काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा ७८.१७ अंकको उछाल आएको छ ।
गत भदौ १७ र १८ गते नेप्से क्रमशः १२७.३२ र ६.९४ अंकले बढेको थियो । त्यसपछि ६ कारोबार दिनसम्म नेप्से लगतार घटेको थियो । तर, आज बिहीबार नेप्से परिसूचक ७८.३१ अंकले बढेको हो ।
बुधबार नेप्से परिसुचक १६१०.२१ विन्दुमा थियो । आज २.९९ प्रतिशतले बढेर २६८८.३८ विन्दुमा पुगेको छ । आज म्यूचल फण्ड बाहेक सबै सव इन्डसेक्समा बृद्धि देखिएको छ ।
नेप्सेकाअनुसार आज आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपियाँको शेयर कारोबार भएको छ । ३१८ कम्पनीको शेयर कारोबार हुदाँ एक करोड ९४ लाख ३३ हजार १५४ वटा शेयर खरिद बिक्री भएका छन् । कारोबार संख्या भने एक लाख तीन हजार ४६२ वटा रहेको छ । बजार बढेसँगै पूँजीकरण भने ४२ खर्ब ७४ अर्ब ९७ करोड ७५ लाख रुपियाँ पुगेको छ ।
आज २६८ कम्पनीको शेयर मूल्य बढेको छ । त्यसमा विन नेपाल लघुवित्त, ग्रिन भेन्चर्स लिमिटेड, उपकार लघुवित्त, इस्र्टन हाइड्रोपावर लिमिटेड र रावा इनर्जीको शेयर मूल्य १० प्रतिशतले नै बढेको छ । एसियन हाइड्रो पावरको ९.९९ प्रतिशत, सिंगटी हाइड्रोको ९.९६ प्रतिशत, इमर्जिङ नेपालको ९.९२ प्रतिशत, माया खोला हाइड्रोपावरको ९.८५ प्रतिशत, मकर जितुमाया सुती हाइड्रो पावरको ९.६८ र एचआईडीसीएलको ९.२० प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज ३१ कम्पनीको शेयर मूल्य भने घटेको छ । थ्री स्टार हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले नै घटेको छ ।सिईडीबी हाइड्रो पावरको कारोबार सबै भन्दा धेरै देखिएको छ । उक्त कम्पनीको ४७ करोड ६५ लाख आठ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
शेयर बजारमा ७८.१७ अंकको उछाल, आठ अर्ब माथिको कारोबार
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनसन
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोड्ेका छन ।
सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि विराटनगर–६ निवासी निर्मला शर्माकी ४२ दिने शिशुको हातबाट जुस खाएर कार्कीले राति अनसन तोड्ेका हुन ।
कार्कीले उठाएका माग पूरा गर्ने विषयमा कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीबीच सहमति भएको थियो । वार्ताका लागि मन्त्री अधिकारी अनसन स्थल पुगेका थिए ।
आफ्नो सरकारले ल्याएका जनप्रिय कार्यक्रमहरु कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोशी प्रदेश सभा नजिकै देवकोटा चोकमा आमरण अनसन शुरु गरेका थिए ।
कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माणलगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनसन सुरु गरेका थिए।
पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध
जुम्ला । पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।
गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका १ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।
उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जानकारी दिएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन् ।
चारवटा संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसदअन्तर्गत आज विभिन्न चार समितिहरुको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने कार्यसूची रहेको जनार्ईएको छ ।
सोही समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ ।
संसदीय सुनुवाइ समिति ९संयुक्त०को बैठक पनि आज बस्नेछ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ ।
दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ ।
मन्त्रिपरिषद् बैठक आज १८ः३० बजे बस्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजे बस्नेछ ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जानकारी दिईएको छ । केही सहसचिवहरूको सरुवा गर्ने सरकारको तयारी रहेको जनाईएको छ ।
बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरूको सूची तयारीमा जुटेको थियो ।
खेल क्षेत्रबाट नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको प्रधानमन्त्रीको दाबी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको दाबी गरेका छन ।
राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेशा गोवद्र्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको जानकारी दिए ।
पलेशालाई दिइने ६५ लाख रुपैयाँ पुरस्कार कर नकटाइ छिट्टै दिइने जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने रोग अब अन्त्य हुने स्पष्ट गरे ।
‘मौका पाएपछि नेपालीले गर्छ भनेर मैले भन्दै आएको छु । हामीले नयाँ नयाँ सफलता र कीर्तिमान (रेकर्ड) कायम गर्नुपर्छ । पुराना रेकर्डहरु तोड्दै जानुपर्छ । म सबै खेलाडीलाई भविष्यमा थप सफलता मिलोस् भन्ने शुभकामना दिन्छु ।’ परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो अबको लक्ष्य जापानको ओलम्पिक खेल हुनुपर्छ । एसियन खेम लक्ष्य हुनुपर्छ । त्यसको तयारी राम्रोसँग होस् । त्यसअनुसारको तालिम र अभ्यास होस् भन्न चाहान्छु ।’
