सामाजिक सञ्जालमा घृणा फैलाउने काम भएको प्रधानमन्त्रीको टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पास गर्ने जानकारी दिएका छन ।
मंगलबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित सरकारी वकिलहरुको छलफल कार्यक्रममा उनले टिआरसी विधेयक प्रतिनिधि सभामा पेस भएको र अब एकदुई दिनमा राष्ट्रिय सभामा जाने भन्दै आउने अधिवेशनबाट नै पास गर्ने जनाए ।
उनले भने, ‘हामी टिआरसी सम्बन्धी सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास भएर प्रतिनिधि सभामा पेस भएको छ । त्यस सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो राय व्यक्त गर्ने शिलशिला चल्छ भोलि त्यसपछि त्यो एकदुई दिनमा पास हुन्छ । र राष्ट्रिय सभामा जान्छ । र मैले हाम्रो कार्यदल बनाउँदा नै भनेको थिएँ, यही अधिवेशनबाट पास हुन्छ । यही अधिवेशनबाट हामी त्यसलाई पास गर्छौँ ।’
उनले अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने जस्ता क्रियाकलापहरु भइरहेको टिप्पणी गरे । असभ्यताको, असामाजिकताको अभ्यास गरेर त्यसलाई बढवा दिने सामाजिक मूल्य मान्यताहरु तोड्ने खालका अभ्यासहरु पनि भइरहेको उनको भनाई छ ।
उनले भने, ‘अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने, घृणाको असभ्यताको असामाजिकताको अभ्यास गरेर त्यसलाई बढवा दिने सामाजिक मूल्य मान्यताहरु तोड्ने त्यसप्रकारका अभ्यासहरु भइरहेको छन् ।’

LEAVE A REPLY