबार

काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले लचिलो नीति लिएसँगै बजार उकालो यात्रामा छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्स) का अनुसार आज बजार २३.९४ अंकले बढेको हो । १.१४ प्रतिशतले बजार बढ्दा नेप्से २१ सय अंक पार गरेर २११५.९४ अंकमा उक्लिएको हो ।
बजार बढेको दिन विकास बैंक बाहेका अरु समूहमा हरियाली छाएको छ । विकास बैंक ०.२९ प्रतिशतले घट्दा वित्त समूह सबैभन्दा बढी ३.५५ प्रतिशतले बढेको हो ।
आज ३१७ कम्पनीका १ करोड ३२ लाख ४१ हजार २ सय १७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड ६२ लाख ८ हजार १ सय ११.५६ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज विभिन्न ८ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । जानकारी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.२८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पोखरा फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड ६४ लाख ७१ हजार ५ सय ९४.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार नेप्से ४५.६९ अंक उचालिंदा ५ अर्ब २५ करोड १० लाख रुपियाँ र हिजो सोबार बजार २७.५४ अंकले उचालिंदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २ सय १२.१९ रुपियाँ बराबरको
कारोबार भएको थियो ।
मौद्रिक नीति आएको अघिल्लो दिन जेठ ३ गतेबाट बजार लगातार बढिरहेको छ । जेठ २ गते बुधबार बजार घटेर नेप्से २०१७.९७ अंकमा ओर्लिएको थियो भने त्यसपछिका ४ दिन लगातार बजार बढ्दा नेप्से २११५.९४ अंकमा उक्लिएको छ । यसरी हेर्दा बजार चार दिनमा ९७.९७ अंकले उचालिएको छ ।

LEAVE A REPLY