Page 8

शेयर बजारमा १०.४४ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ८७ करोड

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १..४४ अंकले घटेको हो । ०.५० प्रतिशतले बजार घट्दा नेप्से २०६८.३१ अंकमा झरेको छ ।
बजार घटे पनि आज वित्त र म्युअल फण्ड क्रमशः १.८२ र ०.१३ प्रतिशतले बढेको छ । बाँकी अरु समूह राताम्मे भए ।
आज ३०६ कम्पनीका ८६ लाख ६३ हजार ६ सय ९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९ सय ३.३४ रुपियाँ बराबरको कारोबार भएको हो ।
कालीका लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.७१ प्रतिशतले नाफा कमाएका छन् भने कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.२८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज माउन्टेन इनर्जीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड १४ लाख ८४ हजार ८ सय १४.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार १७.०४ अंकले बजार घट्दा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१.८५ रुपियाँ, मंलबार १८.७६ अंकले बजार घट्दा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८ सय ८४.३२ रुपियाँ र हिजो बुधबार २.२७ अंकले बजार बढ्दा ३ अर्ब ४० करोड, ४३ लाख ७२ हजार ६ सय ३२.६४ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने बकर इदको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द थियो ।

वेस्ट इन्डिजले दियो इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य

काठमाडौं । टी २० विश्वकप २०२४ को सुपर ८ अन्तर्गत आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६,३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए ।
यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।
इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले एकरएक विकेट लिए ।
वेस्ट इन्डिज समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर ८ मा आइपुगेको हो ।
वेस्ट इन्डिज सुपर ८ मा समूहर २ मा रहेको छ । यो समूहमा इंग्ल्यान्डका साथै अमेरिका र साउथ अफ्रिका रहेका छन् ।

प्रधानमन्त्रीले आज सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । बैठक बिहान ११ बजे बोलाइएको छ ।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
यस्तै बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने जनाईएको छ ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

सिधाकुराको मुद्धा ९ न्यायाधीशको वुहत्तरपूर्र्ण इजलासले फैसला गर्ने

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित समाचार र अडियोका विषयमा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीशहरू कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आज न्यायिक ब्याख्याको आवश्यकता भएको उल्लेख गर्दै बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “प्रस्तुत मुद्दामा पेस हुन आएको भिडियो क्लिप, मोबाइल फोनमा डाउनलोड गरिएको विवादित संवादका सम्बन्धमा वैज्ञानिक परीक्षण प्रतिवेदनबाट उक्त संवाद कपोकल्पित रूपमा सृजित भई सोही विवादस्पद संवादको आधारमा सर्वोच्च अदालतका न्यायाधीश, विद्वान् कानुन व्यवसायी, सञ्चार क्षेत्र एवं सम्मानित व्यक्तित्वउपर लाञ्छना लगाउने, मानमर्दन गर्ने कार्य भएको हो वा होइन रु तथ्यपरक एवं सत्य, साँचो विचार र अभिव्यक्ति स्वतन्त्रता एवं प्रकाशन स्वतन्त्रतासमेतका समूल पक्षको ठोस र उपयुक्त तवरबाट न्यायिक व्याख्या भई दीर्घकालीन पक्षसमेत निर्देश हुनुपर्ने आवश्यकता छ ।”
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले अदालतलाई बुझाएको प्रतिवेदनमा सिधाकुराले प्रसारण, प्रकाशन गरेको अडियो मिथ्या रहेको उल्लेख गरेको छ ।

निर्वाचनको नतिजा बदरको माग गरेका झलनाथको रिट निवेदन खारेज

काठमाडौं । निर्वाचनको नतिजा बदर गरिपाऊँ भन्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले इलाम–१ को निर्वाचन परिणामलाई सदर गरेको हो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेता खनालले धाँधलीयुक्त निर्वाचित गरी आफूलाई पराजित गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
आफ्नो निकटतम् प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरू कर्मचारीले आफूलाई पराजित गराएको उनको दाबी थियो । २०७९ मंसीरमा भएको प्रतिनिधि सभा निर्वाचनको नतिजामा उनले प्रश्न उठाएका थिए ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको इजलासले फेरि मतदान गराउनुपर्ने खनालको माग अस्वीकार गरेको हो ।
५९ हजार ३७९ मत खसेकोमा गन्ने बेलामा ५९ हजार ७०५ मत भेटिएको भन्दै खनालले निर्वाचनमा धाँधली भएको दाबी गरेका थिए ।
खनालले निर्वाचन सामग्री प्रयोगमा बाधा व्यवधान भएको, मतपत्रको दुरुपयोग भएको, नगद वा जिन्सी लाभ लिइ मतदान गर्न प्रेरित गरिएको, मतदाता नै नभएकालाई मतदान गर्न दिइएको जिकिर गरेका थिए ।
इलाम–१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने एकीकृत समाजवादीका उम्मेदवार खनालले २३ हजार ८९ मत पाएका थिए ।

शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर र प्रभु बैंकबीच सम्झौता

काठमाडौं । पानीपोखरीस्थित शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर प्रा।लि र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीहरूलाई छुट दिने सम्झौता भएको छ । यो सम्झौतासँगै शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरका सेवा सुविधामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई छुट पाउनेछन् ।
एक कार्यक्रम आयोजना गरेर शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंकका तर्फबाट चिफ प्रोभिन्स अफिसर, वाग्मती प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत, इन–हाउस स्पेसलाइजेसनमा २० प्रतिशत, आउटसोर्समा १० प्रतिशत र एक्स–रे, यूएसजी, ईसीजी, ईसीएचओ सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेस गर्नुपर्नेछ ।
हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०६ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

श्रीमतीको घाँटी थिची हत्या गर्ने श्रीमान पक्राउ

रौतहट । रौतहटस्थित आफ्नै जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा राजापुर नगरपालिका ५ मदनी चौक बस्ने फिदा हुसैन लहेरीको छोरा वर्ष ३४ को मसुद आलम लहेरीलाई प्रहरीले पक्राउ गरेको हो ।
लहेरीमाथि ज्यान सम्बन्धी मुद्दा कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिएकी छिन ।
लहेरीले गत जेठ ३२ गते आफ्नै फुसको छाना भएको घरमा सुतिरहेकी अवस्थामा बिहान साढे ४ बजेको समयमा जेठी श्रीमती वर्ष ३७ की नजाबुन नेसाको घाँटी थिचेर हत्या गरेका थिए ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट एकजना प्रहरी अधिकृतको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गर्दै आरोपी मसुद लहेरीलाई सोधबुझ गर्दा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आफ्ना कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रवर्द्धन गर्ने प्रयोजनले एक बहुआयामिक प्रशिक्षण प्रदान गरेको छ ।
यो प्रेरणादायी प्रशिक्षणबाट कर्मचारीहरूको व्यक्तिगत एवम् व्यावसायिक विकास हुने र कम्पनीको लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ । असार ३ र ४ गते सञ्चालन गरिएको प्रशिक्षणबाट व्यक्ति र संस्था दुवैको व्यवसायिकतामा वृद्धि हुने र कर्मचारीहरूलाई स्वस्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास छ ।
तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम प्रधानले गरेकी थिइन् ।

लगातार दोस्रो जितको लक्ष्यमा जर्मनी

काठमाडौं । घरेलु मैदानमा भइरहेको युरो २०२४ मा जर्मनीले बुधबार हंगेरीसँग आफ्नो दोस्रो खेल खेल्दैछ ।
समूह ए मा रहेको जर्मनी लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।
जर्मनी र हंगेरीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे स्टुटगार्ड एरेनामा हुने जनाईएको छ ।
जर्मनीले पहिलो खेलमा स्कटल्याण्डलाई ५.१ ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । त्यही प्रदर्शनलाई निरन्तरता दिने योजनामा आयोजक जर्मनी छ ।
उता पहिलो खेलमा स्वीट्जरल्याण्डसँग २.१ ले पारजित भएको हंगेरी जर्मनीलाई स्तब्ध पार्दै पहिलो जित निकाल्ने योजनामा हुनेछ ।
जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले हंगेरीविरुद्ध पनि पहिलो खेलको जस्तै प्रदर्शन गर्ने लक्ष्य रहेको जानकारी दिएका छन । उनले आफ्नो टोली तयार रहेको र मैदानमा त्यही अनुसारको प्रदर्शनको अपेक्षा रहेको जनाए ।
उता हंगेरीका प्रशिक्षक मार्को रोसीले जर्मनी अहिले कठिन प्रतिस्पर्धी रहेको र हंगेरीभन्दा राम्रो टिम भएको जनाएका छन् । रोसीले आफ्नो टिमले उत्कृष्ट प्रदर्शन दिने जानकारी दिए ।
जर्मनी र हंगेरीबीच मुख्य प्रतियोगितामा खेल हुन लागेको यो चौथो पटक हो । यसअघि यी दुई टोली तीनपटक भिड्दा २० गोल भएको थियो । हरेक खेलमा ६.७ को औसतमा गोल भएको थियो । हरेक खेलमा हंगेरीले पहिले गोल गरेको थियो ।
जर्मनी पाँचौ पटक युरोको सुरुवाती दुवै खेल जित्ने लक्ष्यमा छ । यसअघि जर्मनीले १९७२, १९८०, १९९६ र २०१२ मा युरोको सुरुवाती दुवै खेल जितेको थियो ।
हंगेरीले २०१६ मा अष्ट्रियालाई २(० ले हराएयता युरोमा पछिल्लो ७ खेलमा जित हात पार्न सकेको छैन ।

राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज नेपाल फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ ।
यसअघि राष्ट्रपति पौडेलले सोमबार जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरसँग वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए। सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान पनि दिइएको थियो ।
पौडेलले स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई गत जेठ ३१ गते मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...