Page 13

यचुरीलाई श्रद्धाञ्जली दिन एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल भारत जाँदै

काठमाडौं । नेकपा (एमाले) ले भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने भएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भारत पठाउने निर्णय गरेको हो ।
भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको बिहीबार निधन भएको थियो । यचुरीको पार्थिव शरीरलाई जलाउने वा गाड्ने नगरी एम्स अस्पताललाई नै दिने परिवारले जानकारी दिएको भारतीय मिडियाहरुले जानकारी दिएका छन् ।
परिवारले शनिबार यचुरीको पार्थिव शरीर एम्स अस्पताललाई बुझाउने जनाएको छ ।

एमाले सचिवालय बैठकबाट वार्षिक कार्ययोजना पारित

काठमाण्डौं । नेकपा एमालेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ ।
शुक्रवार बसेको सचिवालयको ३६औं बैठकले पार्टीको वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जनाएका छन ।
एमालेको वार्षिक कार्ययोजनामा १८ विषय समेटिएका छन् । पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण तथा नियमित रूपमा अधिवेशन र व्यवस्थापनअन्तर्गत बाँकी रहेका जिल्लाहरूको अधिवेशन कात्तिक महिनाभित्र सम्पन्न गर्ने एमाले कार्ययोजनामा छ ।
पार्टी प्रवेश गरेका र अधिवेशनहरूबाट बिदा भएका नेता–कार्यकर्ताहरूलाई ३ महिनाभित्र पार्टीका तर्फबाट यथोचित जिम्मेवारी दिन गृहकार्य गर्ने, पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्यांकन विधि निर्माण गर्ने र कमिटी भित्रको अन्तर्विरोध व्यवस्थापनलाई आधार बनाएर कार्ययोजना बनाएको एमालेले जानकारी दिएको छ ।
एमालेले प्रत्येक वर्ष पार्टीका सम्पूर्ण कार्यकर्ता स्कूलिङमा सामेल हुनुपर्ने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने विषय पनि कार्ययोजनामा समेटिएको जनाईएको छ ।
केन्द्रदेखि वडासम्मका पार्टी कार्यालयहरू व्यवस्थापन, प्रचारमा सोसल मिडिया परिचालन, कामका नयाँ क्षेत्र पहिचान र जिम्मेवारी, सबै तहका कमिटीमा वार्षिक बजेट तय गर्ने, पार्टी शुद्धीकरण अन्तर्गत जीवनशैली जनतामा स्वीकार्य हुनुपर्ने एमालेको कार्ययोजनामा उल्लेख रहेको जानकारी दिईएको छ ।
एमालेले ४० वर्षमुनिका युवाहरूको ‘यूथ समिट’ गर्ने योजना बनाएको छ । पार्टी कार्ययोजनाबारे यसअघि पोलिटब्युरो बैठकमा पनि छलफल भएको थियो ।

हिंसा शब्द संसद् रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने माओवादीको निर्णय

????? (??????? ???????)?? ????????? ??????? ?????? ?????? ???? ????? ?????? ?????? ????? ???????? ??????? ??? ????????????? ???????? ????? '???????' ? ??????? ????????? ???? / ????

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढङ्गले एमालेका सांसदहरू संसदमा बोलेको अभिव्यक्तिको विषयमा समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ । शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न समेत निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जनाए ।
‘माओवादी जनयुद्धलाई एमालेले अपमानित गरेको छ । त्यो शान्ति सम्झौता र संविधानविपरित छ । संसद्‌मा तपाईँहरूले जसरी प्रतिवाद गर्न भएको ठिक छ । हिंसासँग मात्र होइन समग्र माओवादी आन्दोलन, जनमुक्ति सेनालाई बदनाम गर्ने ढङ्गले आएको छ । आगामी दिनमा त्यसको सशक्त प्रतिवाद गर्ने गरी समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ’, बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
यस्तै सभामुखले २६ गते गरेका रुलिङ चित्तबुझ्दो नभएको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ । एमालेका सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई हिंसा भनेपछि माओवादी सांसदले त्यसको प्रतिवाद गरेका थिए ।
संसद्को रेकर्डबाट हिंसा शब्द हटाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए । तर घिमिरेले हिंसा शब्द असंसदीय नभएको बैठकलाई जनाएका थिए । सभामुख घिमिरेको रुलिङप्रति असहमति जनाउँदै माओवादीले बैठक अवरोध गरेको थियो ।

