Page 2

धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवनमा धान रोपाइँ कार्यक्रम

काठमाडौँ । अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलसहित सहभागी भएका थिए।
रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको जानकारी दिए ।
“पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो । धनधान्य भए पनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छ”, उनले भने, “यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपिनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको हुँ ।”
सो क्रममा रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

बागलुङ, स्याङ्जा र गुल्मीमा पहिरोमा परी ९ जनाको मृत्यु

काठमाडौं । बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा नौ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गुल्मीको मालिका गाउँपालिका–६ कँडेलपाटास्थित भेषबहादुर विकको घर पुरिँदा विक परिवारका पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भेषबहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सीता विक, नातिनीद्वय सपना र विपना विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरीले जानकारी दिए ।
यस्तै, शुक्रबार राति भएको वर्षाका कारण बागलुङ गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका प्रेम विकको घर पहिरोमा पुरिँदा ५५ वर्षीय प्रेम र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।
पहिरोमा परी प्रेमकी बुहारी कुमारी विक र नाती शिशिर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
पहिरो शािनबार बिहान ३ बजेतिर गएको र हाल घटनास्थलमा प्रहरी पुरेर उद्दार कार्य जारी राखेको यादवले जानकारी दिए ।
यस्तै, स्याङ्जामा गएरातिको पहिरोले घर बगाउँदा एकै परिवारका दुई आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा फेदीखोला गाउँपालिका–५ दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसा जिटी छन् ।

एसईईमा फेल भएपछि एउटै विद्यालयका दुई छात्राले गरे आत्महत्या

बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) मा फेल भएपछि रूपन्देहीका दुई विद्यार्थीले आत्महत्या गरेका छन ।
एसईई परीक्षामा फेल भएपछि जिल्लाको देवदह नगरपालिकाको एक बोर्डिङ स्कूलका विद्यार्थी पूजा न्यौपाने र सृष्टि गुप्ताले आत्महत्या गरेका हुन ।
१५ वर्षीया पूजा र १८ वर्षीया सृष्टिले आफ्नै घरमा आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बुटवल जानकारी दिएको छ ।
उनीहरू दुवै एसईई परीक्षामा अनुत्तीर्ण भएका थिए ।
बिहीबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
बोर्डले यसपालि प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार नतिजा सार्वजनिक गरिएको थियो ।
परीक्षा दिएका विद्यार्थीमध्ये ५२.१४ प्रतिशत अर्थात् अधिक संख्या ‘ननग्रेडिङ’मा परेका छन् ।
एसईई परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ६५ जना विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४.।८६ प्रतिशत मात्रै कक्षा ११ मा भर्ना योग्य भएका छन् । बाँकी २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी ननग्रेडिङमा परेका हुन् । यीमध्ये १ लाख १५ हजार ८ सय ३४ जना विद्यार्थी दुई विषयमा फेल भएका छन् ।
यद्यपि ुनन ग्रेडु ल्याएका सबै विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने भएका छन् । शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले दुईभन्दा बढी विषयमा ुनन ग्रेडु ल्याएका सबै विद्यार्थीहरूले परीक्षा दिन पाउने गरी निर्णय गरेको हो ।

मल बीउको अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानलाई मल र बीउको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही वर्ष अघिसम्म विकराल रहेको मल र बीउको अभाव पछिल्ला वर्षहरुमा कमी हुँदै गएको जनाउँदै यसको आपूर्ति र व्यवस्थापनमा थप मेहनत सरकारले गर्ने जानकारी दिए ।
धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिंदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम बजेटमा प्राथमिकतामा राखिएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले यसमा सरकारले पूर्ण तागत लगाउने जनाए ।
कृषिमा यान्त्रिकीकरण र व्यवासयीकरण गर्दा देशभित्र नै युवाहरू बस्ने र विदेशमा पुगेका युवाहरूसमेत केही गर्न सकिन्छ भनेर देश फर्किने अवस्था आउने विश्वास प्रधानमन्त्रीले ब्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले किसानहरुले उत्पादन गरेका बस्तुहरुको न्यूनत्तम समर्थन मूल्य तोक्ने विषयमा सरकार गम्भीर भएर लाग्ने र यसलाई अझै व्यवस्थित गर्ने जानकारी दिए ।
देशको कुल गार्हस्थ उत्पादनको २४ प्रतिशत कृषिको रहेको र त्यसमा पनि धानको १५ प्रतिशत रहेको भन्दैं प्रधानमन्त्री प्रचण्डले सडक सञ्जालको विस्तार, दुई छाक भातै खाने भन्ने सोच, जनसंख्या वृद्धि जस्ता विषयले बार्षिक अरवौं रुपैयाँको धान चामलको आयात हुने गरेको जनाए ।
उनले बढ्दो आयातले परनिर्भरता चुलिंदै जानुका साथै व्यापार असन्तुलन पनि बढेको जानकारी दिए ।
धानमा आत्मनिर्भर हुन व्यवसायिक खेती प्रणाली, सिचाइँको सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने प्रधानमन्त्री प्रचण्डले जनाए ।
कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको भन्दै प्रधानमन्त्रीले जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गरेर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।
धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे ।
धान दिवस मनाउन चितवन आएका प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका ६ केशरबाघमा हुने धान रोपाइँको अर्को कार्यक्रममा पनि सहभागी हुँदैछन् ।

