काठमाडौं । भारत १० वर्षपछि टी २० विश्वकपको फाइनलमा पुगेको छ ।
गएराति सम्पन्न सेमिफाइनलमा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।
भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अलआउट भएको थियो ।
यसअघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।