काठमाडौं । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले औपचारिक उद्घाटन गरेका छन् ।
सो कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे ।
व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकास आफ्नो तर्पmबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गरे ।
सोही कार्यक्रका विशेष अतिथि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको भन्दै शुभकामना व्यक्त गरे ।
प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिंदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बुद्धनगर – १०, नयाँबानेश्वर काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी रु २० करोड छ ।
प्रभु स्टक मार्केट लिमिटेडले शुरु गर्यो शेयर कारोबार सम्बन्धी सेवा
सेयर बजारमा २७.३२ अंकको गिरावट
काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । केही दिनयता लगातार बढेको बजारमा बुधबार भने करेक्सन देखिएको हो ।
२२३ अंक बढेपछी बजारमा करेक्नस आएको हो । नयाँ आर्थिक बर्ष लागेपछि बजारमा पहिलो पटक रातो भएको हो । यसअघी असार ३१ गते १७.१८ अंकले घटेको थियो । त्यसपछि बजारमा २२३ अंकको बढोत्तरी भएको थियो ।
कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म कायमै रह्यो । इन्ट्रा डे कारोबारमा बजार २६ सय बिन्दु पुगेको थियो । त्यसपछि घटेको बजार अन्तिम समयमा २७.३२ अंकले घटेर परिसूचक २५३६.११ बिन्दु कायम भएको छ ।
३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । बजार राताम्मे बन्दा पनि बोटलर्स नेपाल (तराई) र एशियन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको एक जहाज दुर्घटना भएको छ ।
दुर्घटनाका कारण जहाजमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको जनाईएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
बागमतीका मुख्यमन्त्री लामाले आज ११ बजे शपथ लिंदै
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुँदैछ । नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।
मुख्यमन्त्री लामाले आजै नेपाली कांग्रेसबाट ७ र नेकपा (एमाले) का ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको जनाईएको छ ।
मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेसका लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
नेपाली कांग्रेस र नेकपा (एमाले) का गरी ६४ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित लामाले मंगलबार प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ
काठमाण्डौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् ।
एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
आचार्यले आजै ८ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।
कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ को क बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।
लुम्बिनी सरकारमा नेपाली कांग्रेसले ५ जना मन्त्रीलाई पठाउन लागेको हो ।
कांग्रेसले बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउँदैछ । एमालेले पनि ४ मन्त्रीको नाम टुंगो लगाएको छ ।
कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये सरोज थापा मात्रै यसअघि मन्त्री बनेका हुन् अरु सबै नयाँ अनुहार हुन् ।
६ वटा उद्योगको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ ।
बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।
मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो ।
आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बोलाएर तत्काल उद्योगको विद्युत जोड्न निर्देशन दिएका थिए ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर लामा नियुक्त
काठमाण्डौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार लामालाई मुख्यमन्त्री नियुक्त गरेका छन् । मंगलबार नै उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरी ६४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
आईतबार माओवादीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८(२) बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेको थियो ।
नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूको शपथ भोलि बुधबार बिहान हुने जनाईएको छ । १३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री र अर्थ मन्त्रालयसहित ७ वटा र एमालेले भौतिक पूर्वाधारसहित ६ मन्त्रालय लिने सहमति भएको छ ।
प्रभु बैंकका कर्मचारी र ग्राहकले टिस्टुङ्ग रिसोर्टमा छुट पाउने
काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकले टिस्टुङ्गमा रहेको टिस्टुङ्ग रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् ।
टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन तथा प्रभु बैंकका तर्फबाट बागमति प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ्ग म्यानेजर सविन शम्शेर राणाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । उक्त रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ ।
बैंकले हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट पाएको छ । बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८३ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकले बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
ग्लोबल आइएमई बैंक दुई विधामा सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।
यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२– बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो ।
सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।
यसै वर्ष ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सले पनि उत्कृष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित गरेको थियो ।
शेयर बजारमा ७५.३३ अंकको उछाल, १४ अर्ब बढीको कारोबार
काठमाडौं । शेयर बजार केही दिन यता निरन्तर बढिरहेको छ । बजार आज पनि उच्च अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७५.३३ अंकले बढेको छ । ३.०२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचकले २५ सय अंक पार गरेर २५६३.४३ अंकमा पुगेको छ ।
बजारमा उछाल आउँदा सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी ट्रेडिङ समूह ५.०६ अंकले बढेको छ ।
आज ३१७ कम्पनीका ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५.७६ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज विभिन्न ९ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, मान्डु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट र नेपाल वायरहाउजिङ कम्पनीका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै गणपति लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड ६९ लाख २३ हजार ७ सय ९२.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ६१.६१ अंकले बढ्दा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९.।९८ रुपियाँ र हिजो सोमबार २.१५ अंक बजार बढ्दा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४०.९८ रुपियाँ बराबरको कारोबार भएको थियो ।