काठमाडौं । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ ।
आयोजनाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्नुहुन अनुरोध गरको छ ।
मकवानपुर जिल्ला विपद व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्न समेत अनुरोध गरिएको छ ।
त्यस्तै इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी आसपास घर भएका वडा नम्बर २ र ३ का स्थानीयलाई सुरक्षित स्थानमा बस्न र नदीको आसपास नजान आग्रह गरेको छ ।
कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
वनस्थलीमा खोलाले मोटरसाइकल बगाउँदा चालक बेपत्ता
काठमाडौं । काठमाडौँको वनस्थलीमा खोलाले मोटरसाइकल बगाउँदा चालक बेपत्ता भएका छन ।
अन्नपूर्ण चोकमा रहेको ढलमा मोटरसाइकल खस्दा चालकलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । प्रहरीले बागमती प्रदेश–२–०१८प २९७३ को मोटरसाइकल भने बरामद गरेको छ ।
चालकको खोजी भइरहेको छ ।
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुकहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैले जानकारी लिनसमेत सक्नेछन् ।
यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको छ । यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन । यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ ।
ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,००० भन्दा बढी सेवा केन्द्र रहेका छन् । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
दराज नेपालद्वारा दशैं धमाका क्याम्पेनको घोषणा
काठमाडौं । दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दै बहुप्रतिक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ ।
छुट तथा सुविधाका लागि निकै प्रतिक्षित यस अभियानअन्तर्गत उपभोक्ताले ७० प्रतिशतसम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा २ हजार रुपैयाँ सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यो क्याम्पेन आजदेखि कार्तिक १ गतेसम्म चल्नेछ । साथै, क्याम्पेनमा सहभागी एक जना भाग्यशाली खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, अन्य तीन जनाले सेटाफिलका तर्फबाट १० हजार रुपैयाँ बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।
उत्पादनहरूको विस्तृत श्रृंखला तथा डिलहरू प्रदान गर्ने ब्रान्डहरूको विशाल चयनका साथ, दशैं धमाका सपिंगका लागि अभूतपूर्व आकर्षक गन्तव्य हो । क्याम्पेन अवधिभर उपभोक्ताहरुले आइविबी, एंकर, एक्वालोजिका, सेताफिल, सिलेन्स्टा, डोभ, सर्फ एक्सेललगायत सहप्रायोजकहरुका तर्फबाट उपलब्ध गरिएका अविश्वसनीय डिलहरूको मज्जा लिन सक्नेछन् ।
त्यस्तै, अस्टावोल्फ, मामाअर्थ, नेपाल टी एक्स्चेन्ज, रोट्टो मेन्थालेटम, स्ल्याजेन्गर, टेक्नो, ह्वाइट मून, एक्स्–एजलगायत ब्रान्ड साझेदारहरूका तर्फबाट विशेष अफरहरु पनि उपलब्ध गराउने जानकारी दिइएको छ ।
क्याम्पेन अवधिभर डेबिट कार्डमार्फत आफ्नो अर्डरको लागि अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १ हजार ५ सय रुपैयाँसम्म १५ प्रतिशत छुटको मजा लिन सक्नेछन् । साथै, क्रेडिट कार्ड प्रयोग गर्नेहरूले २ हजार रुपैयाँसम्म २० प्रतिशतसम्मको छुटबाट लाभ उठाउन सक्नेछन् । यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डहरूमा मान्य हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी, ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताहरूले आफ्नो अर्डरमा १५ प्रतिशत छुट सुविधा पाउनेछन् । खरिदकर्ताहरूलाई दराज भाउचरहरू प्रयोग गरी कुल २ करोड रुपैयाँसम्मको छुट पाउन सकिने सुविधाका साथै आफ्ना खरिदमा फ्ल्याट १० हजार रुपैयाँ छुट प्राप्त गर्ने अवसरसमेत उपलब्ध गरिनेछ ।
पछिल्ला संस्करणको लोकप्रियतालाई दृष्टिगत गर्दै, दशैं धमाकाले न्यूनतम ४ सय ९९ रुपैयाँ खर्च गर्दा छानिएका बिक्रेताहरूमार्फत चुनिएका उत्पादनहरूमा घरदैलोसम्म निःशुल्क होम डेलिभरीको सुविधापनि प्रदान गर्ने जानकारी दिइएको छ । ‘फ्रि डेलिभरी’ सुविधाको उपभोग गर्न दराज एपको होमपेजमा रहेको ‘फ्रि डेलिभरी’ ब्यानरमा क्लिक गर्नुपर्ने हुन्छ ।
दशैं धमाका क्याम्पेनको मुल उद्देश्य छुट र बचत मात्र नभइ एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नु रहेको कम्पनीको भनाइ छ । दराज नेपालले सबैलाई दशैं उत्सवमा सहभागी हुन र यी अभुतपूर्व प्रस्तावहरूको अधिकतम लाभ लिन आमन्त्रित गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई खुसीको खबर । बिश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ ।
दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन । साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) तथा युनाईटेड रेमिट प्रा.लि बीच यस्तो सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । साथै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरे ।
देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टरबाट बैंकले सेवा प्रदान गर्दै आएको छ ।
प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीको भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् ।
यसैक्रममा प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भेटेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार वाङले विहीबार शिष्टाचार भेटवार्ता गरेका हुन् ।
न्यूयोर्कस्थित राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगका अनुसार सो भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको थियो । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए ।
यसैगरी प्रधानमन्त्री ओलीसँग पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन अल थानी, लाओसका प्रधानमन्त्री सेनोक्साई सिफानदोन लगायतले पनि भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन समेत गरेका छन् । साथै अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा पनि सहभागी भएका छन् ।
वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि उक्त समारोहमा सहभागी भएकी थिइन् । ओलीले गएराति महासभालाई सम्बोधन समेत गरेका थिए । सो क्रममा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिएका थिए ।
प्रधानमन्त्रीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको जनाउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबिचको विरोधाभासमा रहेको उल्लेख गरे। साथै उनले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गरेका थिए ।
शुक्रबार र शनिबार रात्रीबस नचलाउन आग्रह
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।
आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले रात्रीबस नचलाउन आग्रह गरेको हो ।
त्यस्तै नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, बादल गर्जेको र चट्याङ परिरहेको बेला रुखमुनि, बलेनी वा घरबाहिर नबस्न, विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्न समेत प्राधिकरणले आग्रह गरेको छ ।
दशैंको खुशीयालीमा सिद्धार्थ बैंकले ल्यायो ‘दशैं २एक्स रिवार्ड अफर’
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ ।
यस ‘दशैं २एक्स रिवार्ड अफर’ अन्र्तगत, बैंकका ग्राहकहरुले असोज ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कारोबारमा २ गुणा बढि प्वाईन्ट प्राप्त गर्न सक्नेछन् ।
बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहक महानुभावहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरिएको खरिद र मोबाइल बैकिङ्गबाट गरिएको टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाईन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सकिने छ ।
यसरी आर्जन भएको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने छ ।
बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ ।
यस योजनाले ग्राहकहरूकोडिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्नुका साथैबैंकले आफ्नोडिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ । यस योजना मार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ्ग कारोबारलाई उत्कृष्ट बनाउने बिश्वास लिएको छ ।
कोशी ब्यारेजबाट सप्तकोशीमा खस्यो बस, २० जनाको उद्वार
विराटनगर । कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ ।
विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।
बस खसेको जानकारी पाउनासाथ उद्वारमा प्रहरी टोली खटिएको छ । हालसम्म २० जनाको उद्वार भएको छ । थप जानकारी आउन बाँकी छ ।