Page 13

प्रतिनिधि सभा बैठक आजपनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको छ ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या गरी तीन मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद सचिवालयले जानकारी दिएको छ ।
सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्“ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै छन ।
सांसद डा. अमरेशकुमार सिंहले पनि “विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव सदनमा प्रस्तुत गर्दै छन ।
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले ‘‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव राख्दा सांसद विना लामाले पनि “विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै छन ।
कांग्रेस सांसद कान्तिका सेजुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले उल्लेख गरेको छ ।
यसैगरी, राप्रपा सांसद ज्ञानबहादुर शाहीले “विनियोजन विधेयक, २०८१ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव सदनमा राख्दा सांसद सांसद रोसन कार्की र शान्ती विकले पनि ‘‘विनियोजन विधेयक २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन ।

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकदिन तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।
बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरूको सम्बन्धमा छलफल हुनेजानकारी दिईएको छ ।
त्यस्तै आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवालासँग छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह सवा १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा सम्बन्धमा छलफल हुने जनाईएको छ ।

अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत सुपर आठमा प्रवेश

काठमाडौं । टी–२० विश्वकपअन्तर्गत गए राति भएको समूह ए अन्तरगतको खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।
विराट कोहली गोल्डन डक हुनुका साथै कप्तान रोहित शर्मा ३ रन बनाएर पभिलियन फर्किएपछि खेलको सुरुमै भारत दबाबमा परेको थियो ।
त्यसपछि ऋषभ पन्त र सूर्यकुमार यादव मिलेर भारतको इनिङ्स सम्हाले । पन्त २० बलमा १८ रन बनाउँदै आउट भए ।
त्यसपछि सूर्यकुमार यादव र शिवम दुवे मिलेर भारतलाई जितसम्म पुर्‍याए । यादवले ४९ बलमा ५० रन बनाए भने दुवेले ३५ बलमा ३१ रन जोडे ।
प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो । ३ खेलबाट ६ अङ्क बटुल्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अङ्कसहित दोस्रो स्थानमा छ ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । टोलीका लागि नितिश कुमारले सर्वाधिक २७ रन जोडे । उनले २३ बलमा २ चौका र १ छक्का हिर्काए ।
त्यस्तै, स्टिभन टेलरले ३० बलमा २४ रनको योगदान दिए । उनले २ छक्का प्रहार गरे । कोरी एन्डरसनले १२ बलमा १५ रन तथा एरोन जोन्स र साड्ले भान स्काल्कवाकले ११–११ रन बनाए ।
भारतका लागि अर्शदीप सिंहले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पाण्ड्याले २ तथा अक्षर पटेलले १ विकेट हात पारे ।

सिंहदरबारभित्रै बालश्रम, काठमाडौं महानगरले गर्‍यो पाँचको उद्धार

काठमाडौं । सिंहदरबारभित्रै काठमाडौं महानगरले पाँच जना बालश्रमिकको उद्धार गरेको छ ।
बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घर (क्यान्टिन) अनुगमन गरेको महानगर टोलीले त्यहाँ काम गर्ने पाँच बालश्रमिक उद्धार गरेको हो ।
केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको महानगर बुधबार सिंहदरबारभित्र अनुगममा गएको थियो । अहिले पनि महानगर टोली सिंहदरबारभित्र अनुगमनमा छ ।
काठमाडौंका विभिन्न क्षेत्रमा बालबालिकामाथि शारीरिक तथा श्रम शोषण भइरहेको सूचना प्राप्त भएपछि उनीहरूको उद्धारका लागि महानगरले एक वर्ष लगाएर ‘बाल संरक्षण तथा बालअधिकार सम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ ।
अहिले सोही कार्यविधि अनुसार स्वयंसेवक खोजी, पीडित बालबालिका खोजीदेखि उद्धार र दीर्घकालीन व्यवस्थापन गर्न लागिएको हो ।

कुवेतको आवासीय भवनमा आगलागी हुँदा कम्तिमा ४० जनाको मृत्यु

काठमाडौं । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो ।
यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्छन् । रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि छन् । भारतीय राजदूत पनि घटनास्थल पुगेका छन । भारतीय दूतावासले पीडित परिवारलाई सहयोग गर्न हेल्पलाइन नम्बर पनि जारी गरेको छ ।
कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले घटनास्थलको भ्रमण गर्नुभएको छ । कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए । गृहमन्त्रीले सम्पत्ति ऐन उल्लङ्घनका विषयमा छानबिन गरिने जानकारी दिएका छन । कुवेतको जनसङ्ख्याको दुई तिहाइ आप्रवासी कामदारहरू छन्।
यो देश विशेषगरी निर्माण र स्वदेशी क्षेत्रमा विदेशी कामदारमा निर्भर छ । मानव अधिकार समूहहरूले कुवेतमा प्रवासीहरूको जीवनस्तरमाथि धेरै पटक प्रश्न उठाएका छन् ।

