सहकारीको रकम अपचलन गरेको अभियोगमा सांसद गीता बस्नेतसहित ३५ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी प्रतिनिधि सभा सदस्य गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय नवलपुर पूर्वले आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोेक्ता सहकारी संस्था लिमिटेडमा भएको बचतकर्ताको रकम अपचलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद समेत रहेकी बस्नेत समेत मुछिएकी थिइन् ।
उनलाई फरार सूचीमा राखेर मुद्दा दायर भएको हो । उनीसहित अध्यक्ष गोपिकृष्ण शर्माविरुद्धसमेत मुद्दा दायर भएको छ । ३५ जना प्रतिवादी मध्ये १० जनालाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
प्रहरीको अनुसन्धानका क्रममा सहकारीका दुई हजार तीन सय ९३ जना बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ अपचलन भएको देखाएको छ । सहकारी २०६६ सालमा स्थापना भएको थियो । अभियोजनमा गीता बस्नेतले सञ्चालन गरेको कृष्णसार रिसोर्टमा ९६ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख गरिएको छ ।

LEAVE A REPLY