सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।
बुधबारको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिँदा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन् ।
बैठकमा ४५ सांसद उपस्थित थिए । शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो भने तटस्थमा १ मत परेको छ ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । कांग्रेस, एमाले र नाउपाले पक्षमा मतदान गर्दा नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए ।

LEAVE A REPLY