प्रभु बैंकको नयाँ शाखा बैतडीको देहीमाण्डौमा

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि बैतडीको दशरथचन्द नगरपालिका,वडा नं. २ स्थित देहीमाण्डौमा ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको जनाएको छ । बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उल्लेख गरेको छ ।
बैंकको देहीमाण्डौं शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
अमेरिकाको फ्लोरिडामा नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुने तालिका रहेको खेल वर्षा कारण सम्भव नभएपछि टस समेत नभइ खेल रद्द भएको हो ।
लगातारको वर्षाले मैदान खेल्न अयोग्य रहेका कारण खेल सम्भव नभएको हो । योसँगै दुवै टिमले समान एक अंक बाँडेका छन् । नेपालसँगको खेल रद्द भएसँगै श्रीलंकाको सुपर–८ मा पुग्ने सम्भावना समाप्त भएको छ ।
समूह ‘डी’ मा दुई खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । नेपाल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले अब समूह चरणको तेस्रो खेल शनिबार दक्षिण अफ्रिकासँग र चौथो खेल सोमबार बंगलादेशसँग खेल्नेछ ।
यता, श्रीलंकाले भने तीन खेलमा एक अंक जोडेको छ । तालिकाको पुछारमा रहेको श्रीलंकाले यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले र दोस्रो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । श्रीलंकाले समूह चरणको अन्तिम खेलमा सोमबार नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका छ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरुमाथिको छलफल निरन्तर चल्नेछ ।
बुधबारको बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने जनाईएको छ ।
बुधबारको बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयक २०८१ अन्तर्गत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, अर्का सांसद अमरेशकुमार सिंह, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियारले पनि ती मन्त्रालयहरुको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यसअघि हिजोको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो ।

मधेश प्रदेशको नीति तथा कार्यक्रम सार्बजनिक

काठमाण्डौं । मधेश सरकारले आर्थिक वर्ष २०८१्, ८२ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।
मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, सडक, खेलकुद, पर्यटन आदि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
जसअनुसार मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखिएको छ ।
मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम, घुमौ मधेश बुझौ मधेश भन्ने मूल नाराका साथ पर्यटन वर्ष, अटोमेटिक ट्रायल सेन्टर स्थापना, एक क्षेत्र एक पक्की पूलको नयाँ कार्यक्रम पनि घोषणा गरिएको छ ।
प्रदेशको तथ्याङ्कलाई प्रभावकारी बनाउन आफ्नै डिजिटल बैंकको स्थापना गर्ने, दिगो विकासको योजना तयार गरी स्वदेशी तथा विदेशी लगानीको वातावरणको तयार गर्ने, भष्टाचार नियन्त्रण, विभेदको अन्त्य, आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्तिलाई न्यूनीकरण गरिने नीति सरकारले लिएको छ ।
प्रदेश सरकारले सञ्चार क्षेत्र र पत्रकार हितको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले प्रदेशलाई संचारमैत्री प्रदेश बनाउने नीति लिएको छ । समानुपातिक विज्ञापन, सामुदायिक रेडियो सञ्जाल निर्माण गरी रेडियोकर्मीहरूलाई दक्षता प्रदान गर्नुको साथै पत्रकारका लागि स्वास्थ्य बीमा र दुर्घटना बीमाको व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
हरेक पालिका एक एग्रोभेट, करोड़ वृक्षारोपण अभियान, ⁠मधेश स्वयंसेवक कोर, ⁠चुरे संरक्षण तथा पानी रिचार्ज, ⁠मधेश प्रिमियर लिग, मधेश इतिहास पार्क, ⁠मधेश लगानी सम्मेलन, ⁠मधेश वैदेशिक रोजगार प्रशिक्षण कार्यक्रम, ⁠मधेश वैदेशिक रोजगार उद्धार केन्द्र, ⁠स्किल टेस्ट सेण्टर, ⁠प्रादेशिक कृषि औजार केन्द्र, ⁠मधेश स्टार्ट अप र इन्नोभेसन सेन्टर, टिच फर मधेश, ⁠हरेक ४ बिघामा १ बोरिङ कार्यक्रम, मधेश आईटी पार्क निर्माण गर्ने सरकारको नयाँ कार्यक्रम छ ।
यस्तै ⁠प्रशासनिक सुधार र सुशासन, ⁠लागू पदार्थ विरुद्ध सचेतना कार्यक्रम, मुख्यमन्त्री सुशासन अनुसन्धान फेलोसिप कार्यक्रम, ⁠भिजिट मधेश पर्यटन कार्यक्रम, ⁠मुख्यमन्त्री प्राकृतिक विपद बीमा कार्यक्रम र ⁠एक पालिका एक कृषि लाइब्रेरी नीति तथा कार्यक्रम रहेको छ ।

 

एमाले काठमाडौंको अध्यक्षमा निरौला निर्वाचित

काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको अध्यक्षमा दीपक निरौला निर्वाचित भएका छन । उनले तीन सय ७० मत प्राप्त गरे भने अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य, उपसचिव (खुला) मा उद्धव भण्डारी र महिलामा विन्दु महर्जन निर्वाचित भए ।

 

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...