Page 17

राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज

काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पद खारेज गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै ‘राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गर्ने’ निर्णय भएको जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० जेठमा राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गरी तत्कालीन मुख्यसचिव शंकरदास वैरागीलाई नियुक्त गरेको थियो।

आइएमई पेको रिफन्डेबल फिचरबाट हवाई टिकट काट्नेको संख्या बढ्दै

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा वृद्धि भइरहेको छ ।
सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको हो ।
अझै अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा आइएमई पे मार्फत प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकहरुलाई ढुक्कले यात्राको लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको छ ।
आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।
आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरूको बढ्दो संख्याले र उत्साहले अझै सेवाहरू थप्न कम्पनी उत्साहित भएको जानकारी दिए ।

ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल एण्ड रिर्सोटबीच संझौता

काठमाडौं। ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रदान गरिने भएको छ ।
ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ–सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिसोर्ट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले सयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार बैंकका डेबिट क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटल एण्ड रिसोर्टका काठमाडौं, पोखरा, चितवन तथा भैरहवास्थित होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरुले होटल तथा रिसोर्टमा उपलब्ध सेवामध्ये बेड एण्ड ब्रेकफास्ट, खाना तथा संचालनमा रहेका अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

पेरिस ओलम्पिकमा ८० देशले जिते पदक, अमेरिका शीर्ष स्थानमा

काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् ।
बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शीर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, अस्ट्रेलिया १८ स्वर्ण, १२ रजत र ११ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स १३ स्वर्णसहित १७ रजत र २१ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यसैगरी, ग्रेट ब्रिटेन १२ स्वर्ण, १७ रजत र २० काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले १२ स्वर्णसहित ६ रजत र १३ काश्य पदक जितेको छ ।
त्यसैगरी, इटालीले ९ स्वर्ण, १० रजत र ८ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ९ स्वर्ण, ५ रजत र ६ काश्य पदक जितेको छ । जर्मनीले ८ स्वर्ण, ५ रजत र ५ काश्य पदक जितेको छ भने क्यानडाले ६ स्वर्ण, ४ रजत र ९ काश्य पदक जितेको छ । आयरल्याण्डले ४ स्वर्ण र ३ काश्य पद जितेको छ ।
त्यसैगरी, न्यूजिल्याण्ड, रोमानिया, हंगेरी, स्विडेन र युक्रेनले ३र३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, स्पेन, क्रोसिया, क्युबा, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २र२ स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी, इजरायल, जमैका, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, थाइल्याण्ड, ग्रिस। दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चिली, इरान, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, क्युबा, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, बहराइन, चिली, डोमिनिका, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, मोरक्को, नर्वे र युगाण्डाले एकएक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी, अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा मेक्सिको, उत्तर कोरिया, अर्मानिया, मेक्सिको, इथोपिया, काजकिस्तान, टर्की, लुथियाना, कोसोभो, ट्युनिसिया, कोलोम्बिया, साइप्रस, फिजी, मंगोलिया, भारत, ताजकिस्तान, डोमिनिकन रिपब्लिक, मलेसिया, मोलडोभा, अस्ट्रिया, काबो भेर्ड़े, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, पेरु, पोर्चुगल, स्लोभाकिया र जाम्बिया रहेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।
बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ ।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिंदै
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने भएको छ ।
बंगालदेशको सेनाका प्रमुख वाकर–उज–जमानले डा। मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका छन । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने जनाएका छन ।
साथै, उनले बंगलादेशमा ३(४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने जनाएका छन । उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानूनको दायरामा ल्याउने जनाउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिले काम गरिरहेकोसमेत जानकारी दिए ।
उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफूले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रक्रियामा फर्किने विश्वास व्यक्त गरेका छन ।
गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ । आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाहबुद्दीनले संसद भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।

आज हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम गरिँदै

हेलिकप्टर दुर्घटना काठमाडौँ, २३ साउनः नुवाकोटको शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा बुधबार भएको दुर्घटनाग्रस्त हेलिकप्टरमा लागेको आगो निभाउृँदै सुरक्षाकर्मी । तस्बिरः हरिराम भेटुवाल÷रासस

काठमाण्डौं । एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको पोस्टमार्टम आज हुँदैछ । त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार मृतकको पोस्टमार्टम आज गरेर आजै आफन्तलाई र सम्बन्धित निकायलाई बुझाइने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको जनाएको हो ।
दुर्घटनामा परी पाइलट अरुण मल्ल, चिनियाँ नागरिक ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीय वु यीयाओ रहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बुधवार दिउँसो १ः५४ बजे रसुवाको स्याँफ्रुबेसीका लागि उडेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो ।
दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको थियो ।

सुर्खेतमा ३२ जना सवार स्कुल बस दुर्घटना

सुर्खेत। वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।
वीरेन्द्रनगर नगरपालिका ८, इत्राम खोलामा बस चिप्लिएर पल्टिएको प्रहरीले जानकारी दिएको छ। बस स्कुल बिदा भए घर फर्किँदै थियो ।
प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए । केही विद्यार्थी घाइते भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।
बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटना हुनु दुःखद् भएको जनाए ।

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट मल्ल र चार चिनियाँ नागरिकको मृत्यु

हेलिकप्टर दुर्घटना काठमाडौँ, २३ साउनः नुवाकोटको शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा बुधबार भएको दुर्घटनाग्रस्त हेलिकप्टरमा लागेको आगो निभाउृँदै सुरक्षाकर्मी । तस्बिरः हरिराम भेटुवाल÷रासस

काठमाडौं । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेलिकप्टरका पाइलट अरुण मल्ल र अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।
हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौरबाट सम्पर्कविहीन भएको थियो ।
हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...