बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिंदै
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने भएको छ ।
बंगालदेशको सेनाका प्रमुख वाकर–उज–जमानले डा। मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका छन । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने जनाएका छन ।
साथै, उनले बंगलादेशमा ३(४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने जनाएका छन । उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानूनको दायरामा ल्याउने जनाउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिले काम गरिरहेकोसमेत जानकारी दिए ।
उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफूले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रक्रियामा फर्किने विश्वास व्यक्त गरेका छन ।
गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ । आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाहबुद्दीनले संसद भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।

LEAVE A REPLY