Page 14

कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकबीच संझौता

काठमाडौं । कुमारी बैंकका ग्राहकहरुलाई नयाँ बानेश्वरको नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकका सेवाहरुमा विशेष छुट हुने भएको छ ।
कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर र कौशलटार सेवाकेन्द्रबाट सेवा लिए वापत १० प्रतिशतसम्म छुट पाउनेछन् ।
यसका लागि उनीहरुले कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्नुपर्ने हुन्छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले अपेक्षा राखेको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ सेवाहरु प्रदान गर्दैआएको छ ।

शेयर बजारमा ३४.२९ अंकको सुधार, २३ अर्ब ४३ करोडको कारोबार

काठमाडौं । शेयर बजार आज बढेर बन्द भएको छ । बजारमा हिजो झिनो करेक्शन आएको थियो ।
आज पनि दिउँसो १२ः२२ बजे बजार २९ सय अंकबाट घटेर २८८४.८ अंकमा झरे पनि बजार बन्द हुने समयसम्म पुग्दा पुनः हिजो भन्दा उचालिएर बन्द भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ३४.२९ अंकले बढेको हो । १.१७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २९५७.७५ प्रतिशत अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि जीवन बीमा समूह ०.०८, लघुवित्त ०.७० र म्युचुअल फण्ड ०.९० प्रतिशतले घटेको छ । बाँकी समूहमा भने हरियाली छायो । आज सबैभन्दा बढी वित्त समूह ७.६७ प्रतिशतले बढेको छ ।
३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ ह्जार १ सय ५०.४८ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज विभिन्न १३ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशतले बढी नाफा कमाएका छन् ।
त्यस्तै मन्दाकिनी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे ।
आज पनि हिमालयन रि को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८६ करोड ५८ लाख ५८ हजार ३ सय ७.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ९४.५३ अंकले बजार उचालिंदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९.९० रुपियाँ, सोमबार ७०.८१ अंकले बजार उचालिंदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५.८९ रुपियाँ र हिजो मंगलबार ८.१८ अंकले बजार घट्दा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६ सय ३३.३१ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

अरुण नदीमा जलसतह बढ्यो, सर्तकता अपनाउन आग्रह

संखुवासभा । लगातारको वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ । जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ ।
स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाण्डौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज सदनबाट विश्वासको मत लिँदै छन् ।
हिजो बसेको सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशनको दोस्रो बैठकमा सभामुख भीम भण्डारीले सो कुरा जानकारी दिएका हुन् ।
उनले मुख्यमन्त्री शाहबाट विश्वासको मत लिने प्रयोजनका लागि सभाको व्यवस्थापन गरिदिनुहोला भन्दै पत्र आएको सदनलाई जानकारी गराएका थिए । आज दिउँसो ३ बजे शाहले विश्वासको मत लिने छन् । तबसम्मका लागि संसद बैठक स्थगित भएको छ ।
हिजोको प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश सामूहिक राजस्व संकलन सम्बन्धी अध्यादेश बहुमतले पारित भएको छ ।
अघिल्लो बैठकमा टेबल भएको अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको जानकारी सभामुख भण्डारीले गराएका थिए । त्यसपछि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सो अध्यादेश स्वीकृत गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
त्यसपछि सभामुखले अनुमति दिएपछि प्रदेश सभामा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले सुपप्र स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफलका लागि विधायन तथा प्रदेश सभा मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव टेवल गरेका थिए ।
सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि सो प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, टीआरसी विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक, २०७९० माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, ‘बेपत्ता पारिएका व्याक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरिनेछ ।

सामाजिक सञ्जालमा घृणा फैलाउने काम भएको प्रधानमन्त्रीको टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पास गर्ने जानकारी दिएका छन ।
मंगलबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित सरकारी वकिलहरुको छलफल कार्यक्रममा उनले टिआरसी विधेयक प्रतिनिधि सभामा पेस भएको र अब एकदुई दिनमा राष्ट्रिय सभामा जाने भन्दै आउने अधिवेशनबाट नै पास गर्ने जनाए ।
उनले भने, ‘हामी टिआरसी सम्बन्धी सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास भएर प्रतिनिधि सभामा पेस भएको छ । त्यस सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो राय व्यक्त गर्ने शिलशिला चल्छ भोलि त्यसपछि त्यो एकदुई दिनमा पास हुन्छ । र राष्ट्रिय सभामा जान्छ । र मैले हाम्रो कार्यदल बनाउँदा नै भनेको थिएँ, यही अधिवेशनबाट पास हुन्छ । यही अधिवेशनबाट हामी त्यसलाई पास गर्छौँ ।’
उनले अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने जस्ता क्रियाकलापहरु भइरहेको टिप्पणी गरे । असभ्यताको, असामाजिकताको अभ्यास गरेर त्यसलाई बढवा दिने सामाजिक मूल्य मान्यताहरु तोड्ने खालका अभ्यासहरु पनि भइरहेको उनको भनाई छ ।
उनले भने, ‘अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने, घृणाको असभ्यताको असामाजिकताको अभ्यास गरेर त्यसलाई बढवा दिने सामाजिक मूल्य मान्यताहरु तोड्ने त्यसप्रकारका अभ्यासहरु भइरहेको छन् ।’

