रौतहट । रौतहटस्थित आफ्नै जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा राजापुर नगरपालिका ५ मदनी चौक बस्ने फिदा हुसैन लहेरीको छोरा वर्ष ३४ को मसुद आलम लहेरीलाई प्रहरीले पक्राउ गरेको हो ।
लहेरीमाथि ज्यान सम्बन्धी मुद्दा कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिएकी छिन ।
लहेरीले गत जेठ ३२ गते आफ्नै फुसको छाना भएको घरमा सुतिरहेकी अवस्थामा बिहान साढे ४ बजेको समयमा जेठी श्रीमती वर्ष ३७ की नजाबुन नेसाको घाँटी थिचेर हत्या गरेका थिए ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट एकजना प्रहरी अधिकृतको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गर्दै आरोपी मसुद लहेरीलाई सोधबुझ गर्दा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।