काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्नेछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै, बैठकमा सरकारको कामकारबाहीबारे समीक्षा पनि हुने जनाईएको छ ।
एमाले सचिवालय बैठक १ बजे बस्दै
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । सवा १ बजे बस्ने बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०, ८१ पेस गर्ने कार्यसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
पूर्वसभामुख सापकोटाविरूद्वको मुद्वाको फैसला आज पनि आएन
काठमाडौं । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला आज पनि आएन ।
फैसला दोस्रो पटक सारिएको हो । आज फैसलाका लागि अध्ययन नपुगेको भन्दै निसु सारिएको हो । अर्को निसु तोक्न बाँकी छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा मुद्दा सुनुवाइ भएको थियो ।
लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिईन ।
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरीले सर्वोच्चमा दिए रिट
काठमाडौं । उमेर हदका कारण अवकाशमा जान लागेका पाँच प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका हुन्। सर्वोच्च पुग्नेहरुमा एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुर छन्।
उनीहरुले दिएको रिट निवेदन दर्ता भएको सर्वोच्चले जानकारी दिएको छ ।
आफूहरुलाई पठाइएको अवकाश पत्र उमेर हदको विषय समेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनु भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको उनीहरुको जिकिर छ। उनीहरुले प्रहरी किताबखानाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन्।
माछापुच्छ्रे बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियम थपेर ऋण दिने
काठमाडौं । माछापुच्छ्रे बैंक नेपालीहरूको चाड पर्वको समयलाई लक्षित गरी एक महिनाका लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ ।
तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ ।
त्यसैगरी, उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुटसमेत प्राप्त गर्नसक्नेछन् । त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । माथि उल्लेखित अफरहरु भाद्र ३१ सम्म लागु हुनेछन् ।
हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
कुमारी बैंक र र्याडिसन होटलबीच सम्झौता
काठमाडौं । कुमारी बैंक र र्याडिसन होटल (लाजिम्पाट, काठमाडौं) बीच डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुशार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले ¥याडिसन होटल बाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५५, पेस्ट्री सपमा १०, प्रतिशत फिटनेस सम्बन्धि सेवामा २० प्रतिशत ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियतदरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।
बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।
एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया स्काई क्लब कार्ड’ सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘एनआईसी एशिया स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ ।
भिजा को ब्राण्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा बैंकका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् भने यस कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको छ ।
यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त हुनेछ ।
यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्ने छन् ।
यो कार्ड लिनका लागि ग्राहकहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्ने छन् ।
अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या
अमेरिका । २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छन् । ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेका हुन् ।
घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।
हालसम्म कुनै संदिग्धको पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।
नेपालको भोजपुर निवासी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन् ।
प्रकाश तामाङलाई नागरिकता दिन प्रधानमन्त्रीको निर्देशन
काठमाण्डौं । सञ्चारकर्मी विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान) लाई नागरिकता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर तामाङलाई नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिएका हुन् ।
‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । राति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर दुई–चार दिन भित्रमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ’, प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने उनले लेखेका छन् ।
प्रधानमन्त्री ओलीले नागरिकता प्राप्तगरिसकेपछि प्रकाशलाई सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने पनि वचन दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शुभ बिहानी ११ हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई÷चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकका लागि मुख्यरूपमा दुई विषयलाई कार्यसूचीमा राखिएको छ ।
सुरुमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ुआर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने प्रस्तुत गर्नेछन् ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले ुहैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रूत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्नेु भन्ने सार्वजनिक महत्त्वको विषयबारे स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची छ ।
यसअघि, हिजो पनि प्रतिनिधिसभाको बैठक बसेको थियो ।