११ देशका राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौं । सरकारले ११ वटा देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत जाने भएका छन् ।
मन्त्रिपरिषद् बैठकले नै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने निर्णय गरेको हो । भ्रमणका लागि टोलीको भने अहिल्यै छनोट नभएको सरकारकी प्रवक्ता शर्माले जनाईन ।
मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सञ्चारकर्मीसँग उनले भनिन्, ’प्रधानमन्त्रीज्यू भारत भ्रमण जाने निर्णय भएको छ, टोलीको निर्माण भने भइसकेको छैन ।’
बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने प्रस्ताव संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता शर्माले जानकारी दिईन ।

LEAVE A REPLY