Page 6

नेपाल साफ यु– २० च्याम्पियनसिपको फाइनलमा

काठमाण्डौं । नेपाल साफ यु २० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले भुटानलाई ४.१ गोलले हराएको हो ।
निर्धारित ९० मिजेट १.१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।
नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने ।
नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।

कृषि विकास बैंकद्वारा धनगढी उपमहानगरलाई सहयोग

काठमाडौं । कृषि विकास बैंक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई रु पाँच लाख बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत झण्डै एक सय जति विपन्न बालबालिकाहरुलाई स्कुल ब्याग लगायतका विविध शैक्षिक सामग्रीहरु खरिद गरिनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले सो सहयोग रकमको चेक धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका हुन् ।
आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने र प्रेमकुमार श्रेष्ठ, वित्त तथा योजना विभागका विभागीय प्रमुख नारायणप्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक प्रदिपराज जोशी एवम् शाखा प्रमुख दीर्घबहादुर शाह, धनगढी शाखाका प्रबन्धक मुकेश केसी लगायतका अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले व्यावसायिक गतिविधि संगसंगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा संस्कृतिक संरक्षण सम्बन्धी परोपकारी कार्य गर्दै आईरहेको र आगामी दिनमा सम्पूर्ण बैकिङ्ग सुविधा सहितको घर आँगनको बैंकको रुपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै साझा सम्वृद्धिका लागि सबैको रोजाईको बैंक बन्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा मेयर गोपाल हमालले कृषि विकास बैंकलाई यस सामाजिक सहयोगको निम्ति धन्यवाद व्यक्त गरेका थिए ।

बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्न नेपाल लाइफद्वारा चेतनामुलक भिडियो सार्वजनिक

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफुले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ अत्यन्तै मर्मस्पर्शी एवम् जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ ।
“किनकी जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २३ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जस्तोसुकै परिस्थिति आएपनी बीमालेख सरेन्डर गर्नु हुदैन भन्ने सन्देश दिनको लागि यो भिडियो बनाएको कम्पनीले आज सार्वजनिक गरेको हो ।
भिडियोमा जीवन र जीवन बीमा योजनालाई ख्याल–ख्यालमै लिँदा भोलि आइपर्न सक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पिडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ ।
मुख्य पात्रको भुमिकालाई अलि पृथक तरिकाले प्रस्तुत गरिएको यस भिडियोमा उनको मनको व्यथालाई संगीत मार्फत व्यक्त गरिएको छ । काल्पनिक भिडियोमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामना सहित नेपाल लाइफले जीवन बीमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिंड्न तथा जीवन बीमा योजनालाई बिचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिंड्न समेत विशेष आग्रह गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले धेरैजसो मानिसले जनचेतनाको अभावको कारण बीमा सरेन्डर गरेको पाइएको हुनाले आम मानिसमा बीमा सरेन्डरले पार्न सक्ने नकारात्मक प्रभावलाई समेटेर यो भिडियो सार्वजनिक गरिएको कुरा जनाएका छन् ।
उनले गाह्रोसाह्रो पर्दा अन्य उपकरणहरू रहेको हुँदा आफ्नो सुरक्षित रहेको जीवनलाई असुरक्षित बनाउने काम नगर्न पनि सबैलाई आग्रह गरे । आगामी दिनमा पनि कम्पनीले बीमाको सचेतना अभिवृद्धि गर्न विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शेयर बजारमा ७९.८८ अंकको गिरावट, पौने २० अर्बको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजारमा आज पहिरो गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७९.८८ अंकले घटेको हो । २.६८ प्रतिशतले बजार घट्दा नेप्से २८९४.५७ अंकमा ओर्लिएको छ ।
बजारमा करेक्शन देखिंदा लघुवित्तबाहेक बाँकी समूह राताम्मे भएका छन् । लघुवित्त भने १.०८ प्रतिशतले बढेको छ ।
आज ३३३ कम्पनीका ४ करोड २६ लाख ८६ हजार ६ सय ४० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपियाँ बराबरको कारोबार भएको हो ।
आज वीन नेपाल लघुुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै मन्दाकिनी हाइड्रो र केबीएल डिबेञ्चर २०८६ का लगानीकर्ताहरुले क्रमशः ९.९१ र ९.०९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज अपि पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८४ करोड ६८ लाख १७ हजार ३ सय ४७.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

देउवाको निवास अगाडि फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारियो

धनगढी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराकाअनुसार धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो । प्रहरीले यसबारे बिहान १ बजे जानकारी पाएको थियो ।
घटनाको जानकारी पाएपछि नेपाल प्रहरी र नेपाली सेनाका दुई टोली तत्काल घटनास्थलमा पुगेका थिए । बिहान ५ बजे पुगेको नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्क्रिय पारेको बोहराले जानकारी दिए ।
शंकास्पद वस्तुको झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र त्यस भाँडो भित्र माटो भरेर राखिएको पाइएको छ । प्रहरीले यसलाई त्रास फैलाउने र चेतावनी दिने उद्देश्यले राखिएको अनुमान गरेको छ ।
प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूचीमा

काठमाण्डौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद् भवन बानेश्वरमा अपराह्न १ः१५ बजे बैठक सुरु हुनेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–८० सभासमक्ष पेस संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको कार्यसूचीमा उल्लेख छ ।

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

काठमाडौं । मुग्लिङ नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।
बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।
दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनापछि बाटो एकतर्फी सन्चालनमा छ ।

साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुग्न नेपाल र भुटानबीच खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
नेपाल समूह ‘ए’का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हो भने भुटान समूह ‘बी’को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो ।
दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

रामेछापको सैलुङमा पहिरो जाँदा २ जनाको मृत्यु, ५ जना बेपत्ता

रामेछाप । रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पहिरोले ३ घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्क पहरी गाउँमा गएराति पहिरो खस्दा कम्तीमा ३ घर बगाएको र घटनास्थलमा २ शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार गएराति परेको भीषण वर्षाका कारण गाउँ नजिकै रहेको खोलाको कटानले पहिरो खसेको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा कम्तीमा ३ घर बगाएको र २ जनाको शव घटनास्थलमा निकालिएको उनले जनाए ।
गएराति ११ः४५ बजे माथिबाट खसेको पहिरो परेर कम्तीमा ५ जना बेपत्ता भएको उनले जानकारी दिए ।
वर्षाका कारण वडा २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल बगाउँदा घटनास्थलसम्म पुग्न समस्या भएको उनको भनाई छ ।

आँबुखैरेनी बस दुर्घटनाका २७ जना मृतकको शव भारत लगियो

चितवन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव भारतीय सेनाको जहाजले चितवनबाट लागेको छ ।
जहाजले मृतक २७ जनाकै शव भारत लगेको भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी हुन ।
पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । मृतकको शव पोष्टमार्टम चितवनको भरतपुर अस्पतालमा गरिएको छ ।
२७ जनाकै पोष्टमार्टम सकिएपछि भारतीय पक्षले शव आजै भारतीय वायुसेनाको जहाजबाट लगिएको हो ।
भारतीय राज्यमन्त्री खड्से आजै नेपाल आएकी थिईन । उनी काठमाडौंमा महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेरै घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएपछि चितवन पुगेकी थिईन।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...