 

रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकररण सोधेको छ । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।
महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर १ महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए । ढकालले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउनु अघि नै मिडियामा प्रचारबाजी गरेको भन्दै पार्टी भित्र व्यापक विरोध भइरहेको छ ।
उनले प्रतिवेदनमा रास्वपाले बेलैमा कठोर निर्णय नलिएमा केही समयमा नै पार्टी विवेकशीको हालतमा पुग्ने, तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगडीका मेयर गोपी हमालसँग मिल्नुपर्ने सुझाव दिएका छन । आयोगले महामन्त्री ढकाललाई शुक्रबार स्पष्टीकरण पत्र दिइएको जनाईएको छ ।
तर महामन्त्री ढकालले आफुलाई सभापतिले अहिलेसम्म स्पष्टीकरण नसोधेको जानकारी दिए। उनले भने,‘मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नुभएको छैन ।’

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ परेका छन ।
पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा थापालाई काठमाडौं प्रहरीको विशेष टोलीले बौद्धबाट पक्राउ गरेको हो ।

एसईईमा ‘फेल’ भएका सबैले मौका परीक्षामा दिन पाउने

काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय भएको छ ।
शुक्रबार बसेको शिक्षामन्त्री स्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको छ ।
परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन् तर यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरिएको छ ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थी मौका परीक्षाबाट वञ्चित हुने भएकाले ती विद्यार्थीलाई पनि समेट्ने गरी निर्देशन दिने निर्णय गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
पाठ्यक्रम विकास केन्द्र, सबै जिल्ला शिक्षा समन्वय इकाई र राष्ट्रिय परीक्षा बोर्डलाई सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने गरी काम गर्न निर्देशन दिने निर्णय गरिएको छ ।
बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार १ लाख २६ हजार ४७९ विद्यार्थीलाई दुईभन्दा बढी विषय लागेको छ । मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।

एनएमबि बैंकले सातै प्रदेशमा मनायो ‘एमएसएमई दिवस’

काठमाडौं । एनएमबि बैंकले ‘एमएसएमई दिवस २०२४’ मनाएको छ । बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो ।
कार्यक्रममा बैंकका बिभिन्न शाखाहरुका ८०० भन्दा बढि ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमईका ग्राहकहरुलाई लेखा, बित्त, मार्केटिङ्ग, डिजिटलाईजेशन जस्ता बिषयहरुको जानकारी दिँदै यसबाट अधिकतम फाईदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो ।
यस कार्यक्रमा ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनिहरुको ब्यवसाय प्रवर्दन गर्नको लागि बैंकले सहजिकरण गर्दै ग्राहकहरुलाई उनीहरुको ब्यवसायमा आईपरेको बिभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिईएको थियो । उपस्थित केहि ग्राहकहरुले आफ्नो सफलताका कथाहरु समेत सुनाएका थिए ।
एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आईरहेको बैंकले, एमएसएमई दिवस बिगत ३ बर्षदेखि मनाउंदै आईरहेको छ । यस्ता कार्यक्रमा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफुलाई शसक्त बनाएर आफ्नो ब्यापार ब्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ ।
बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

रामकोटमा कलभर्टमा कार खस्यो, एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको रामकोटमा कलभर्टमा एउटा कार खसेको छ । कलभर्टमा कार खस्दा एकजनाको मृत्यु भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बिहान करिब २ बजेतिर कार कलभर्टमा खसेको थियो । बाप्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खस्दा त्यसका चालक अन्दाजी ५० वर्षका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहानीपखमात्रै कारलाई कलभर्टबाट बाहिर निकालिएको थियो ।

भारत १० वर्षपछि विश्वकपको फाइनलमा

काठमाडौं । भारत १० वर्षपछि टी २० विश्वकपको फाइनलमा पुगेको छ ।
गएराति सम्पन्न सेमिफाइनलमा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।
भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अलआउट भएको थियो ।
यसअघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...