२० वर्षको वरपरमा विवाह गरेर बच्चा जन्माउन प्रधानमन्त्रीको सुझाव

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जनसंख्या वृद्धिदर घट्नु जोखिमको संकेत भएको जनाउँदै चाँडो बच्चा जन्माउन युवालाई सुझाव दिएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन २०२४ को समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले भने, ‘धेरै ढिलोमा पनि ५० वर्षपछि ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै छ ।’
उमेर भएका युवायुवती विदेश बस्नाले पनि जनसंख्या घट्दै गएको ओलीले जनाए । उनले २०–३० वर्ष बीचको उमेरमा नै विवाह गर्न र चाँडो बच्चा जन्माउन युवालाई सुझाव दिए । भविष्य बनाउनका लागि बहकिएर होइन, यथार्थमा आउन ओलीले आग्रह गरे ।
दीगो विकास लक्ष्य प्राप्त गर्नका लागि निरपेक्ष गरीबीको रेखामुनि रहेका जनतालाई त्यहाँबाट मुक्त गर्नुपर्ने उनले जनाए ।
निरपेक्ष गरीबीको रेखामुनिबाट जनतालाई माथि उठाउन सकिएन भने दीगो विकास लक्ष्य पूरा हुन नसक्ने उनले जानकारी दिए । देशमा अहिले पनि २० प्रतिशत जनसंख्या गरीबीको रेखामुनि रहेको जनाउँदै उनले उनीहरूले सामान्य सेवा नपाएका भन्दै चिन्ता व्यक्त गरे ।
वर्षको २ प्रतिशतका दरले गरीबी न्यूनीकरण गर्न सकिएन भने १० वर्षमा पनि नेपालमा गरीबी निवारण गर्न नसकिने उनले जनाए । त्यसैले नेपालमा गरीबी निवारण गम्भीर प्रश्नको रूपमा रहेको उनको धारणा छ ।
भविष्यको सुरक्षाका लागि वातावरणीय सुरक्षा त्यतिकै महत्त्वपूर्ण हुने उनले जनाए । पृथ्वीलाई बाँच्न सक्ने धर्तीको रूपमा निरन्तरता दिनुपर्नेमा ओलीले जोड दिए । ‘हिमालको महत्त्व वातावरणीय प्रश्नमा असाधारण छ, यो कुरा हामीले दुनियाँलाई बताउनुपर्छ कि हिमालबाट कि समुन्द्रबाट वातावरण निर्माण हुन्छ,’ ओलीले भने ।
खाद्य सुरक्षालाई धान नदिने हो भने गम्भीर अवस्था सिर्जना हुने उनले जनाए । नेपाल जस्तो उर्बर देश बाँझो बन्नु निकै जोखिमपूर्ण रहेको जनाउँदै उनले यस्ता कुरामा ध्यान दिनुपर्नेमा स्पष्ट पारे ।
नेपालका कुनै पनि बालबालिका सडकमा हुनु हुँदैन भनेर आफूले पहिला पनि घोषणा गरेको स्मरण गराउँदै ओलीले १ वर्षभित्र नेपालमा कुनै पनि बालबालिका सडकमा नहुने प्रष्ट पारे । त्यसको जिम्मा सरकारले लिने उनले जनाए ।
युवालाई आयआर्जनसँग जोड्न आवश्यक रहेको उनले जनाए । यसका लागि युवालाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको उनको भनाई छ । यो कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकारले सोचिरहेको उनले जानकारी दिए ।
साना–साना उद्योगमा युवालाई जोडेर विकासको लहर ल्याउन सकिने उनले धारणा राखे । केही युवा रहरले बाहिर गएका भए पनि धेरै युवाहरू देशमा असहज अवस्था भएकै कारण बाहिर गएका ओलीले जनाए । त्यसलाई रोक्न नसक्ने हो भने देश युवाविहीन बन्ने अवस्था आउने ओलीको धारणा छ ।

मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच महासंघसँग आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्य सहित सझौता भएको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमूख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र महासंघको तर्फबाट महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता बमोजिम अगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आवद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्नेछ ।
महासंघकी अध्यक्ष शोभा ज्ञवालीले खुशी व्यक्त गर्दै यस सम्झौतापछि महासंघसँग आवद्ध महिला उद्यमीहरुलाई आर्थिक विकास गर्न र व्यवसायिक तथा वित्तीय साक्षारताको क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

शेयर बजारमा ८.१८ अंकको सुधार, साढे २१ अर्बको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । केही दिन देखि लगातार बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ । केही दिन यता कारोबार रकमको रेकर्ड पनि दिनदिनै तोडिएको थियो । तर आज नेप्से तल झरेसँगै कारोबार रकम पनि केही घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.१८ अंकले घटेको हो । ०.२७ प्रतिशतले बजार घट्दा नेप्से २९२३.४६ अंकमा झरेको छ ।
समग्रमा बजारमा करेक्शन देखिए पनि बैंकिङ ०.४५, वित्त १.५७, लगानी ०.०८, जीवन बीमा ०.५४ र ट्रेडिङ समूह ०.०६ प्रतिशतले बढेको छ । बाँकी समूह राताम्मे भए । होटल समूह सबैभन्दा बढी २.२५ प्रतिशतले घटेको छ ।
आज ३३२ कम्पनीका ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६ सय ३३.३१ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजारमा करेक्शन आए पनि मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, ङादी हाइड्रो, मिड सोलु हाइड्रो, बिन्ध्यवासिनी हाइड्रो र शुभम् पावरका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९, ९.९७, ९.९१, ९.७५ र ९.६५ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेपाल फाइनान्सकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८१ कराड ९९ लाख ४० हजार ८ सय २२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ९४.५३ अंकले बजार उचालिंदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९.९० रुपियाँ र हिजो सोमबार ७०.८१ अंकले बजार उचालिंदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५.८९ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

रास्वपा संसदीय दलको बैठक १०ः३० बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ ।
मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बोलाइएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नुअघि रास्वपाको बैठक बिहान १०ः३० बजे बस्न लागेको उनले जनाए ।
प्रतिनिधि सभामा आज कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
रास्वपाले संसदीय दलको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए । बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकसम्बन्धी छलफल हुनुको साथै प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी विषयमा पनि छलफल हुने जनाईएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने उनले जनाए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...