दशैंका लागि असोज १३ गतेदेखि नोट साट्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्षको दशैंका लागि असोज १३ गतेदेखि साना दरका नोट सटही सुरु गर्ने भएको छ ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने जानकारी दिएको छ । यसवर्ष नयाँ नोट भने जारी नहुने भएको छ।
‘२०८१ सालको बडा दसैंमा माग हुने साना दरका नोट सटहीको लागि यस बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचना भनिएको छ ।
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्नुहुन समेत राष्ट्र बैंकले सूचनामा उल्लेख गरिएको छ।

LEAVE A REPLY