Page 10

नेपालमै पहिलोपल्ट रूपैयाँ र डलरमा नियोन क्रेडिट कार्डको सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योगमै पहिलो पटक नेपाली रुपैयाँ र अमेरिकी डलरमा नियोन क्रेडिट कार्ड को सुविधा सञ्चालनमा ल्याएको छ । ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाइन सहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम रहेको बैंकले जानकारी दिएको छ ।
बैंकले ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ यो कार्ड सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बैंकले डिजिटल बैकिङ क्षेत्रमा समय सापेक्ष नवीनतम प्रविधीमैत्री उपकरण सञ्चालनमा ल्याउन सदैव उत्साहित तथा क्रियासिल रहेको दाबी पनि गरेको छ ।
आधुनिक जीवनशैलीमा व्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने वर्गलाई लक्षित गरि सञ्चालनमा ल्याईएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक छ रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेछ । यो कार्ड बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरुभन्दा विल्कुलै भिन्न देखिन्छ ।
नियोन क्रेडिट कार्डको पहिलो संस्करण सीमित अवधिको लागि ल्याईएको माछापुच्छ्रे बैंकको नवीनतम योजना हो । यो सुविधाअनुसारसुपरमार्केट, होटेल, रेष्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरु उपलब्ध गराउने बैंकको योजना रहेको छ ।
डिजिटल बैंकिङ्गको दुनियाँमा माछापुच्छ्रेले बैंकको नियोन क्रेडिट कार्ड मार्फत ग्राहकवर्गलाई नौलो स्वाद को अनुभुती दिलाउने बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जनाए । उनले भने, ‘हामी नियोन क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौं, जसले हाम्रा ग्राहकहरुको नवीनतम आकांक्षाहरु सम्बोधन हुने र सुरक्षित एवं आधुनिक प्रविधीमैत्री भुक्तानीका माध्यमबाट सदैव ग्राहकबर्गको आकांक्षाको सम्बोधन गरिने हाम्रो प्रयासलाई झल्काउँछ ।’
माछापुच्छ्रे बैंक पीओएस मर्चेन्ट सञ्जाल विस्तारमा उत्कृष्ट कार्यसम्पादन गरेको र भिसा क्रेडिट कार्ड उपयोग गर्न आफ्ना ग्राहकलाई पे्ररित गरी पुर्याएको उल्लेख्य योगदानको कदर स्वरुप भिसाद्वारा विशिष्ट अवार्डले सम्मानित बैंक हो ।
बैंकले ल्याएको नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरुमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासव्याक अफरहरु प्राप्त गर्न सक्नेछन्, साथै ५ हजार रुपैयाँ वा सो बराबरको ट्याप एन्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन् । यो सुविधाले ग्राहकमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभुति जाग्रित हुने विश्वास बैंकको छ ।
नियोन क्रेडिट कार्ड प्रयोग मार्फत विशेष छुट तथा क्यासव्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरु तथा छुट सम्बन्धि विवरणको बारेमा बैंकको वेभसाईट, सामाजिक संजाल मार्फत ग्राहकलाई जानकारी गराईने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहक संख्या ५० लाख नाघेको दाबी गरेको छ ।
विसं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।
साथै, हालैमात्र बैंककोे निक्षेप ५ खर्ब रुपियाँ भन्दा बढि पुगेको छ । पूँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्य पहिलो नम्बरमा रहेको छ ।
ग्राहकमैत्री सेवाहरु, साना तथा मझौला ब्यवसायमा जोड, प्रविधीमैत्री सेवाहरुका साथै उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै बैंकले आम नागरिकको विश्वास जित्दै आएको छ ।
बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

शेयर बजारमा ५९.६८ अंकको उछाल, १५ अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अंकले बढेको छ । नेप्से बढेर २४ सय अंक पार गरेको छ । यो साता ४ दिन बजार बढ्दा १ दिन घट्यो । साताको अन्तिम दिन साढे १५ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५९.६८ अंकले बढेको हो । २.५२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २४२४.३२ अंकमा पुगेको छ ।
समग्रमा बजारमा उछाल आएको भएपछि वित्त र हाइड्रो समूह घटेका छन् भने बाँकीमा हरियाली छाएको छ । बैंकिङ समूह सबैभन्दा बढी ६.२८ प्रतिशतले उचालिएको छ ।
आज ३१२ कम्पनीका ३ करोड ९९ लाख ३८ हजार २ सय ३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८.२१ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् । त्यस्तै कुमारी बैंक, प्रभु बैंक र रिभर फल्स पावरका लगानीकर्ताहरुले क्रमशः ९.५३, ९.५१ र ९.११ प्रतिशतले नाफा कमाए ।
त्यस्तै कुमारी सबल योजनाका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.७६ प्रतिशतले घाटा व्यहोरे ।
आज नेपाल फाइनान्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ५२.९७ अंकले बढ्दा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २०.८७ रुपियाँ, सोमबार १७.१८ अंकले बजार घट्दा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७.१५ रुपियाँ, मंगलबार बजार ७०.१८ अंकले बढ्दा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२.४१ रुपियाँ र हिजो बुधबार ५.।०४ अंकले बजार बढ्दा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार १ सय १३.४७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको जानकारी दिएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ ।
८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा भाग लिन पुगेका थिए । एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए ।
गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ । फेरि उनलाई यहि समयमा यो रोग लागेको हो ।
राष्ट्रपति बाइडेनलाई डेलावेयरस्थित आफ्नो निवासमा आइसोलेट गर्ने लागिएको ह्वाइट हाउसले जनाएको छ ।
त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ । ह्वाइट हाउसले सार्वजनिक गरेको नोटमा बाइडेनलाई श्वासप्रश्वासका लक्षणहरू, नाकबाट सिगान बग्ने र खोकी लागेको जानकारी दिएको छ ।

