Page 18

लोसपाले कांग्रेस एमाले गठबन्धनलाई साथ दिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । कांग्रेस सभापति देउवाले गठबन्धनले बनाउने सरकारलाई साथ दिन आग्रह गरेको अध्यक्ष ठाकुरले बैठकमा ब्रिफिङ गरेका थिए ।

ओली–देउवा आलोपालो प्रधानमन्त्री हुने सहमति भएको हो ः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीका रुपमा अघि बढाउने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेस र कम्युनिष्ट एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई स्वागत र समर्थन गर्ने निर्णय गरेको हो ।
बुधबार विहान देउवाको सभापतित्वमा सभापति निवास, बुढानिलकण्ठमा बसेको कार्य सम्पादन बैठकले नेपालको संविधानको धारा ७६(२) बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेको स्पष्ट पारेको हो ।
बैठकले प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने ठहर समेत गरेको ।
‘नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्नेगरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष माननीय केपी शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ,’ पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘नेपाली कांग्रेस र नेकपा एमाले बीच नेपालको संविधानको धारा ७६(२) बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

नूनको मूल्य बढ्यो

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा गरिएको मूल्य समायोजन गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जानकारी दिएको छ ।
मूल्य बढेसँगै आयो नून एक किलो प्याकेटको २३ बाट २६ रुपैयाँ पुगेको छ । न्यू शक्ति नून एक किलोको १७ रहेकोमा बढेर २० रुपैयाँ कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ ।

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेपछि बैठक बस्न लागेको हो ।
बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा रहँदाको समीक्षा, महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल हुने जनाईएको छ ।
कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि रास्वपाले केही दिनमा आफ्ना मन्त्रीले राजीनामा दिने निर्णय गरिसकेको छ । रास्वपाले अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्बाट बाहिरिने निर्णय गरिसकेको छ ।
मंगलबार सिंहदरबारमा बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरेको थियो । आजको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुने जनाईएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक ९ बजे बस्दै

काठमाडौं । नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
बैठक आज बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँग कांग्रेसले गरेको गठबन्धनका लागि भएका समझदारीलाई अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ ।
कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको जनाईएको छ ।
कांग्रेस–एमालेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर प्रचण्डले तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने तयारी गरेका छन् ।

पोखरा महानगरपालिकामा अख्तियारले मार्यो छापा

काठमाडौं । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
आयोगले आज महानगरपालिकाको कार्यालयमा छापा मारेको हो ।
मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले महानगरको कार्यालयबाट कागजात पनि नियन्त्रणमा लिएको जनाईएको छ ।

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो।
प्रतीकलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए।
उक्त प्रकरणमा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो। भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो।
यस प्रकरणमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए।

नेपाल लाइफको दुई आर्थिक बर्षको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ र २४औं वार्षिक साधारणसभा आज विरंगजमा सम्पन्न भएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत (कर प्रयोजन सहित) को नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ।
आव २०७८।७९ र २०७९।८० को वार्षिक कार्य प्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित भएको छ।
साथै आव २०७९।८० को लागि लेखापरीक्षकलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित पारित गर्नेछ । कम्पनीको संचालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र संचालक नियुक्ति गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

शेयर बजारमा ४७.०४ अंकको उछाल, कारोबार रकम साढे ४ अर्ज

काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजारमा उछाल आएको छ । नेप्से उच्च अंकले उचालिएसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ ।
सोमबार राति आकस्मिक रुपमा नयाँ सत्ता समीकरण बनेसँगै शेयर बजारमा उछाल आएको छ । नेकपा एमाले र नेपाली काँग्रेसबीच नयाँ सत्ता समीकरण बनेको र प्रधानमन्त्रीमा केपी शर्मा ओली बन्ने छन् ।
महत्वपूर्ण मन्त्रालयका रुपमा रहेको अर्थमा विष्णु पौडेल मन्त्री बन्ने चर्चा चलेको छ । विगतमा उनी अर्थमन्त्री हुँदा शेयर बजार उचालिने गरेको हुँदा त्यसैको प्रभाव आज बजारमा देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.०४ अंकले बढेको हो । २.२९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१ सय अंकमा पुगेको छ ।
बजारमा उत्साह छाएसँगै सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी उत्पादनमूलक ३.३०, ट्रेडिङ समूह ३.१२ प्रतिशत र बैंकिङ समूह ३.०३ प्रतिशतले बढेको छ ।
आज ३१५ कम्पनीका १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २०.०९ रुपियाँ बराबरको कारोबार भएको हो ।
हिमालयन डिस्टिलरीका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.५४ प्रतिशतले नाफा कमाए भने उपकार लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४६ प्रतिशतले घाटा व्यहोरे ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १२ करोड ३३ लाख ८५ हजार ५ सय ६९.२० रुपयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
आज शेयर बजारमा कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।
२० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको छ । ४० मिनेटपछि खुलेको बजार सम्हालिएको थियो । दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक (५ प्रतिशत) बढेको थियो ।
साताको पहिलो आइतबार बजार १४.८३ अंकले घट्दा ३ अर्ब ६० करोड ७१ लख ९८ हजार ४ सय ७.६६ रुपियाँ र हिजो सोमबार १६.२९ अंकले बजार बढ्दा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१.५३ रुपियाँ बराबरको कारोबार भएको थियो ।

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडौं, । नेकपा (एमाले) का मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले जानकारी दिए । भण्डारीले भने, ‘हामी आज दिउँसोसम्म राजीनामा दिन्छौँ । अध्यक्षज्यूले भने अनुसार नै मार्ग प्रशस्त गर्दैछौँ ।’
यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ ।
बर्तौलाले भने , ‘प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गरे आज साँझसम्ममा नयाँ सरकार बन्छ । यदि उहाँले मार्ग प्रशस्त नगरेमा भोलिसम्ममा नयाँ सरकार बनाउने प्रक्रिया पूरा गर्नेछौँ ।’
उनका अनुसार अध्यक्ष ओलीले आज वा भोलि साँझसम्ममा प्रधानमन्त्रीको शपथ लिनुहुनेछ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...