Page 19

कृषि र पर्यटन विकासका लागि यूएसएआईडी र प्रभु बैंकबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एन्ड कम्पेटिटिभनेसबीच दिगो विकासका लागि कृषि र पर्यटन उद्योगलाई सशक्त बनाउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता अन्तर्गत स्वदेशमै रोजगारी सिर्जना गर्न कृषि तथा पर्यटन व्यावसायीहरुको विकासमा सहयोग पुग्ने गरी ‘इम्पावरिङ एग्रो एन्ड टुरिजम इन्डस्ट्री फर सस्टेनेबल ग्रोथ फर फ्युचर नेपाल’ नामको परियोजना सञ्चालन गरिने भएको छ ।
यो परियोजना वागमती प्रदेशमा सञ्चालन गरिने भएको हो । सम्झौतापत्रमा यूएसएआईडीका प्रतिनिधि मार्क्स मुलर र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आयका अवसरहरुलाई प्रोत्साहन गर्न विशेषगरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

 

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन । प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको बस्नेतले आरोप लगाएका छन ।
थापा ‘प्रसाद–२’ का निर्देशक हुन् । बस्नेतका उजुरी पछि ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवाल पनि पक्राउ परिसकेका छन ।
निर्देशक थापामाथि थप अनुसन्धानका लागि बौद्ध प्रहरी वृत्तमा राखिएको छ ।

 

शेयर बजारमा ३.९७ अकंको गिरावट, कारोबार रकम, ४ अर्ब

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौँ । आइतबार दोहोरो अकंले बढेको शेयर बजार आज ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर रहँदा बजारले गति लिन सकेको छैन । बजेट मार्फत आफ्ना माग सम्बोधन नहुँदा लगानीकर्ता नाफा बुक गर्ने तिर समेत हाबि भएको देखिन्छ ।
हिजो दोहोरो अकंले मार्केट बढ्दा आज लगानीकर्ता नाफा बुक गर्ने तिर अग्रसर भएका हुन् । यता, धितोपत्र बोर्डमा समेत अर्बौको शेयर रोकिएर बसेको छ । महिनौ देखि बोर्ड अध्यक्ष बिहिन छ । सरकारको नजर यस तिर नगर्दा लगानीकर्ता प्रभावित हुन पुगेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९७ अकंले घटेर २०७९.०७ बिन्दुमा बन्द भएको छ । आज ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार १२ उपसूचक राताम्य हुँदा माइक्रोफाइनान्स समूहको शेयर मूल्य बढेको छ । माइक्रोफाइनान्स समूहको शेयर २.४३ प्रतिशतले बढेको हो । साथै, आज बैंकिङ समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत, फाइनान्स समूहको शेयर मूल्य घटेको हो ।
आज एनआरएन इन्फाइट्राचरको १४ करोड ८५ लाख रुपैयाँ, पोखरा फाइनान्स समूहको १३ करोड ८६ लाख रुपैयाँ र ग्रिन भिन्चर्सको १२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।

प्रभु बैंक र हिमाल हस्पिटलबीच संझौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं ज्ञानेश्वरस्थित हिमाल हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।
समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटलका मूख्य प्रशासन अधिकृत राजेन्द्र के।सीको समेत उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखि २० पतिशत तथा शल्यक्रिया शुल्कमा १० पतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने छ ।
सन् १९७८ मा बिराटनगर मा स्थापित थापा नर्सिङ्ग होम पछि सन् १९८८ मा ज्ञानेश्वर, काठमाण्डौ मा नाम परिवर्तन भई हिमाल हस्पिटल गरिएको थियो । जुन नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो ।

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

दाङ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१, ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।
लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले जानकारी दिए ।

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९, ०८०’ पेस गर्ने कार्यसूची छ ।
बैठकमा आर्थिक वर्ष २०८१, ०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जानकारी दिएको छ ।

सहकारीको रकम अपचलन गरेको अभियोगमा सांसद गीता बस्नेतसहित ३५ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी प्रतिनिधि सभा सदस्य गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय नवलपुर पूर्वले आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोेक्ता सहकारी संस्था लिमिटेडमा भएको बचतकर्ताको रकम अपचलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद समेत रहेकी बस्नेत समेत मुछिएकी थिइन् ।
उनलाई फरार सूचीमा राखेर मुद्दा दायर भएको हो । उनीसहित अध्यक्ष गोपिकृष्ण शर्माविरुद्धसमेत मुद्दा दायर भएको छ । ३५ जना प्रतिवादी मध्ये १० जनालाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
प्रहरीको अनुसन्धानका क्रममा सहकारीका दुई हजार तीन सय ९३ जना बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ अपचलन भएको देखाएको छ । सहकारी २०६६ सालमा स्थापना भएको थियो । अभियोजनमा गीता बस्नेतले सञ्चालन गरेको कृष्णसार रिसोर्टमा ९६ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख गरिएको छ ।

गृहमन्त्री विरुद्धको रिटमा अग्राधिकार प्रदान, जेठ २८ गते सुनुवाई

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिएको छ । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति तोकेको छ।
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको पेशी पनि तोकेको हो ।
सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबिच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको छ ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।
रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ। रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनु्चित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ ।

सानिमा रिलायन्स लाइफलाई कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल गरेको हो ।
टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफकै स्वस्तीका कार्किले वेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन । साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए । विजेता टिमको क्यापटेन स्वेता सिंह र टिम म्यानेजर संगिता गिरी रहेका थिए ।
आयोजक एन इभेन्टस् रहेको उक्त वुमन्स विच क्रिकेट टुर्नामेन्टको पदकहरु जित्न सफल टिमलाई कम्पनीको तर्फबाट बधाई ज्ञापन गरेको जनाएको छ ।

प्रभु बैंकका ग्राहकलाई बाग्लुङका दुई होटलमा छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बाग्लुङमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने भएका छन् ।
छुट्टाछुट्टै समारोहबीच गरिएको सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सुविधाहरुमा विशेष छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।
प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपूर्ण बाग्लुङ्ग जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ ।
अन्नपूर्ण, धौलागिरि, ढोरपाटन, मुस्ङ र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरुका लागि ट्रान्जिट प्वाइन्टको रुपमा चिनिएको बाग्लुङ झोलुङ्गले पुलहरुको जिल्लाको रुपमा पनि परिचित छ । धौलागिरि र अन्नपूर्ण श्रृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बाग्लुङ ट्रेकिङ, बाइकिङ, र्‍याफ्टिङ तथा साहसिक खेलका लागि पनि आकर्षक गन्तव्य मानिन्छ ।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...