काठमाडौं । नेकपा (एमाले) ले भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने भएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भारत पठाउने निर्णय गरेको हो ।
भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको बिहीबार निधन भएको थियो । यचुरीको पार्थिव शरीरलाई जलाउने वा गाड्ने नगरी एम्स अस्पताललाई नै दिने परिवारले जानकारी दिएको भारतीय मिडियाहरुले जानकारी दिएका छन् ।
परिवारले शनिबार यचुरीको पार्थिव शरीर एम्स अस्पताललाई बुझाउने जनाएको छ ।