आज प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद् बैठक बस्दै

काठमाण्डौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक बोलाएका हुन् ।
सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् ।संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन ।
यसअघि न्यायपरिषद् बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतसहित ८ न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ । न्यायपरिषद्ले वरीयताअनुसार राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषद्मा पठाएको हो । वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीश नियुक्ति गर्ने परम्परा अहिलेसम्म कायम छ । यस हिसाबले वरिष्ठतम न्यायाधीश राउत प्रधानन्यायाधीश बनेमा ०८२ चैत १७ सम्म उनको कार्यकाल रहनेछ ।
प्रधानमन्त्रीले परिषद् बैठक बस्नुअघि हिजो सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा छलफल गरेका थिए । दाहालले प्रधानन्यायाधीशसँगै संवैधानिक निकायका रिक्त सबै पदमा प्याकेजमै सहमति खोज्न प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए ।

धरहरा आगामी असोज ३ गतेदेखि चढन पाईने

काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा आगामी असोज ३ गतेदेखि चढन पाईने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको जनाईएको छ ।
२०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्री संरचना २२ तलाको छ । दुईवटा लिफ्टबाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ ।
भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ । धरहरा परिसरमा प्रशासनिक भवन र सङ्ग्रहालयलगायतका संरचना पनि बन्दैछन् । धरहराको उद्घाटन भने तीन वर्षअघि नै भइसकेको हो ।

ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’को २ विधामा सम्मानित

काठमाण्डौं । ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।
बिहीबार सिंगापुरमा आयोजित समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरे ।
सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आईएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँ–नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरूमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि अवार्ड प्रदान गरिएको छ ।
युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।
यस वर्षको अवार्डसँगै ग्लोबल आईएमई बैंक दोस्रो पटक बेस्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको छ । यसअघि पनि ग्लोबल आईएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ – बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो ।
यसअघि पनि ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक अवार्ड २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १ हजार १०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

रास्वपाले असोज १ र २ गते काठमाडौंमा भेला गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय भेलाको तयारी पूरा भएको जानकारी दिएको छ। यही असोज १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय भेला हुँदैछ।
बिहीबार पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले राष्ट्रिय भेलामा करिब १५ सय जना प्रतिनिधि सहभागी रहने जनाए।
उनकाअनुसार भेलामा गाउँपालिका, नगरपालिका तहका कमिटी, जिल्ला कमिटी, प्रदेशको कार्यसमित, विभाग, आयोगहरूबाट प्रतिनिधित्व रहनेछ।
केन्द्रीय समिति, विभाग र आयोग गरी कुल दुई हजार जना प्रतिनिधि रहनेमा असोज १ गते चाडपर्वसमेत परेकाले प्रतिनिधि संख्या १५ सय हाराहारी हुने अनुमान गरिएको उनले जानकारी दिए।
उपत्यका बाहिरबाट आउने केही प्रतिनिधिहरूलाई पार्टीका नेता–कार्यकर्ताले व्यवस्थापन गर्ने गरी तयारी भइरहेको पनि उनले जनाए।
राष्ट्रिय भेलाका लागि १५ वटा उपसमिति रहेको पनि उनको भनाइ छ। भेलामा राजनीतिक प्रतिवेदनका अतिरिक्त विधान संशोधन प्रस्ताव पनि पेस हुनेछ।
‘दुई वर्षको दौरान हामीले भोगेका, सिकेका र आगामी कार्यदिशासमेत समेटेर राजनीतिक प्रतिवेदन ल्याउँछौं। सभापति रवि लामिछानेबाट त्यो प्रस्तुत हुन्छ। सांगठनिक प्रतिवेदन प्रस्तुत हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधनमा काम गरिरहेको छ। कार्यदलले काम गरिरहेको छ। विधान संशोधन सुझाव कार्यदलले तयार पारेको विधान संशोधनसम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा पास भएर राष्ट्रिय भेलामा प्रस्तुत हुनेछ। यस्तै, पार्टीको संसदीय मूल्यमान्यता र लिडरसिप एकेडेमीसँग सम्बन्धित प्रतिवेदन पनि पार्टीलाई प्राप्त हुँदैछ। त्यो प्रतिवेदन केन्द्रीय समितिले पास गरेर भेलामा पेश हुनेछ,’ उनले भने।
यसका अतिरिक्त सातै प्रदेशले आफ्ना कामका विवरण समेटेर तयार पारेको प्रतिवेदन पनि भेलामा पेश गर्ने तयारी रहेको उनले जनाए।
गत साउनमा भएको बन्द कार्यशालाले असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न सुझाव दिएको थियो। कार्यशालाको सुझावअनुसार नै अलिकति मिति वर सारेर भेला गर्न लागिएको बुर्लाकोटीले जनाए।
रास्वपाले आगामी २०८२ वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।

