काठमाडौं, । नेकपा (एमाले) का मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले जानकारी दिए । भण्डारीले भने, ‘हामी आज दिउँसोसम्म राजीनामा दिन्छौँ । अध्यक्षज्यूले भने अनुसार नै मार्ग प्रशस्त गर्दैछौँ ।’
यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ ।
बर्तौलाले भने , ‘प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गरे आज साँझसम्ममा नयाँ सरकार बन्छ । यदि उहाँले मार्ग प्रशस्त नगरेमा भोलिसम्ममा नयाँ सरकार बनाउने प्रक्रिया पूरा गर्नेछौँ ।’
उनका अनुसार अध्यक्ष ओलीले आज वा भोलि साँझसम्ममा प्रधानमन्त्रीको शपथ लिनुहुनेछ ।