काठमाडौं । शेयर बजार केही दिन यता निरन्तर बढिरहेको छ । बजार आज पनि उच्च अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७५.३३ अंकले बढेको छ । ३.०२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचकले २५ सय अंक पार गरेर २५६३.४३ अंकमा पुगेको छ ।
बजारमा उछाल आउँदा सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी ट्रेडिङ समूह ५.०६ अंकले बढेको छ ।
आज ३१७ कम्पनीका ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५.७६ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज विभिन्न ९ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, मान्डु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट र नेपाल वायरहाउजिङ कम्पनीका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै गणपति लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड ६९ लाख २३ हजार ७ सय ९२.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ६१.६१ अंकले बढ्दा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९.।९८ रुपियाँ र हिजो सोमबार २.१५ अंक बजार बढ्दा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४०.९८ रुपियाँ बराबरको कारोबार भएको थियो ।