प्रधानमन्त्री ओलीले कुनै पनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेलेमा जित हासिल हुने विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रका संस्थाहरु लोकतान्त्रिकरुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने जनाए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्ठता हासिल गर्ने खेलाडीहरुलाई सम्मान वितरण गरिएको थियो ।
सांसदहरुलाई उपत्यका नछोड्न कांग्रेसको ह्वीप
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई उपत्यका नछोड्न ह्वीप जारी गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई एसएमएसमार्फत ह्वीप जारी गरेका हुन् ।
उनको ह्वीपमा जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुन सक्ने भन्दै उपत्यका नछोड्न भनिएको छ ।
सरकारमा रहेका प्रमुख दल नेपाली कांग्रेस र एमालेले उपसभामुखले नैतिकताका आधारमा राजीनामा नदिए कारबाहीको तयारी गरेका छन् । असम्बन्धित व्यक्तिहरूलाई अमेरिका पठाइदिने भनेर पदीय आधारमा अमेरिकी दूतावासलाई पत्र लेखेको र उनीहरूबाट आर्थिक लाभका विषयमा ‘डिल’ भएको भनेर रास्वपाभित्रैबाट सार्वजनिक भए पनि उपसभामुखले भने आफूलाई थाहा नभएर पत्र लेखेको जवाफ दिएकी छन् ।
त्यसमा उनले नैतिकताका आधारमा राजीनामा दिएमा पद अनुकूलको आचरण नगरेको प्रस्ताव संसदेमा पेस गर्ने कांग्रेस–एमालेको तयारी छ । संविधानको धारा ९१ को उपधारा ६ ले सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था गरेको छ । जसमा पद अनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित भए पद रिक्त हुने व्यवस्था छ ।
“देहायको कुनै अवस्थामा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ,” संविधानको धारा ९१ (६) को खण्ड (ग)मा भनिएको छ, “निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा ।”
नेकपा एमालेले यसअघि मंगलबार नै आफन सांसदहरूलाई उपत्यका नछोड्न ह्वीप जारी गरिसकेको छ ।
लक्ष्मी सनराइज बैंकको वीरगंजमा सेवा विस्तार
काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।
बैंकको वीरगंज महानगरपालिका वडा नं. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं. ८ स्थित लिंक रोड ९ अघिल्लो शाखा स्थानबाट करिब १ कीमि उत्तर (पूर्वतर्फ) मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।
स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।
दशैंका लागि असोज १३ गतेदेखि नोट साट्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्षको दशैंका लागि असोज १३ गतेदेखि साना दरका नोट सटही सुरु गर्ने भएको छ ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने जानकारी दिएको छ । यसवर्ष नयाँ नोट भने जारी नहुने भएको छ।
‘२०८१ सालको बडा दसैंमा माग हुने साना दरका नोट सटहीको लागि यस बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचना भनिएको छ ।
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्नुहुन समेत राष्ट्र बैंकले सूचनामा उल्लेख गरिएको छ।
शेयर बजारमा २२.७३ अंकको गिरावट, ६ अर्ब ८५ करोडको कारोबार
काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । आज बनि बजार उच्च अंकले घटेको हो । जति जति बजार तल झर्दै गएको छ, कारोबार रकम पनि उसैगरी खुम्चिंदै आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.७३ अंकले घटेको छ । ०.८६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६१०.२१ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि वित्त, निर्जीवन बीमा र ट्रेडिङ समूह क्रमशः ०.४३, ०।०२ र ०.१६ प्रतिशतले घटेका छन् । अरु बाँकी समूह राताम्मे भए ।
आज ३१७ कम्पनीका १ करोड ५४ लाख २८ हजार ७ सय २४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१.१८ रुपियाँ बराबरको कारोबार भएको छ ।
वीन नेपाल लघुवित्त र थ्री स्टार हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १० र ९.४८ प्रतिशतले नाफा कमाउँदा एशियन हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.८८ प्रतिशतले घाटा व्यहोरे ।
आज सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३४ करोड ७३ लाख ६ हजार ८ सय ८५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २५.४६ अंकले बजार घट्दा १० अर्ब १२ करोड २४ लाख ८ हजार २ सय ४९।१२ रुपियाँ, सोमबार ५५.८६ अंकले बजार घट्दा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २५.५४ रुपियाँ र हिजो मंगलबार १३.०९ अंक बजार घट्दा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१.३९ रुपियाँ बराबरको कारोबार भएको थियो ।

