मन्त्रीहरूलाई निर्धारण गरेको लक्ष्यअनुसार काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारण गरेको लक्ष्यअनुसार काम गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन ।
बिहीबार संघीय सरकारका मन्त्रीहरू र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले के गर्छौँ भन्ने कुरा थाहा नहुँदासम्म काम गर्न नसकिने जानकारी दिए । त्यसैले कति समयमा कति काम गर्ने भन्ने कुराको लक्ष्य निर्धारण गर्न मन्त्रीहरूसँग कार्यसम्झौता गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
‘हामी टिम स्प्रिडमा काम गर्छौँ, एक अर्कालाई सहयोग गर्छौँ, देशप्रति जिम्मेवार भएर अत्यन्त बफादारीताका साथ काम गर्छौँ, जनताका बृहत्तर हितहरूमा, लोकतन्त्रको रक्षाका लागि, समाजमा शान्ति सुव्यवस्थाका लागि, देशमा सुशासन र समृद्धिको यात्रालाई गतिशीलताका साथ अगाडि बढाउनका लागि हामी सहमत छौँ र हामी प्रतिबद्ध छौँ ।’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले विस्तारै सुविस्तासँग काम गर्ने विगतको अभ्यास भए पनि अहिले ढिलो गर्ने र विश्राम गर्ने सुविधा सरकारलाई नभएको जनाए । ‘हामीले अत्यन्तै तीव्र गतिले काम अगाडि बढाउनु पर्ने छ, हाम्रो गतिमा तीव्रता चाहिन्छ, काममा योजनाबद्धता चाहिन्छ र एक अर्कामा पारस्परिक सहयोग चाहिन्छ ।’ प्रधानमन्त्री ओलीले भने । एउटा मन्त्रालय र अर्को मन्त्रालयबीच समन्वय गरेर काम गर्न आग्रह गर्दै उनले कुनै पनि कुरामा डुप्लिकेसन नगर्न सचेत गराए । कसले कुन काम गर्ने भन्ने कुरामा स्पष्ट भएर समन्वयका साथ काम गर्न उनले आग्रह गरे ।
उनले पूर्ववर्तीका पनि काम लाग्ने काम र अनुभवलाई साथमा लिएर काम गर्न आग्रह गर्नुभयो । यस्ता कुराले कामलाई व्यवस्थित गर्न सहयोग पुग्ने प्रधानमन्त्री ओलीले प्रष्ट पारे ।

अब दैनिक उपभोग्य वस्तुको अभाव नहुने उद्योगमन्त्रीको धारणा

मन्त्री भण्डारी काठमाडौँ, २७ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी काठमाडौँमा बिहीबार आयोजित साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडको ६२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने धारणा व्यक्त गरेका छन ।
कर्पोरेसनको ६२ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले उपभोग्य वस्तुको अभाव हुन नदिएर यसले जनता र सरकारको विश्वासिलो संस्थाका रुपमा आफूलाई उभ्याउन सक्नुपर्नेमा जोड दिए ।
“साल्ट ट्रेडिङ जनताको विश्वासिलो संस्था बन्न सकोस्, ‘अब दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन साल्ट ट्रेडिङ मेरो साथमा छ’ भनेर आमजनतालाई विश्वास दिलाउनुपर्छ”, मन्त्री भण्डारीले भने, “उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि हुन नदिन यस संस्थाले उपभोग्य बजारमा गतिलो हस्तक्षेप गर्नुपर्छ ।”
सेवा प्रवाह, बजारीकरण, दायरा र व्यापार वृद्धि गर्न प्रविधिको प्रयोगलाई बढावा दिनुपर्नेतर्फ सचेत गराउँदै मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्न तथा रासायनिक मलको सहज आपूर्तिमा यसले नेतृत्वयादी भूमिका निर्वाह गर्नुपर्छ भने। “साल्ट ट्रेडिङ यस्तो ब्राण्ड बनोस्, कि नामै काफी होस्, यसको उत्पादन आफ्नै ब्राण्ड बनोस्”, उनले भने ।
कार्यक्रममा १ लाख राशिको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ यसवर्षका लागि मानव कल्याण समाज काभ्रेपलाञ्चोक तथा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने कर्मचारीका सन्तति दुई जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
यस्तै कर्पोरेसनका विभिन्न कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृतका साथै २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रभु बैंक र भेनस हस्पिटलबीच संझौता

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई मध्यबानेश्वरस्थित भेनस हस्पिटलमा उपचार तथा औषधि सम्बन्धी सेवा सुविधामा विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ।
एक समारोहबीच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्र बाबु विष्टले समझदारी ज्ञापनपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्र्तगतका सेवाहरुमा ७ प्रतिशत देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाटसमेत भुक्तानी गर्न सक्नेछन्।

लेटेष्ट समाचार

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन...

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास...