Page 17

११ देशका राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौं । सरकारले ११ वटा देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत जाने भएका छन् ।
मन्त्रिपरिषद् बैठकले नै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने निर्णय गरेको हो । भ्रमणका लागि टोलीको भने अहिल्यै छनोट नभएको सरकारकी प्रवक्ता शर्माले जनाईन ।
मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सञ्चारकर्मीसँग उनले भनिन्, ’प्रधानमन्त्रीज्यू भारत भ्रमण जाने निर्णय भएको छ, टोलीको निर्माण भने भइसकेको छैन ।’
बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने प्रस्ताव संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता शर्माले जानकारी दिईन ।

प्रभु बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति सैलुनमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई कमलादीस्थित हेयर एन्ड शान्ति युनिसेक्स सैलुनले विशेष छुट दिने भएको छ । प्रभु बैंक लिमिटेड र सैलुनबीच यस्तो सम्झौता भएको हो ।
एक समारोहबीच हेयर एन्ड शान्ति युनिसेक्स सैलुनका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
उक्त समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति रहेको थियो।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथाकर्मचारीहरुले हेयर एण्ड शान्तिमा सौन्दर्य सम्बन्धी सेवा लिँदा (थ्रेड्रिङ बाहेक) ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३०प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
छुट सुविधाप्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्रसमेत पेस गर्नुपर्ने छ।

 

प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निम्तो

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्ता गरेका छन्।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्रीलाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणापत्र हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जनाएका छन।
सो अवसरमा प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोमा आभार व्यक्त गरेका थिए। उनले राष्ट्रसङ्घले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको पनि जानकारी गराए।
राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सिङ्गरले संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति अभियानमा नेपालले महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा भाग दिनुपर्ने जानकारी दिईन।
जलवायु परिवर्तनलगायत समकालीन चुनौतीका साथै दिगो विकास लक्ष्य प्राप्तिलगायत विषयमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घको आयोजनामा आउँदो सेप्टेम्बर २२ र २३ मा न्यूयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको हो।

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुजकुमार गोयलले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प प्रा.लि. तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ व्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ ।
बैंकले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । त्यसैगरी, बैंकले व्यक्तिगतरुपमा ‘अटो लोन’ तथा व्यवसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेकोे छ ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेको जनाएको छ ।

 

मोटरसाइकलसहित महिला र पुरुषको शव फेला

काठमाडौं । काठमाडौंमा मोटरसाइकलसहित महिला र पुरुष शव फेलापरेको छ । दक्षिणकाली नगरपालिका–८, केराबारीस्थित भीरमा शव फेलापरेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार अपराह्न ती शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । सडकबाट करिब २०० मिटर तल भीरमा अड्किएको अवस्थामा शव फेलापरेको थियो ।
घटनास्थलमा प्रदेश ३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल समेत टुक्रिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले बिहीबार बिहान ती शव निकालेको छ । पुरुष शव धादिङको सिद्धलेक गाउँपालिका–५ का ४२ वर्षीय रामचन्द्र खनालको भएको प्रहरीले जनाएको छ । उनी भक्तपुरमा बस्दै आएका थिए ।
उक्त महिला शव भक्तपुरको चाँगुनारायण नगरपालिका–५ की अन्दाजी ३२ वर्षीया सविना राईको भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

विश्वकपमा अस्ट्रेलियाको विजयी सुरूआत, ओमान ३९ रनले पराजित

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपमा अस्ट्रेलियाले एसोसिएट राष्ट्र ओमानविरुद्ध ३९ रनको सहज जित निकालेको छ ।
बिहीबार बिहान ब्रिजटाउनमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।
ओमानका आयान खानले सर्वाधिक ३६ रन बनाए । मेहरन खानले २७ रन थप्दा कप्तान अकिब इल्यासले १८ र साकिल अहमेदले ११ रन जोडे ।
अस्ट्रेलियाका मार्कुस स्टोइनिसले तीन विकेट लिए । नाथन इल्स, एडम जाम्पा र मिचेल स्टार्कले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रनको योगफल खडा गरेको थियो ।
अस्ट्रेलियाका मार्कुस स्टोइनिसले सर्वाधिक ६७ रन बनाएका थिए । स्टोइनिसले ३६ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । ओपनर डेविड वार्नरले ५६ रन बनाए । यस्तै, कप्तान मिचेल मार्सले १४ र ट्राभिस हेडले १२ रन थपे । अस्ट्रेलियाका ग्लेन म्याक्सवेल भने गोल्डेन डक भएका थिए ।
ओमानका मेहरन खानले दुई विकेट लिए । यस्तै, बिलाल खान र कलिमुल्लाहले समान एक विकेट हात पारे ।
प्रतियोगिताको पहिलो खेलमै जित निकालेको अस्ट्रेलिया समूह ‘ ’बी’को शीर्ष स्थानमा उक्लिएको छ । दुई खेल खेल्दा पनि अंकविहीन ओमान तालिकाको पुछारमा छ । यसअघि ओमान पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो ।

 

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रचण्ड नयाँदिल्ली जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने भएका छन् ।
मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् ।
लोक सभा निर्वाचन परिणामपछि मोदीले बुधबार राजीनामा दिँदै मन्त्रिपरिषद भंग गरेका थिए । अब नयाँ मन्त्रिपरिषद गठनको तयारीमा उनी छन् । बुधबार बसेको गठबन्धनको बैठकले सर्वसम्मतीले मोदीलाई नेता चुन्दै तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।
राष्ट्रपतिबाट उनको नियुक्ति हुन र शपथ ग्रहण समारोहको दिन निश्चित हुन भने बाँकी नै छ । भारतीय मिडियाहरुका अनुसार शपथ ग्रहण समारोह ८ जुनमा हुने सम्भावना छ ।
मोदीले शपथ लिने दिन निश्चित भएलगत्तै प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा छन् । त्यसका लागि काठमाडौंस्थित भारतीय दूतावासबीच समन्वय भइरहेको स्रोतले जनाएको छ ।
लोक सभा निर्वाचनमा भाजपा गठबन्धनले बहुमत हासिल गरेपछि प्रधानमन्त्री प्रचण्डले फोन गरेर मोदीलाई बधाई दिएका थिए । त्यही टेलिफोन कुराकानीको क्रममा मोदीले प्रचण्डलाई शपथ समारोहमा आउन निम्तो दिएका थिए । कुराकानी लगत्तै मोदीले सामाजिक सन्जाल एक्समार्फत् प्रधानमन्त्री प्रचण्डप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

मधेस प्रदेशका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा यादवको पक्षमा ५० मतमात्र आयो । उनको विपक्षमा ५३ सांसदले मत गरे । आजको बैठकमा १०३ सांसद उपस्थित थिए ।
जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत मागेका थिए ।
आज विश्वासको मत नलिए उनी स्वत पदमुक्त हुने थिए । संविधानको धारा १८८ को २ अनुसार मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि ०७९ माघ ४ गते, ०८० जेठ ३० गते, ०८१ फागुन ६ गते र ०८१ वैशाख ४ गते विश्वासको मत लिएका थिए ।

सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गृहमन्त्रीको गुनासो

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका छन् ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले कयौँ पटक सहकारी पीडितको पक्षमा लडेपनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको जानकारी दिएका छन ।
उपप्रधानमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको दुखेसो पोखे । उनले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लागि लडाइँ लड्न भने नछोड्ने दृढता व्यक्त गरे ।
उनले भने, ‘मेरो त भाग्य नै यस्तै छ । जुन विषयका लागि आफू लडेको हुन्छु । त्यसैको आरोप खेप्नुपर्छ । नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकि जीवनभर त्यसैको पक्षमा लडिरहेँ । सहकारी पीडितहरूका लागि कयौँ रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ ।’
उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि जनाए ।

 

अन्‍नपूर्ण केबलकारमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई छुट

पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइड सेदीबगरमा अवस्थित अन्नपूर्ण केबलकारले प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने भएको छ ।
नयाँ सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीले २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिट कार्ड डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् । अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंक लिमिटेडको तर्फबाट म्यानेजर गणेश सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
समारोहमा प्रभु बैंक सहसम्बन्ध प्रबन्धकहरु प्रकाश पौडेल, शर्मिला भण्डारी, गण्डकी प्रदेश संचालन अधिकृत सन्तोष अधिकारी, अन्नपूर्ण केबलकारका प्रशासन अधिकृत सुजल पौडेल लगायतको उपस्थिति थियो ।
अन्नपूर्ण केबलकार प्रालिले पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ । उक्त केबलकार यात्रामा माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण, लम्जुङ हिमाल लगायतका हिमश्रृंखला, फेवाताल, तालबराहीसहित सूर्योदय र सूर्यअस्तको अनुपम दृश्यावलोकन गर्न सकिन्छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...