काठमाडौं । प्रतिनिधि सभाबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ राष्ट्रिय सभामा टेबल भएको छ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा सचिव सुरेन्द्र अर्यालले टीआरसीसम्बन्धी विधेयक टेबल गरेका हुन्।
प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराउँदै अर्यालले विधेयक टेबल गरेका हुन्।
प्रतिनिधि सभाले बुधबार उक्त विधेयक बहुमतबाट पारित गरेको थियो।
राष्ट्रिय सभामा टीआरसी विधेयक टेबल
प्रभु बैँक र बुद्व एयरबीच सम्झौता
काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्ववलाल कायस्थले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कर्मचारी तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा बुद्व एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।
बुद्व एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ ।
२०५३ साल बैशाख ११ गते स्वीकृति प्राप्त गरी २०५४ असोज २५ गतेबाट उडान सुरु गरेको बुद्व एयरले हाल आएर आन्तरिक उडानको साथ साथै भारतको बनारससम्म पनि आफ्नो सेवा विस्तार गरेको छ ।
यता बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
शेयर बजारमा ४३.०५ अंकको सुधार, करीब ३० अर्बको कारोबार
काठमाडौं । शेयर बजार बढेर ३ हजार अंकभन्दा माथि पुगेको छ । बजार निरन्तर बढिरहँदा हालसम्मकै उच्च रेकर्ड तोडिने संभावना बढ्दै गएको छ । २०७८ भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१९८.६० अंकमा पुगेको रेकर्ड विद्यमान छ । आज कारोबार रकम झण्डै ३० अर्ब पुगेर नयाँ रेकर्ड बनेको छ । गत सोमबार सवा २७ अर्बको कारोबार भएर बनेको रेकर्ड आज तोडिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४३.०५ अंकले उचालिएको हो । १.४५ प्रतिशतले बजार उचालिंदा ३०००.८१ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि वित्त, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त र अन्य समूह राताम्मे भएका छन्, बाँकी समूहमा हरियाली छाएको छ । बैंकिङ समूह सबैभन्दा बढी ५.६५ प्रतिशतले उचालिएको छ ।
आज ३३४ कम्पनीका ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता शेयर किनबेच हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २ सय १६.९५ रुपियाँ बराबरको कारोबार भएको छ ।
बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक र लिबर्टी इनर्जीका लगानीकर्ताहरुले क्रमशः ९.६४, ९.४२, ९.२२ र ९.०३ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९१ करोड ३३ लाख २२ हजार २ सय ३९.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ९४.५३ अंकले बजार उचालिंदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९.९० रुपियाँ, सोमबार ७०.८१ अंकले बजार उचालिंदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५.८९ रुपियाँ, मंगलबार ८.१८ अंकले बजार घट्दा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६ सय ३३.३१ रुपियाँ र हिजो बुधबार ३४.२९ अंकले बजार घट्दा २३ अर्ब ४३ करोड ५ लाख ८१ ह्जार १ सय ५०.४८ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।
मकवानपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
मकवानपुर । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । मकवानपुर कैलाश गाउँपालिका–५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मङ्गलबहादुर पाख्रिन पक्राउ परेका हुन् ।
यही साउन २८ गते साँझ मङ्गलबहादुरले २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्यागरी कालीखोलास्थित सामुदायिक वनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीकाअनुसार मङ्गलबहादुरले श्रीमती लक्ष्मीलाई आफ्नै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको र शवलाई टुक्रा पारेर दुई वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा गाडेका थिए ।
घटनामा प्रयोग भएको धारिलो हतियार बञ्चरोको बिड फुकाली घरभन्दा पूर्वतर्फ खाल्डो खनी गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
खाल्टोमा गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो र कपडा खाल्डोबाट निकाली पाख्रिनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएकी छिन । पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
माओवादी केन्द्र स्थायी कमिटी बैठक ११ बजे बस्दै
काठमाडौँ । आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।
बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने कार्यक्रम रहेको छ ।
गत शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले बहस गरिरहेका छन् ।
बेचनविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका बेचन झाको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । यस बहसपछि अदालतले उनलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने निर्णय गर्नेछ ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा झा विरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा उनीमाथि ठगी र संगठित अपराधको आरोप लगाइएको छ ।
अदालतमा दर्ता भएको अभियोगपत्रमा उल्लेख भएअनुसार झाले आफ्नो बयानमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन । उनले सरकारी वकिलको उपस्थितिमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन ।
अनुसन्धानको क्रममा अर्का आरोपी रामशरण केसीले झाको नाममा काटेको दुई करोड रुपैयाँको चेक प्रहरीले बरामद गरेको थियो । तर झाले यस विषयमा पनि आफूलाई थाहा थाहा नभएको जनाएका छन ।
आज राष्ट्रियसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम
काठमाण्डौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।
बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।
यस्तै, सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको २१औँ वार्षिक प्रतिवेदन, २०८१ सभा समक्ष पेस गर्नेछन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।
बुधबारको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिँदा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन् ।
बैठकमा ४५ सांसद उपस्थित थिए । शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो भने तटस्थमा १ मत परेको छ ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । कांग्रेस, एमाले र नाउपाले पक्षमा मतदान गर्दा नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए ।
प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई बुधबार प्रतिनिधिसभाबाट पारित भएको हो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबाहेक अरु सांसदले विधेयक पारितको पक्षमा मत दिएका थिए ।
सानिमा बैंक र रिभरसाइड स्प्रिङ्स रिसोर्टबीच संझौता
काठमाडौं । सानिमा बैंकका ग्राहकहरुलाई रिभरसाइड स्प्रिङ्स रिसोर्टमा विशेष छुटको व्यवस्था गरिएको छ । डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सिटिजन बैंकले रिभरसाइड स्प्रिङ्स रिसोर्ट प्रालिसँग नयाँ सम्झौता गरेको हो ।
नयाँ सम्झौता अनुसार सानिमा बैंकका ग्राहकले सानिमा भिसा डेबिट क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्स रिसोर्टका विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट पनि उपलब्ध छ ।