पाँच वटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज बिहीबार पाँचवटा समितिका बैठक बस्दैछन् ।
संघीय संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।
यस्तै, उद्योग तथ वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा सूर्ति, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल, चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
यसैगरी, स्पन्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरुको अध्ययन अनुगमन उपसमितिको प्रारम्भिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
यस्तै, बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा तथा समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूल प्रवाहमा आदिवासी जनजाति समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिका बारे छलफल हुने जनाईएको छ ।

रसुवा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । रसुवा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रसुवाको मन्चेट नजिक रहेको थियो ।
दिउँसो ३ बजेर २४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड रहेको थियो । यसअघि आज बिहान ४ बजेर ४० मिनेट जाँदा मुगुको धर्मा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडकै भूकम्प गएको थियो ।

प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच नगदरहित भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ ।
यो सम्झौतासँगै ट्याक्सी व्यवसायीहरुले प्रभु बैंकमा रहेको आफ्नो खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न सक्नेछन् ।
विभिन्न बैंक वित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउन प्रभु बैंक लिमिटेड र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच बुधबार सम्झौता भएको हो ।
प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर र एवन ग्रेटर नेपाल यातायात प्रालिको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्युआर मार्फत सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । व्यवसायमा आबद्ध २ सयभन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराइने कार्यक्रम रहेको बैंकले जनाएको छ ।
नयाँ सम्झदताबाट पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकाहुन्।
महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार मानिन्छ। बडाल यसअघि केपी ओलीको पालामा चैत ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए।

प्रधानमन्त्रीले ६ साउनमा संसद्‍बाट विश्‍वासको मत लिँदै

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन‍्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिने जानकारी दिए ।
विश्वासको मत लिनु अगाडि देशबासीका नाममा सम्बोधन गर्ने र त्यसपछि विश्वासको मत लिने कार्यक्रम तय भएको छ । संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था भए पनि तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर ६ साउन मै विश्वासको मत लिने तयारी गरिएको एमालेका नेताहरूले जानकारी दिएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै ओली ३० असारमा ओली प्रधानमन्त्री बनेका थिए । संविधानको धारा ७६ को उपधारा (२) अन्तर्गत प्रधानमन्त्री बनेका ओलीसँग प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टीलगायतका पार्टी छन् ।
ओलीसँग सहज बहुमत रहेकाले विशवासको मतमा कुनै अफ्टेरो नपर्ने कांग्रेस र एमालेका नेताहरूले जनाएका छन । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । कांग्रेस र एमालेका मत मात्रै जोड्दा पनि १६७ मत हुन्छ ।

शेयर बजारमा ५४.०४ अंकको उछाल, १२ अर्ब बढीको कारोबार

काठमाडौं । लामो समयको अन्तराल पछि शेयर बजारमा आज एकै दिन १२ अर्ब बढीको कारोबार भएको छ । सत्ता समीकरण परिवर्तनको हल्ला र त्यसपछि नयाँ सरकार बनेको र अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै नेप्सेले उचाईँ लिंदै आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.।०४ अंकले बढेको हो । २.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २३६४.६३ अंकमा उक्लिएको छ ।
बजारमा उछाल आएको दिन सबै समूहमा हरियाली छाएको छ । ट्रेडिङ समूह सबैभन्दा बढी ७.३० प्रतिशतले बढेको हो ।
आज ३०६ कम्पनीका ३ करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार १ सय १३.४७ रुपियाँ बराबरको कारोबार भएको हो ।
विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सेन्ट्रल फाइनान्स, सिंगटी हाइड्रो, आँखु खोला जलविद्युत, मन्दाकिनी हाइड्रो, सीईडीबी हाइड्रो र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९७, ९.९५, ९.९०, ९.८७ र ९.७८ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९० प्रतिशतले घाटा व्यहोरेका छन् । आज ६५ कम्पनीको शेयर मूल्य घट्दा बाँकी कम्पनीका लगानीकर्ताहरुले नाफा कमाए ।
आज सिंगटी हाइड्रोको उच्च कारोबार भयो । उक्त कम्पनीको २३ करोड ५५ लाख ८१ हजार ६ सयस ३७.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ५२.९७ अंकले बढ्दा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २०.८७ रुपियाँ, सोमबार १७.१८ अंकले बजार घट्दा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७.१५ रुपियाँ र हिजो मंगलबार बजार ७०.१८ अंकले बढ्दा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२.४१ रुपियाँ बराबरको कारोबार भएको थियो ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...